वर्षाैदेखि मुख्य सडककै पुल अलपत्र

आहा सञ्चार |

मेगराज खड्का रुकुम पश्चिम राप्ती लोकमार्ग अन्तरगत पर्ने सल्यान रुकुम खण्डको पिथिवाङ खोलामा सडक पुगेको डेढ दशकसम्म पनि मोटरयवल पुल बन्न सकेको छैन । सडक निर्माण भएको मात्र होईन पुल निर्माणकै ठेक्का परेको चार

सोचेको चित्रीपाटन र भोगेको चित्रीपाटन

आहा सञ्चार |

एक्कबहादुर केसी ‘जाजा भैसी चित्रिपाटन चरण चर्लाइ बुकी, मैले खाने मुलपानीय बग्दै छकी सुकी’ यसरी गीतमा बोलिएको जस्तो चित्रिपाटन पुग्नलाई सहज रहेनछ । अनकन्ठार मात्र होईन एकछांगे चरिलोट्ने भीर । पाटनमा पुग्दाको

वसन्त ऋतुमा रित्तो छन् गाउँ

आहा सञ्चार |

हरि जिज्ञासु मलाई वसन्त ऋतु मन पर्छ । हजुरलाई पनि मन पर्छ होला । वसन्त ऋतुमा नयाँ पालुवा पलाउँछन् । फूल फूल्छ अनी फल फल्छ । प्रकृति पनि बढो गजवले सजिन थाल्छ । प्रकृतिको नयाँ पहिरणको दृष्य हेर्न लायक हुन्छ अर्थात

राजनीति

कला/साहित्य

  • सोचेको चित्रीपाटन र भोगेको चित्रीपाटन

    एक्कबहादुर केसी
    ‘जाजा भैसी चित्रिपाटन चरण चर्लाइ बुकी, मैले खाने मुलपानीय बग्दै छकी सुकी’ यसरी गीतमा बोलिएको जस्तो चित्रिपाटन पुग्नलाई सहज रहेनछ । अनकन्ठार मात्र होईन एकछांगे चरिलोट्ने भीर । पाटनमा पुग्दाको अनुभवमा चराचुरुगीं समेत भेट्न सकिदैनथ्यो, थोरै लेकाली जंगलमा पाईने गाँरेकौवा देख्न सकिन्थ्यो ।

    गएको चैत्र ३० गते शुत्रबारका दिन म लगायत पूर्ण ओली, मनलाल ओली, खगेश्वर भण्डारी यति चार जना मुसीकोट देखि आठविसकोट राडितीर एउटा सानो जीपमा चढेर गएका थियौं । पहिला सानीभेरी नदि किनारैकिनार त्यसपछि ठुलीभेरी किनारैकिनार हुँदै आठविसकोट नगरपालिकाको राडिबजारमा पुगीदो रहेछ । त्यहाँ विहानको खाना खाई कत्ति पनि अलमल नगरेर बजार नजिकैको ठुलोभेरी नदिको फलामे झोलुंगेपुल पार गरी पारी पट्टीको जाजरकोट जिल्लामा पर्ने एउटा सानो छपरा बस्तीमा पुग्यौं र थोत्रा खटरा जीपमा तल्लु बजारतीर लाग्यौं । गाडिवालाहरुको मनपर्दी भाडा असुल गराई एबम भेटेजति यात्रुहरु गुन्दु्रक खाँदेझैं गाडिमा कोच्ने त्यो सिलसिला देख्दा लुट्न सम्म लुट भन्ने गीतको सम्झना आयो ।

    रुकुमको सानोभेरी गाउँपालिका, सिम्लीबजार छोडेदेखि कहिकतै पिच रोड भेटिदो रहनेछ । जाजरकोटको तल्ल्लोबजार पुगेपछि त्यहाँदेखि अगाडि गोतामकोट जानलाई हामी पैदलै उकालो चढेका थियौं । ठुलोभेरी नदिमा बेलीब्रिज पुलको निर्माणकार्य लगभग पुराहुने संघारमा रहेको छ । नदिमा हिमपाईप विछ्याएर यतिबेला गाडिहरु फेरी जाजरकोट एरियाबाट रुकुम प्रबेश हुँदा रहेछन । गोतामकोट पुग्नलाई पनि कच्चा बाटो बनेको तर गाडिहरु भने खासै चल्ने गरेको देखिएन । फर्किदा चाँहि जीप भेटेर तल्लुबगर झर्न पाइएको थियो । सडक कटिङ निकै साँधुरो थियो । निकै उकालो चढाईपछि हामी गोतामकोट गाउँमा पुग्यौं, गौतमखलकको उद्गम भूमी गोतामकोट । गाउँ ठुलै रहेछ र पुरानो बस्ती पनि । घरहरु अधिकांस ढुंगाले छानो छुवाएको एवम टिनका छाना भएको पनि देखिन्थ्ये । चौतारागाउँ नजिक एउटा थुम्कोमा पुरानो मन्दिर जो यतिबेला त्यस क्षेत्रलाई थोरै स्तरउन्नती गर्ने क्रममा रहेछ । त्यहाँ पुग्न सिमेन्ट ढलान गरिएको तीन सय आसपासका खुट्कीला चढ्नु पर्दो रहेछ ।

    जे होस हामीलाई जतिसक्दो अगाडि बढ्नपर्ने भएकोले एकछिन थोरै समय लिई मन्दिर एरियाको बातावारण बुझी त्यहाँबाट अगाडि बढिहाल्यौं । नयाँडाडा बास बस्न जाने कुरो थियो, फोन गरि बुझ्दा नयाँ डाडाको एउटा मात्र होटले साहुजीले भोलीपल्टको नयाँ बर्ष मान्नलाई साँझ गाउँ झर्ने र त्यहाँ अन्य कुनै वासको बन्दोबस्त नभएकोले हामीले नयाँडाडा पुग्ने योजना स्थगित गर्यांै । साँझको झिसमिसेमा हामी गोतामकोटको टुप्पो मगा भन्ने गाउँमा पुग्यौं । रात कटाउनलाई त्यही गाउँमा बास बस्नुपर्ने अवस्था आईसकेको थियो । मगा गाउँका ६९ बर्षिय रुपे भण्डारी संग भेट भयो । भलाकुसारी गर्दै गर्दा आजको बसाई उनकै घरमा हुने भयो । आज उनको घरमा भण्डारी लगायत बुहारी र सानो फुच्चे नाती मात्र रहेछन । जे होस बुहारीको चालचलन लक्षिणकै रहेछ । सुविस्थाका साथ बस्नखान पाईयो ।

    सोको भालीपल्ट भन्नाले २०८१ सालको बैशाख १ गते नयाँ बर्षको दिन विहान हामी छ बजे नै हामी उकालो चढ्न थाल्यौं । साथै पदप्रदर्शक बनाएर उनै रुपे भण्डारीलाई साथमा लियौं । गाईड गर्ने स्थानीय पाको ब्यक्तिलाई साथमा नलिएको भए सायद हामी चार हजार ५० मिटर उचाईको चित्रिपाटनको चुचुरोलाई चुम्न सकिने अवस्था रहनेछ । किनकी शुरुमा घनघोर जंगलको बाटो असाध्यै अफ्ठेरो जता हेर्यो भिर पहरा मात्र, उकालो कति हो की ! बाटोभरी कहि कतै पनि पिउने पानी भेट्न नसकिने । बोतलमा बोकेको पानीले कति टिकोस ? अन्य खाने बस्तु भने साथमा बोकेकै थियौं । रुपे भण्डारीको बुहारीले पनि मकैका रोटी र चटनी बनाएर दिएकी थिईन । मगा गाउँको माथी बस्ती थिएन जंगल मात्र । तर यतिखेर भूकम्पको निहुँ पारेर त्यस जंगामा रहेका ठुला ठुला ठिंङेका रुखहरु, सल्लाका विभिन्न प्रजातीका ठुला ठुला रुखहरु मनपरी गरि ढालेर सखाप बनाउदै गरेको स्थिति देखियो ।
    बाटो साघुँरो एकछांगे भिर यस प्रसंगलाई बारबार कति दोर्याई राखौं ? कतैकतै त यस्तो पनि दृष्य पनि देखियो केहि काठका भाटाहरु तेस्राएर माथीबाट माटो थुपारेर हिड्न मिल्ने बनाएको । यस्तोमा पनि गोतामकोटेहरुले भैसी लगायतका लालाबालाहरु पाटन लिएर लान्थेरे । कुनै अफ्ठरो गौंरो साधुरो गल्छेडोमा कुनै पशु थल्लीएर बस्यो भन्देखी त्यसलाई भीरदेखि लडाएर बाटो खुलाउने चलन थियो भने उनै रुपे भण्डारीले हामीलाई कहाली लाग्दो कहानी सुनाउनु भयो ।

    थलिएको भैसी या गाई गोरुलाई नपञ्छाएको अवस्थामा त्यसको पछाडी हिड्ने अरु पचास साठी गोटा पशु चौपायहरुले निकास पाउर्दैन्थ्य रे । हो त्यसैले त मैले त्यो परिस्थितिलाई एउटा अत्यन्त कष्टकर जीवनकार्यशैली दर्साउने क्याराभान नामको चलचित्रसीत दाँज्न खोजेको हो । निकै उकाले जंगल एरिया छिचोलीसकेपछि एक ठाउँती धजा हाल्ने र त्यसदेखि माथी एउटा ठुलैमानको चाख्लो ढुंगा रहेछ त्यसलाई जुगा फाल्ने ठाउँ भनिदो रहेछ । बर्षातको समयमा अति जुगा लाग्ने भएकोले त्यसै चौखेढुंगामा बसी जुगा फाल्ने गरिन्थ्यो रे । त्यहि भएर यस ठाउँलाई जुगा फाल्ने ठाउँ भन्दा रहेछ । यहाँ देखि माथी अब जंगल एरिया समाप्त भएको देखियो । बाटो देखि अल्ली परतीरको खोल्सीमा पानी पाउदो रहेछ । हाम्रो साथीहरु सहित रुपे भण्डारी पानीको खोजीमा त्यसतर्फ लागे म भने सरासरै उकाले चढी राखे । अलीअली हिड्न लाईकको बाटो थियो । नांगो बाटो पहरामात्र गग्य्रान र ढुंगाहरु मात्रै भएको निर्जनभूमी । अलीमाथीतीरको दम्सीलो ठाउँतीर पुगेर सुस्ताए । साथीहरु पनि आउनुभयो बोतममा खोबिल्टोको पानी बोकेर । पारदर्शी पलाष्टीकका बोटलभित्रको पानीमा किरा हुन की या कसिंगर सजिलै बाहिरबाट देख्न सकिन्थ्यो तरपनि त्यहि पानी खाए, प्यास ठुलो की पानी, जिव्रो खोटी परेपछि नखाई नहुने ।

    चित्रीपाटनको धुरीमा पुग्न अझै केहि उकालो चढ्नुपर्ने हुन्थो । बाटोमा कतैकतै ठुल्ठुला ढुंगाका ओढारहरु भेटिन्थ्ये । त्यसमा पनि ढुंगाकै फुगोगारो जोडेर त्यस भित्र त्यहाँ पुग्ने गोठालाहरु ओत राल्ने या रात विताउने गर्दा होलान । स्याला सोत्तर विछाएको, आलो बालेको निसाना देखिएको थियो । ठुल्ठुला ढुंगाका खाप एबम खाल्डाहरुमा परेका बस्तुभाउका सेताम्य हाडखोरहरुपनि देखिन्थे ।
    दिउसोको दुईबजेतीर हामी धुरीमा पुग्यौं । त्यहाँका मानिसहरुले यसलाई पाटन भन्दारहेछन । थोरै समथर र दम्सिलो सतह रहेछ । कतैकतै सेताम्य हिउ पनि जमिराखेको अवस्था थियो । यो ठाउँलाई तेर्छाकुला भन्दारहेछन । यस ठाउँमा थान बनाएका रहेछन । अर्थात ढुंगाहरु थुपारेर त्यसमा काठमा स्याक्राहरु गाडेर राताप्याला धजा बाँधेको, मै पनि एउटो प्यालो कपडा त्यसैमा लिएर बाँधी दिए जुन कपडा अल्ली पर तीर जमिनमा त्यतिकै परिराखेको थियो । हुनसक्छ त्यसलाई त्यहाँ चल्ने चिसो हावाले उठाएर पुर्याएको होला ।

    हिजोआजको सुख्खा समयले गर्दा यत्रतत्रको वातावरणलाई छपक्क टुईटोले ढाँकेर कहिकतै स्पष्ट देख्न सकिएन, हिमालहरु देख्न सकिएन, दक्षिणतर्फ दुरदराजका पहाडहरुको दृष्याअवलोन गर्न सकिएन । अर्कोतर्फ त्यहाँ छिनछिनको मौसम परिवर्तनले गर्दा तुरन्तै कतातीरबाट चिसो कुहिरो दर्गुन थालिहाल्यो र शरिरमा ससनाना बरफका भुईलाहरु टासिन थाले । कठ्यांगिदो जाडोको साना गर्दै आदी घण्टाको छोटो समयमै हामीले त्यहाँनीर फोटा खिचायौं, भिडियो गरायौं । अर्को कुरा यसको केहि दिन अघि यस ठाउँमा आएर ओली जमातले त्यहाँ एउटा कासको घण्ट राखेको रहेछन । बसा र शिवलिंगलाई सजाएका रहेछन । त्यस्तै थानमा ब्यानर लट्काएको थियो र त्यसमा चित्रालेखीको बारेमा केहि कुरा लेखिएको थियो । ओली खल्यानको कुल देवता चित्रालेखी रहेछन । त्यसपछि हामी त्यहाँ देखि फर्कियौं । राती आठ नौं बजेतीर भोक प्यास र थकानका साथ उनै उथप्रदर्शक रुपे भण्डारीकै घरमा वास बस्यौं । यसरी हाम्रो ऐतिहासिक गन्त्व्य चित्रिपाटनको यात्रा पुरा गरियो ।

स्वास्थ्य

  • विज्ञानको उपचारमा सहयोग गर्न अपील

    रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ५ खहरे स्थायी घर भएर हाल काठमाण्डौमा बस्दै आएका १६ बर्षिय विज्ञान बुढामगरको उपचारमा सहयोग गर्न परिवारले सबैमा अपिल गरेको छ । काठमाडौं पानीपोखरी स्थित भानुभक्त मेमोरियल स्कुलमा अध्ययनरत विज्ञान स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि काठमाण्डौका विभिन्न अस्पतालहरुमा चेकजाँच गरिएको थियो ।

    काठमाण्डौका अस्पतालमा चेकजाँच गरेर पनि समस्या पत्ता नलागेपछि भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा लगिएको थियो । त्यहाँ चेकजाँच गर्ने क्रममा ब्लड क्यान्सर जस्तो प्राणघातक रोगको संक्रमण पुष्टि भएको विज्ञानका बुवा खिम बहादुर बुढाले जानकारी दिए ।

    हस्पिटलले दिएको लागत उपचार खर्च हाम्रो आर्थिक अवस्था भन्दा कैंयौ गुणा बढी रहेको र हामी सङ्ग भएको जायजेथा सम्पती सबै जोड्दा समेत उपचारको कूल खर्चको एकचौथाई पनि नभेट्ने अवस्था देखिएकाले सामाजिक सञ्जाल मार्फत उनले सबैसंग आर्थिक सहयोगको लागि अपिल गरेका छन ।
    सहयोग तथा सम्पर्कका लागि ।

    ================
    बिरामीको नाम:- बिज्ञान बुढामगर
    उमेर:- १६ बर्ष
    आमाको नाम :- सुनिता पुन (बुढा)
    फोन नं. 9848085146 (Whats app)
    फोन नम्बर:- 00918586841480( India )
    बैंकको नाम :- कृषि बिकास बैंक
    खाता नं. 0210101193111010
    खातावालाको नाम : Sunita pun budha
    शाखा कार्यालय : ठमेल
    बुबाको नाम:- खिम बहादुर बुढा
    फोन नं:- 9848061736(Whats app)
    नेपालको ठेगाना:-
    स्थायी : चौरजहारी नगरपालिका-५,खहरे,रुकुम पश्चिम, कर्णाली प्रदेश, नेपाल ।

आहा विचार

आहा कुराकानी

खेलकुद

  • तेस्रो सिस्ने ट्रेल रेस आठविसकोटमा हुँदै

    सुनिल महरा
    रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा राष्ट्रिय स्तरको तेस्रो सिस्ने ट्रेल रेस दौड प्रतियोगिता हुने भएको छ । स्वास्थका लागि खेल, राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ रास्ट्रिय स्तरको दौड खेल प्रतियोगिता माघ ४ गतेबाट शुरु हुन लागेको हो ।
    पुरुष खुल्ला दौड १७ किलोमिटर आठविसकोट नगरपालिका सिमबजार देखि चिसापानि, डाँडागाउ, नौलाकोट हुँदै चौर धुर्सेनि, राडि बजार सम्म दौडनु पर्ने छ भने महिला १२ किलोमिटर दौड आठविसकोट नगरपालिका देखि सिमबजार देखि चिसापानि गएर पुःन चिसापानि देखि सिमबजार पुग्नु पर्ने छ । साथै स्थानीय ३५ बर्ष देखि माथि ५० बर्ष सम्मका लागि ३ किलोमीटर महिला पुरुष दौड प्रतियोगिता सिमबजार देखि धुर्सेनि पुगेर पुःन सिमबजार पुग्नु पर्ने आयोजक समितिले जानकारी दिएको छ ।

    विभिन्न खेलकुद अन्तरगत विगत केही वर्ष देखि यता विगतका वर्षहरुमा आठविसकोट नगर पालिकामा दुई पटक ट्रेल रेस दौड प्रतियोगिता समपन्न भैसकेको छ । यसै अनुसार यस पटक सुरु हुन थालेको रास्ट्रिय स्तरको ट्रेल रेस तेस्रो रहेको सिस्ने ट्रेल रेस र सिस्ने तेक्वान्दो डोजाङ्ग आठविसकोट कमिटिका अध्यक्ष नरेश पुनले जानकारी दिए ।

आर्थिक

  • सुनको मूल्यले एकपछि अर्काे नयाँ रेकर्ड बनाउँदै

    नेपालमा सुनको मुल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । चैत २६ गते सोमबार सुनको भाउ एकैदिन ६०० रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड कायम भएको हो भने चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुनको मूल्य एक लाख ३६ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ५५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

    अमेरिकी केन्द्रीय बैंक (फेड) ले कुनै पनि समय ब्याजदर घटाउन सक्ने संकेत दिएकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको हो ।
    नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको आधारमा तय हुने गरेको छ । यसले गर्दा नेपालमा पनि सुनको भाउ लगातार बढ्दै गएको हो । अहिले सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायीहरु बताउछन् ।

भिडियो / मनोरञ्जन