लोक गायनमा आधारित टेलिभिजन रियालिटी शो हिमालय लोक स्टारको दोस्रो सिजनमा रुकुम पश्चिम सानोभेरी गाउँपालिकाका बलराम विश्वकर्मा सेमिफाइनल अर्थात उत्कृष्ट आठमा  प्रवेश गरेका छन् ।

विश्वकर्मा डिजिटल अडिसन हुँदै विभिन्न चरण पार गरेर सेमिफाइनल प्रवेश गरेका हुन् । लोक स्टारमा प्रस्तुत गरेको प्रस्तुतिलाई निर्णायक र दर्शकले दिएको भोटको आधारमा छनौटमा पर्ने गरेका छन । लोक स्टार कार्यक्रम हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।  यसपटक पनि भोट पाएको खण्डमा उनी टप फाइभमा प्रवेश गर्ने छन ।

election adv.

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै विश्वकर्माले सबैको साथ र सहयोगका कारण यहाँसम्म आइपुगेको बताउँदै टप फाइभमा आउनमा पनि पहिलेको जस्तै सहयोगको आशा गरेका छन । आइएमई पे मोबाइल एप मार्फत उनलाई भोट गर्न सकिन्छ । 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto