मेगराज खड्का
रुकुम उद्योग वाणिज्य संघको १५ औ बार्षिक साधारणसभा भोली (शनिबार) सदरमुकाम खलंगामा हुदै छ । संघले वार्षिक साधारणसभा सम्पन्न गरी १३ औं जिल्ला अधिबेशनको तयारी गर्न लागेको संघका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सदरमुकाम खलंगा स्थित बालमन्दिर हलमा आयोजना गरिएको साधारणसभाका लागि प्रदेश उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावत र केन्द्रीय सदस्य पुरीचन्द्र देवकोटा लगायतका अतिथिहरु आउने कार्यक्रम रहेको छ ।
साधारणसभामा विधान संसोधनमा छलफल हुनुका साथै महासचिवको सांगठनिक तथा कोषाध्यक्षको आर्थिक प्रतिबेदन पेश हुनेछ । त्यस्तै व्यापारिक फर्महरुको संघमा नविकरण अभियान चलाउने देखि जिल्ला अधिबेशनको मिति तोकेर अगाडि बढ्ने समेत साधारणसभाको एजेण्डा रहेको छ । जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

