रमेश खडका (अध्यक्ष)
नेपाल जनजागरण मञ्च रुकुम (पश्चिम)
नेपाल जनजागरण रुकुम मार्फत हिजो आज के कस्ता कार्यक्रम र गतिविधिहरु संचालन भईरहेका छन् ?
नेपाल जनजागरण मञ्च विशेष गरी महिला वालवालिका तथा सिमान्तकृत समुदायको विकासमा टेवा पु¥याउने उद्देश्यहरुका साथ २०६३ सालमा स्थापित संस्था हो । संस्था स्थापना देखि नै निरन्तर रुपमा काम गरिरहेका छौ ।
हाल यूनाईटेड मिसन टु नेपाल रुकुम क्लष्टरको साझेदारीमा आठविसकोट नगरपालिको वडा नं. ६, ९ र ११ मा वादी समुदायका लागि कार्यक्रम, मुसिकोट नगरपालिका वडा नंं ११ र १२ तथा त्रिवेणी गाँउपालिकाको वडा नं. १,२,३,४ र ५ मा समुदायमा आधारित एकिकृत मानसिक स्वास्थ्य सेवा तथा मनोसामाजिक टेवाको पहुँच अभिवृद्धि परियोजना, वाफिकोट गाँउपालिकाको वडा नंं. ३,४ र ५ वडाहरुमा प्राकृतिक श्रोतको दिगो प्रयोगको प्रवद्र्धन मार्फत स्थानिय क्षेत्रको आर्थिक विकास परियोजना र रुकुम (पुर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नंं. १०, ११ र १४ मा समुदाय स्वास्थ्य सुधार परियोजना संचालनमा रहेका छन् ।
मानसिक स्वास्थ्य परियोजना संचालन भईरहेको बताउनु भयो, जिल्लामा यस कार्यक्रम संचालन पश्चातको उपलब्धी के कस्ता छन् ?
माथि उल्लेखित कार्यक्रमहरु मध्य यूनाईटेड मिसन टु नेपालको साझेदारीमा जिल्ला स्वास्थ्य कार्यालय तथा स्वास्थ्य चौकीको समन्वयमा २०६९ सालदेखी मुसिकोट नगरपालिका वडा नंं ११ र १२ र त्रिवेणी गाँउपालिकाको वडा नं. १, २, ३, ४ र ५ मा समुदायमा आधारित एकिकृत मानसिक स्वास्थ्य सेवा तथा मनोसामाजिक टेवाको पहुँच अभिवृद्धि परियोजना संचालित छ । यस कार्यक्रमको मुख्य उद्धेश्य भनेको सामासिक स्वास्थ्य समस्या आफ्नो मन र भावनावाट उत्पन्न हुने आघात, पीडा, वेदनाको उपज हो ।
यो उपचारवाट सम्भव छ । मानसिक स्वास्थ्य समस्या पनि निको हुन्छ आफ्नै स्थानीय क्षेत्रको स्वास्थ्य संस्था तथा जटिल खालको मानसिक स्वास्थ्य समस्या विषशज्ञ चिकित्सकको सेवावाट समाधान गर्न सकिन्छ भन्ने कुराको साझा वुझाईको विकास गर्नु हो । मुख्यतया प्रतिरोधारत्म र निरोधात्मक दुई तरिकावटा मानसिक स्वास्थ्य समस्या समाधान गरी मानसिक स्वास्थ्य समस्याका विरामीलाई समुदायमा पुनःस्थापना गर्नु रहेको छ । यो अवधि सम्ममा समुदायमा सामाजिक परिचालनको माध्यमवाट मानसिक स्वास्थ्य समस्याको समाधान गर्न सकिन्छ र उपचार पद्धती मार्फत निको भएको छ भन्ने कुराको सन्देश प्रदान गरेको छ । कार्यक्षेत्रका २ सय ३६ जनाविरामीहरुलाई उपचार पश्चात समुदायमा पुनः स्थापना गरिएको छ । मुख्य गरी यो क्षेत्र सवै तहवाट ओझेलमा परेको विषयभएकोले आम सरोकारवालाहरु (समुदाय, स्थानीय अगुवा,समाज सेवी,स्थानीय सरकार) को समेत प्रत्यक्ष रुपमा संलग्नता गरी थप अवनत्ववोध गर्नुको साथै यस क्षेत्रमा कार्यक्रम तयार गरी वजेटको विनियोजन समेत गरेका छन् ।
यस परियोजना संचालन क्राममा केहि चुनौति पनि देखापरे जुन निम्नअनुसार छन ।
१, मानसिक स्वास्थ्य समस्यामा परेका विरामीहरुलार्ई अझैपनि समुदायमा हेलाको दृष्टिकोणले हेर्नु
२, मानसिक स्वास्थ्य समस्याको समाधानको लागि दक्षजनशक्ति र औषधि उपचारको उचित व्यवस्थापनमा कमी
३, परियोजना सिमीत क्षेत्रमा रहेको र अन्य स्थानमा पनि कार्यक्रमको माग वढ्नु ।
४, तालिम प्राप्त जनशक्ति अन्य स्थानमा जाँदा पटक पटक तालिमको व्यवस्थापन गर्न समस्या ।
५, मानसिक स्वास्थ्य समस्याका विरामीहरुलाई पारिवारीक सदभाव,वास्ता र संरक्षणको अभाव र
६, जिल्लामा मानसिक स्वास्थ्य समस्याको समानको लागि पुनःस्थापना केन्द्रको अभाव र यस क्षेत्रमा सरकारको पनि न्यून कार्यक्रम हुनु ।
स्थानीय सरकार र संघसंस्था विचको समन्वय र सहकार्य कस्तो छ ?
स्थानीय सरकार र एनजिओको विच सुरु सुरुमा वुझाईमा कमी थियो । विचमा काममा सहजता आयो छलफल गर्दै जाँदा जुनजुन ठाँउमा हामीले काम गर्छौ सवै पालिकाहरुसंग राम्रो सम्वन्ध छ । समन्वय सहकार्यका कामहरु अघी वढी राखेका छन् ।
गैर सरकारी संस्थाहरु पारदर्शी छैनन्, विदेशवाट डलरको खेती गर्छन भन्ने पनि टिप्पनी पनी त वेला वेलामा सरोकारवाला निकायहरुवाट भन्ने गरिन्छ नि यसलाई कसरी हेर्नु हन्छ ?
हामीले राज्यभित्र रहेर राज्यलाई नै सहयोग गर्ने हो । तपाईले भने जस्ता त्यस्ता आरोपहरु लाग्ने गरेका छन् । यस्ता आरोपहरु पछिल्ला दिनहरुमा कम हुँदै गएको महशुस मैले गरेको छु । सवै ठाँउमा राम्रो मात्रै भएको छ भन्ने छैन कहीकतै कमजोरी पनि भएको होला, त्यसरी नि हुनसक्छ । त्यस्तालाई कार्वाही हुन जरुरी छ । विशेष गरी स्थानीय सरकारले निगरानी गरी राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्ड जरिवाना गर्न जरुरी छ ।
हिजो आज हरेक ठाँउमा राजनीति घुसेको हुन्छ । रुकुमको गैरसरकारी संघसंस्था र त्यहाँकाम गर्ने पदाधीकारी र कर्मचारीहरुमा राजनीतिको प्रभाव, संलग्नता कस्तो देख्नु हुन्छ ? सरकारी तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था मार्फत एनजिओ लाई दिइने कार्यक्रमहरु प्रति हस्तक्षप कस्तो छ ?
राजनीतिले सवै ठाँउमा छोएको छ । सहकार्य सवैसंग गर्नु पर्छ । अवसर पाउनलाई कतै गएर टाँसिन जरुरी छैन । रुकुम लगाएत देशभरीका कतिपय संस्थाहरु यो पार्टी उ पार्टी भन्ने पनि छ अर्को कुरा संस्था स्थापना देखी एउटै अध्यक्ष भएको ईतिहाँस पनि छ त्यो राम्रो होईन । सबैले होइन कतिपय अवस्थामा भनसुन र राजनीतिक आस्थाका बारेमा परियोजना दिने गरेको पाईन्छ । यसको अन्त्य गरिनुपरर्छ ।
संस्था संचालन व्यवस्थित गर्न र संस्थागत अधिकारको लागि संघर्ष गर्न गैरसरकारी संस्था महासंघ पनि रहेको हुन्छ । जिल्ला स्थित संघ संस्थाहरुको हकहितको पक्षमा महासंघ कत्तिको क्रियासिल भएकोमहशुस गर्नु हुन्छ ?
हामी सवैको नराम्रो वानी भनेको नेतृत्व लिने वेला मरिहत्य गर्ने तर काम गर्ने क्रममा अनेक समस्या देखाउने एनजिओमा मात्र नभएर सवै ठाँउम यो रोग छ ।
रुकुमको सन्दर्भमा गैरसरकारी संस्थाहरुले सन्तोष जनक रुपमा काम गरेको जस्तो लाग्छ । मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा वस्ने छलफल गर्ने तथा योजनावद्ध तरीकावाट काम गर्ने प्रणालीको खाँचो छ । गैर सरकारी संस्था भनेको सवैको अभिभावक हो । स्थानीय गैरसरकारी संस्थाहरुलाई महासंघले अभिभावकत्व दिन जरुरी छ ।
रुकुम पश्चिमको सन्र्दभमा गैरसरकारी संस्थाहरु प्रयाप्त छन् या अन्य संचालन गर्न आवश्यक देख्नुहुन्छ ?
सामाजिक सचेतीकरणका लागि संघ संस्थाहरुले काम गर्ने हो । देखावटी, कार्यक्रम पाउन तथा देखासिखीले संस्थाहरु दर्ता गर्ने तर कार्यक्रम नपाएमा वन्द गर्ने परिपाटीको अन्त्य गरी भएका संस्थाहरुको कामलाई व्यवस्थित, पारदर्शी वनाउने हो भने यहाँका गैर सरकारी संस्थाहरु प्रयाप्त छन् ।
गैरसरकारी संस्थाहरु माथि र अरुवाट पनि हेरिने वुझाईको खाडल कम गर्न कसले के गर्नु पर्छ ?
राजनीतिदलको झोला वोक्ने, सधैं भरी एउटै अध्यक्ष वस्ने, खुल्ला साधारण सभा गर्ने, कर्मचारी छनौट पारदर्शी गर्ने, कार्य समिति तथा कर्ममचारीमा एकाघरका ब्यक्तिहरु नवस्ने, राज्यको नीतिअनुसार समयमा नै लेखा परिक्षण, साधारण सभा, नबिकरण जस्ता कार्यहरु गर्न सकियो भने संस्थाहरु प्रति गरिने ब्यबहारमा थप सकारात्मकता आउछ । समग्रतामा राजनीतिक झोला बोक्ने र सधैंभरी एउटै अध्यक्ष बन्नेले संस्था बदनाम गरेका छन ।