रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार मृतक सबै ८ जना र घाइते १० जनाको नाम खुलेको छ ।
मृत्यु हुनेहरूमा आठबिसकोट नगरपालिका ३ की ३० बर्सिया कमला ओली, आठबिसकोट नगरपालिका १ का १६ वर्षीय टेकजंग बुढा, सोही वडाकी १५ बर्सिया दिलमाया बुढा, १५ बर्सिया कल्पना नेपाल र २८ वर्षीय सबिता बिक रहेको डिएसपी विष्टले जानकारी दिनुभयो । त्यस्तै आठबिसकोट नगरपालिका वडा नम्बर २ की १७ बर्सिया मनिका ओली, १८ बर्सिया शर्मिला बिक र २२ वर्षीय गोपाल ओलीको समेत दुर्घटनामा मृत्यु भएको उहाँले बताउनुभयो । घाइतेहरुमा १७ बर्सिया सिर्जना बुढा, १५ बर्सिया सपना नेपाल, १८ बर्सिया जुना बुढा, १७ बर्सिया सङ्गीता बुढा, १९ बर्सिया शान्ति बुढा, १७ बर्सिया अञ्जना यरी, २० बर्सिया महिमा ओली, १७ बर्सिया मनिषा थापा, १५ बर्सिया सबिता बिक र ३४ वर्षीय चालक टोपजंग बुढा रहेको जिल्ला प्रहरी प्रमुख विष्टको भनाई छ ।
घाइते अन्य आठविसकोटका स्थानीय भएपनि चालक बुढा मुसिकोट नगरपालिका २ का रहेका छन । घाईते केहिलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ भने अधिकांस जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भैरहेको छ ।
मुसिकोट खलङ्गाबाट स्यालाखदी तर्फ गइरहेको रा १ ज ४२२ को जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ । घटनाबारे थप अनुसन्धान हुदै छ ।

