आहा सञ्चार साप्ताहिक रुकुमको अग्रणी र प्रभावशाली छापा सञ्चारमाध्यम हो । शान्ति र समृद्धिको चाहा, समाचार र विचारमा आहा भन्ने मुल नाराका साथ थालिएको यो एक सञ्चार अभियान पनि हो । पत्रिका रुकुम पश्चिमबाट निरन्तर १३ वर्षदेखि प्रकाशित भैरहेको छ । पत्रिका प्रेस काउन्सिल नेपालबाट क वर्गमा वर्गीकृत छ । पत्रिकाको छापा संगै अनलाइन संस्करण पनि सञ्चालनमा छ । शुरुवात क्रमम ब्लग मार्फत थालिएको अनलाइन संस्करण केहि वर्षपछि छुट्टै सञ्चारमाध्यमको रुपमा सूचना तथा प्रकाशन विभागमा दर्ता भएर अनलाइन पोर्टलको रुपमा पनि नियमित सञ्चालन भैरहेको छ । www.aahasanchar.com आहा सञ्चार डटकम रुकुमको पहिलो व्यवसायिक अनलाइन हो । यस अनलाइन मार्फत आहा सञ्चार साप्ताहिकमा प्रकाशित समाचार संगै रुकुम तथा विश्वभर घटेका महत्वपुर्ण समाचार, विचार तथा सामग्रीहरु प्रकाशन भैरहेका छन ।
इन्टरनेटको पहुँचमा हुने जोसुकै र जहाँपनि मल्टिमिडिया सामग्री पढ्न, हेर्न र सुन्न सकिन्छ । पत्रिका र अनलाइनका विषयमा केहि सुझाव सल्लाह भए हामीलाई ईमेल वा फोन गरेर प्रतिक्रिया दिनुहोला ।
- जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम स्थायी दर्ता नम्बर : ०५/०६९/७०
- सूचना तथा प्रसारण बिभाग दर्ता नं.: ८४६/०७४-७५
- प्रेस काउन्सिल नेपाल सूचिकरण नं.: १३३६/२०७४/७५
- विज्ञापन वोर्ड, सूचीकरण नम्बर: ०५४९/२०७९/८०/०४
कार्यालय : मुसिकोट नगरपालिका १, रुकुम पश्चिम ।
फोन : ०८८५३०३६८, ९८५७८२२८१६,
ईमेल : aahasanchar.weekly@gmail.com
आहा सञ्चार साप्ताहिक तथा आहा सञ्चार डटकमका लागि
मेगराज खड्का
प्रकाशक/सम्पादक
