रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आइतबार सयुक्त अनुगमन गरिएको छ । चौरजहारी नगरपालिकाको विभिन्न वडाहरुमा अपाङगता भएका ब्यक्ती र परिवारहरुको लागि सन्चालित आय आर्जन तथा सीपमूलक तालिमहरुको अनुगमन गरिएको हो ।
नगरपालिकाको वडा नम्बर १ नाखिरा, वडा नम्बर ७ को मेलैनाउली, सोही वडाको नार्जी, वडा नम्बर ११ को खोलागाउ र १३ नम्बर वडाको घरेलीचौरमा रहेको सफलता अपाङगता कृषक समुहमा अनुगमन गरिएको आयोजकले बताएको छ ।
मानव बिकास तथा सामुदायिक सेवा अन्तर्गत अपाङगता भएका ब्यक्तीहरुको उत्थानका लागी लचिलो, स्वतन्त्रता, सुदृढीकरण र सशक्तीकरण परियोजना अन्तर्गत सन्चालित परियोजनाले गरेका कृयाकलपहरुको अनुगम गरिएको परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो ।
उक्त परियोजनाले अपाङगता भएका परिवारहरुका लागि पचहत्तर प्रतिशत अनुदानमा भैंसी हस्तान्तरण, शारीरिक अपाङगता भएका ब्यक्तीहरुलाई ह्वीलचियर प्रदान,अपाङ्गता मैत्री शौचालय निर्माण, क्रचिच प्रदान, खोलागाउमा ११ जना महिलाहरुलाई सिलाईकटाई तालिम, कृषकसमूह हरुका लागि सीडमनिको रुपमा प्रतिसमुह रु ५० हजार प्रदान गरेको छ ।
अनुगमनमा चौरजहारी नगरपालिका प्रमुख पुष्प बादी, उपप्रमुख ईश्वरी कुमारी शर्मा ( बिएम), नेपाल पत्रकार महासङघ रुकुम पश्चिमका अध्यक्ष गोपाल प्रशाद रेग्मी, महिला तथा बालबालिका शाखा सहायक निरीक्षक मेलिना रोकाय, जनस्वास्थ्य अधिकृत भिम बहादुर कुमाल, आर्थिक बिकास शाखा तथा कृषि अधिकृत प्रकाश डाङगी, राईज अप परियोजना अधिकृत सन्देश जैसी, फिजियोथेरापिस्ट उर्मीला शर्मा लगाएतको सहभागीता रहेको थियो।
अनुगममा सहभागी नरप्रमुख, उपप्रमुख लगाएत सदस्यहरुले परियोजनाले गरेको कार्यको प्रशंसा गरेका थिए। भने आगामी दिनहरुमा अनुगमनको कार्यलाई निरन्तरता दिन सुझाब दिएका थिए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

