डिल्ली खत्री
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ६ घर्तिकाँडामा एक बाल विवाह लगनकै दिन रोखिएको छ । सानोभेरी गाउँ पालिका वडा न. १ कि १५ बर्षिय केटी र चौरजहारी नगरपालिका वडा न. ६ का १८ बर्षिय केटा बिच हुन लागेको विवाह रोखिएको हो ।
घरमा बिवाह तयारी थियो, घर वरपर झकिझकाउ थियो । गाउँका मान्छेहरु भोज भतेर ब्यस्त थिए । त्यसैबिचमा बाल बिबाह हुदैछ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी टोलीले त्यहाँ पुगेर बालबिबाह रोकेको हो । प्रहरीको र वडा कार्यालयको रोहबरमा हुन लागेको उक्त बाल विवाह रोक्ने सहमति भयो । सहमति पश्चात् केटा केटीलाई उमेर पुगेपछि आफ्नो इच्छा अनुसार विवाह गर्ने भनी आआफ्ना अभिभावकको जिम्मा लगाएको वडा न. ६ का वडा अध्यक्ष जयलाल महताराले जानकारी दिए । उनका अनुसार हाल केटा केटी आआफ्नो घरमा छन् । सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा अभियानकै रुपमा प्रहरीले बालबिबाह रोकथाम अभियान संचालन गरिरहेको छ । प्रहरीले बिहे हुदैछ भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेर दर्जनौं बिबाह रोकेको छ । रुकुम पश्चिममा बालबालिका आफै र अभिभावकको सहमतिमा पनि बालबिबाह हुदै आएको छ ।
