आहा सञ्चार ग्राहक नीति तथा सर्तहरू

१, आहा सञ्चार साप्ताहिक रुकुम पश्चिमबाट विगत १३ बर्षदेखि नियमित प्रकाशित भैरहेको पत्रिका हो । साप्ताहिक पत्रिका संगै आहा सञ्चार डटकम अनलाईन समेत नियमित सञ्चालनमा छ । तपाईंले आहा सञ्चारको अनलाईन ग्राहक बन्नुभयो भने ग्राहक एप्रुभ भएको दिनदेखि एक बर्षसम्म देश तथा विदेशमा जहाँ भएपनि आहा सञ्चार साप्ताहिकको इपेपर पढ्न सक्ने पहुँच पाउनसक्नु हुनेछ । जसका लागि नर्मल ग्राहक शुल्क एक हजार रुपैया र प्रिमियम ग्राहक शुल्क दश हजार रुपैया लाग्नेछ । त्यसका साथै न्यूनतम एक हजार भन्दा माथी स्वेच्छिक रुपमा थप रकम पनि सहयोग गर्न सक्नुहुनेछ । प्रिमियम ग्राहकले बर्षमा तीन वटा सूचना, विज्ञापन, सन्देश र शुभकामना (अनलाईन र पत्रिका दुबैमा) समेत निःशुल्क प्रकाशित गर्न पाउनुहुनेछ ।

२, आहा सञ्चारको ग्राहक खाता खोलेर त्यहाँ राखिएको आहा सञ्चार राष्ट्रिय साप्ताहिकको अफिसियल क्यूआर कोड मार्फत रकम भुक्तानी भएर स्कृनसट वा भौचर अनलाईनबाटै सबमिट गरिसकेपछि आहा सञ्चारको एडमिन टिम बाट भेरीफाई गरेर एप्रुभ गरेपछि तपाईको इमेलमा सन्देश प्राप्त हुनेछ । त्यसपछि लनअन गरेर इपेपर हेर्न सक्नुहुनेछ ।

३, रुकुम जिल्ला सदरमुकाम खलंगा तथा आसपासका बजास क्षेत्रका ब्यक्तिहरुले अनलाईनमा ग्राहक बनेर अनलाईनबाटै आहा सञ्चार साप्ताहिकको इपेपर हेर्न, प्रिन्ट कपि आफ्नै घर तथा पसलसम्म माग गर्न वा हाम्रो कार्यालयबाट समेत पत्रिका लिन सक्नुहुनेछ ।

४, ग्राहक बनेको एक बर्षसम्म आहा सञ्चारले बार्षिक शुल्क थप कुनै बृद्धि गर्ने छैन । त्यस्तै ग्राहक बनिसकेपछि भुक्तानी भएको रकम फिर्ता हुने छैन । थप जानकारीका लागि फोन : 088530368, 9857822816 (ह्वाट्सएप, भाइवर समेत) वा इमेल aahasanchar.weekly@gmail.com मा सम्पर्क गर्नुहोला ।