नेपाली कम्युनिष्ट पार्टीकी नेतृ लक्ष्मी पुनले आगामी प्रतिनिधीसभा सदस्य निर्वाचनमा रुकुमबाट बागी उम्मेदवारी दिने घोषणा गरेकी छिन । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै पार्टीको उम्मेदवार छनौटमा आपत्ती जनाएर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरकी हुन । ‘कहिँ न भएको जात्रा रुकुम पश्चिममा ! सबै जिल्लाले प्रत्येक्ष तर्फ ५ जना उम्मेदवारहरुको नाम सिफारिस गर्ने बेला, यहाँ एक जनाको मात्र सिफारिस गर्ने कुराप्रति मेरो आपत्ती छ ।’ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेकी छिन, ‘त्यसैले स्वतन्त्र उठने निर्णय गरे !’

आगामी प्रतिनिधीसभा प्रत्यक्ष तर्फ युवा सहित ५ जनाको संभावित उम्मेदवार विवरण पठाउन नेकपाले सर्कुलर गरेको थियो । तर केन्द्रको सर्कुलर विपरित रुकुम पश्चिमबाट नेता गोपाल शर्मा अनलको मात्रै एकल नाम पठाउने तयारी गरेपछि उम्मेदवारकी आकांक्षी पुनले स्वतन्त्र उठ्ने घोषणा गरेकी हुन । आहा सञ्चार संग कुरा गर्दै पुनले केहि साता अघि आफु नेकपा रुकुम पश्चिमको तर्फबाट प्रतिनिधीसभा उम्मेदवार आफ्नो दावी रहेको घोषणा गरेकी थिईन ।

पुन साविक नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन । माओवादीले उनलाई पटक पटक समानुपातिक बन्द सूचीमा राखेर आश्वासन दिएपनि सांसद हुन भने अवसर हालसम्म पाएकी थिईनन् । २०५४ सालमा विद्यार्थी राजनीतिबाट उहाँ पार्टीमा जोडिएकी उनी युद्धपत्रकारको रुपमा लामो समय काम गरेर शान्ति प्रकृयापछि पार्टीको अन्य जिम्मेवारीमा जोडिएकी थिईन । पुनको स्वतन्त्र उम्मेदवारी घोषणा गरेसंगै नेकपा रुकुम पश्चिमको राजनीति तरंगीत भएको छ । रुकुमका माओवादी नेता जनार्दन शर्मा नेकपाको एकता प्रकृयामा नगएर प्रलोपा गठन गरेपछि जिल्ला पार्टी विभाजित छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...