प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) रुकुम पश्चिमले समानुपातिक उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको कर्णाली प्रदेश समितिको बैठकबाट समानुपातिक उम्मेदवार टुंगो लगाएर सिफारिस गरिएको हो ।
जसमा सुदास स्वर्णकार र प्रेमा शाही रहेका छन । रुकुम पश्चिम चौरजहारी घर भएका स्वर्णकार यसअघि माओवादी केन्द्र चौरजहारी नगर समितिको पूर्व अध्यक्ष समेत हुनुहुन्छ भने आठविसकोट घर भएकी शाही माओवादी केन्द्रको प्रदेश कमिटि सदस्य हुनुहुन्थ्यो । जनार्दन शर्मा नेतृत्वको एक टिम नेकपाको एकता प्रकृयामा नगएर प्रलोपा गठन गरेपछि उहाँहरु पनि जिल्लामा त्यस पार्टीमा आवद्ध हुनुभएको हो ।
प्रलोपा रुकुम पश्चिमबाट आगामी प्रतिनिधीसभा प्रत्यक्षतर्फको उम्मेदवारको भने टुंगो लगिसकेको छैन । जनार्दन शर्मा वा गोर्खबहादुर केसी सन्देश मध्य एकजना चुनाव उठ्ने अनुमान गरिएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

