राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधीसभा निर्वाचनमा पार्टीको उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । जस अनुसार रुकुम पश्चिमबाट तीन जनाको नाम समाबेश गरिएको हो ।

जसमा खास आर्यबाट प्रेमबहादुर बोहारा, सुनिता केसी र आदीवासी जनजातीबाट रामबहादुर पुन रहेका छन । बोहरा पुस्तक लेखक तथा प्रध्यापन गर्छन भने पुन व्यवसायी तथा म्युजिक भिडियो मोडल हुन । त्यस्तै केसी रास्वपाकी सक्रिय नेतृ हुन ।  रुकुम पश्चिमबाट पार्टीका अन्यले पनि अनलाईनबाट आबेदन दिएपनि प्राविधिक समस्याका कारण केहिको सार्वजनिक नभएको रास्वपा रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवारको नामावली आएकाहरुको सुर्खेतमा छिटै अभिमुखिकरण समेत हुदैछ । त्यस कार्यक्रमबाट दोस्रो चरणमा छनौट भएका उम्मेदवारहरुको सूची केन्द्रमा पठाउने छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...