नेपाली काँग्रेस रुकुम पश्चिमको सभापतिमा यज्ञबहादुर परियारले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १५ औं महाधिबेशन नजिकीदै गर्दा जिल्ला सभापतिको लागि नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेपाल दलित संघका केन्द्रीय सदस्य यज्ञबहादुर परियारले उम्मेदवारी घोषणा गरेका हुन् ।

एक भिडियो सन्देश मार्फत नेपाली काँग्रेस रुकुम पश्चिमको सभापतिको उम्मेदवारी दिने तयारी रहेको र कुनैपनि हालतमा पछि नहट्ने बताएका छन् । उनी लामो समय देखी नेपाली काँग्रेस र नेपाल दलित संघ संग आवद्ध रहेका थिए । उनले सम्पूर्ण नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई आफूलाई सघाउन अपिल समेत गरेका छन् । आगामी पुस २२ गते जिल्ला अबिधेशन हुदैछ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...