रुकुम पश्चिमका विभिन्न वडामा प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गाउँगाउँमा वडा भेलालाई तिव्रता दिएको छ । साता अघि पार्टीका संरक्षक जनार्दन शर्माको उपस्थितिमा जिल्ला सदरमुकाम खलंगामा युवा भेला गरेको पार्टीले हाल विभिन्न पालिकाहरुमा गतिविधीलाई अगाडि बढाएको हो ।

जस अनुसार जिल्लाको आठविसकोट नगरपालिकाका वडामा वडा भेला गर्दै समिति समेत गठन गरिरहेको पार्टीका नेता मनिराज बटालाले आहा सञ्चारलाई जानकारी दिए । उनका अनुसार पालिकाको वडा नम्बर ५ र ४ मा वडा भेला गरेर नयाँ नेतृत्व समेत चयन भएको छ । वडा नम्बर ४ मा भिमबहादुर विष्टको संयोजगत्वमा २५ सदस्सीय समिति गठन भएको छ ।

त्यस्तै वडा नम्बर ५ मा लाल बहादुर थापाको अध्यक्षतामा ३१ सदस्सीय वडा समिति गठन गरिएको छ । अन्य वडाहरुमा पनि क्रमस वडा भेला गरिने र कार्यकर्ताहरुको सहभागीता उत्साहजनक रहेको नेता वटालाको भनाई छ ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...