साविकको नेकपा एकिकृत समाजवादीका पोलिटब्यरो सदस्य तथा रुकुम पश्चिमका सिनियर कम्युनिष्ट नेता शेरबहादुर केसी नेपाली कम्युनिष्ट पार्टी नेकपाको एकता प्रकृयामा सहभागी नहुने बताएका छन ।

आईतबार आहा सञ्चारसंग कुरा गर्दै नेता केसीले माओवादी केन्द्र र समाजवादीको एकता प्रकयामा आफु नगएको स्पष्ट पारे । ‘त्यो औचित्यहीन एकतामा म गएन, म नेकपा संयुक्त पार्टीमा जोडिएर अब राजनीतिमा सक्रिय हुन्छु, अहिले पार्टीको कर्णाली प्रदेश समिति संयोजक छु,’ केसीले भने, ‘म निस्कृय बसेको वा नेकपातीरै गएको जिल्लातीर हल्ला रहेछ तर यो सत्य होईन,  पार्टीको केन्द्रीय समिति बैठकमा एकताको बिपक्षमा धारणा राखेर बाहिरिएको हुँ ।’

उनीसंगको विस्तृत कुराकानी सुन्न तलको युट्युब लिंक क्लिक गनुहोस ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...