दोस्रो बुद्धिराज स्मृती कप खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा २४ टिमको प्रतिष्प्रधा विच विशाल विष्ट र शिखर केसीको टिम विजयी भएको छ । रुकुम पश्चिमको मुसिकाकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा आयोजना गरिएको प्रतियोगिता मंगलबार सकिएको हो । विजेताले २५ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छन ।
उपविजेता बनेको कमल पुन र कुष्ण राणाको टिमले टिमले नगद १८ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्तवना भएको दुई टिम, जिवन पुन र सोनाम ओली तथा जनक खड्का र सञ्जय वस्नेतको टिमले समान ८÷८ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरको आयोजक मुसिकोट युवा क्लवले जानकारी दिएको छ । स्वर्गीय बुद्धिराज शर्माको सम्झनामा उहाँका छोरा महेन्द्र, दिनेश र अशोक तथा गौतम परिवारको समन्वयमा मुसिकोट युवा क्लव मुसिकोट ५ सेरिगाउँले प्रतियोगिता आयोजना गरेको हो । छोरा महेन्द्र शर्माका अनुसार गत वर्षदेखि बुद्धिराज स्मृती कपको सुरुवात गरिएको थियो ।
आगामी वर्षहरुमा खेल मैदानलाई थप व्यवस्थित गरेर प्रतियोगितालाई संचालन गर्ने गरी तयारी गरिरहेको उहाँको भनाई थियो । कार्यक्रममा मुसिकोट नगरपालिकाका पूर्व प्रमुख देविलाल गौतम, मुसिकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समिरजङ मल्ल र नेकपा माओवादी केन्द्रका नेता तथा समाजसेवी बुद्धिप्रसाद शर्मा लगायतको सहभागीता रहेको थियो ।

