राष्ट्रिय मानव अधिकार आयोगले रुकुम पश्चिमका द्धन्द्धपीडितसंग विहिबार छलफल गरेको छ । सदरमुकाम खलंगामा जिल्ला स्थित राजनीतिक दल, स्थानीय सरकार प्रमुख सहित द्धन्द्धपीडित र सरोकारवाला पक्षहरुसंग छलफल गरेको हो । कार्यक्रमका सहभागीहरूले तत्कालीन द्वन्द्वका घाउ कोट्याउने भन्दा पनि निको पार्ने तर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
सहभागीहरूले द्वन्द्वका घाउलाई कोट्याउँदै जाने हो भने समाज अर्को द्धन्द तर्फ धकेलिने जोखिम रहेकोले द्वन्द्वका घाउलाई निको पार्न आवश्यक रहेकामा जोड दिएका थिए । केहि द्धन्द्धपीडितहरुले अहिलेसम्म पनि राहत र न्याय नपाएको भन्दै आयोगले सहजीकरण गरिदिनुपर्ने धारणा राखेका थिए । स्थानीय सरकारका प्रमुख तथा अध्यक्षहरूले पालिका मार्फत द्धन्द पीडितका पक्षमा काम गरिरहेको र उनीहरूको न्यायका लागि आयोग वा सरकारलाई सहयोग आवश्यक परे सहयोग गर्न तयार रहेको बताएका थिए ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत खीमानन्द बस्यालले गर्नुभएको थियो । द्वन्द्वका घाउलाई बल्झाउने भन्दा पनि भएका समस्यालाई सबैको हातेमालोबाट हल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

