सडक स्तरबृद्धिको काम गर्नुपर्ने भएपनि मध्यपहाडि लोकमार्ग केहि साता बन्द हुन लागेको छ । लोक मार्गको रुकुमपूर्व खण्ड अन्तरगत रानिकोट–किटनी खण्डमा १९ दिनका लागि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । बाँकी निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले कार्तिक १२ गतेदेखि कार्तिक ३० गतेसम्म सो खण्डमा आवागमन बन्द हुने भएको हो ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा बसेको बैठकले राजमार्गको निर्माण कार्य सहज र छिटो सम्पन्न गर्न सो अवधि भित्र यातायात आवतजावत रोक्ने निर्णय गरेको छ ।
निर्णयअनुसार, ठुला सवारीसाधनका लागि वैकल्पिक मार्गका रूपमा कैचिमोड–धाउन्ने, पोखरा–छिन्खेत सडक प्रयोग गर्न सकिनेछ भने साना सवारीसाधनहरूले कैचिमोड–धाउन्ने, नाथिगाड–धपे मार्ग प्रयोग गर्न सक्नेछन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

