बालाराम शेर्पाली
रुकुम पूर्व भूमे गाउँपालिकाको वडा नम्बर ८ कुचिबाङमा ग्राभिटी गुड्स रोपवे उद्घाटन गरिएको छ । कृषकले उत्पादन गरेको कृषि सामग्रीहरुलाई ओसारपसारका लागि वडा नम्बर ८ को कुचिबाङमा रोपवेको सेवा उद्घाटन गरिएको हो । लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनले सेवाको उद्घाटन गरे । यूकेएडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन विकास डी–कोष समाज को प्रविधिक सहयोगमा रोपवे निर्माण गरिएको हो ।

वडा नम्बर ८ को स्थानीयवासीको आवश्यकतालाई बुझ्दै भूमे गाउँपालिका समन्वयमा कुचिबाङ काडाबगर गुड्स रोपवे निर्माण गरिएको प्राक्टिकल एक्सनका देवदत्त भट्टले जानकारी दिए । वडा नम्बर ४ को काडाबगरबाट वडा नम्बर ८ को कुचिबाङसम्म निर्माण भएको ग्राभिटी गुड्स रोपवे १ हजार १ सय ४४ मिटर लम्बाइ र ४ सय ८४ मिटर उचाईमा रहेको छ । ४८ लाख ६८ हजार ६ सय ४७ रूपैयाँ लागतमा रोपवेको निर्माण भएको ग्राभिटी गुड्समा स्थानिए नागरिकले ५ लाख ३६ हजार २ सय ५६ रुपयाँ जनश्रमदान गरेको रोपवे व्यवस्थापन समितिका अध्यक्ष झलक रोकाले जानकारी दिए । जसमा उक्त ग्राभिटी गुड्स बाट वडा नम्बर ८ को कुचिबाङ छमाल्ने माल्लुङ झिम्काको कृर्षकले सेवा लिन पाउने छन ।

कुचिबाङबाट काडाबगर सम्म ९० किलो र काडाबगरबाट कुचिबाङ ३० किलो सामान ओसारपसार गर्न सकिने रोपवे व्यवस्थापनको अध्यक्ष रोकाले बताए । स्थानीय जीबन सुनारका अनुसार यो सेवा सुरु भएपछि स्थानीय कृषकहरुलाई आफ्ना कृषि उत्पादन ओसारपसार गर्न निकै सहजता भएको छ । यसअघि ५ घन्टा भारी बोकेर समान ओसारपसार गर्नुपर्नेमा भएले तीन मिनेटमा उक्त ढुवानी हुनेछ । घर देखि हामिले उत्पादन गरेको फलफुल बजार सम्म पुर्याएर बजार देखि दैनिक उपभोग्य दाल चामल तेल र किराना सामान ओसारपसार गर्न मिल्दा धेरै हसजता भएको सुनारको भनाई रहेको छ ।

कार्यक्रममा भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, जिल्ला समन्वय समिति रुकुम पूर्वका उप–प्रमुख मोहन बहादुर केसी, भूमे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत देविलाल बि क, उपाध्क्षय सविना बुढा र भूमे गाउँपालिकाको पूर्व अध्यक्ष रामसुर बुढ़ा मगरको उपस्थिति रहेको थियो । त्यस्तै ८ नम्बर वडा अध्यक्ष दिनेश रोका, एकीकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय रुकुम पूर्वका प्रमुख पिताम्बर बस्नेत, डिकोस नेपालका अध्यक्ष देव ओली, रोपवे नेपालका प्रबिधिक शोभा कान्त काफ्ले, डिकोस नेपाल समुन्नति परियोजना संचालक संयोजक बिर्जड पुन, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वका अध्यक्ष मैत्या घती लगायत सरोकारवाला ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds