रुकुम पश्चिमको ६ वटै पालिकामा कृषि मेला आयोजना गरिएको छ । स्थानीय तह बनेपछि पहिलो पटक पालिका स्तरमा कृषि मेला आयोजना गरिएको हो । यसअघि जिल्ला सदरमुकाममा मात्र हुँदै आएको कृषि मेला प्रर्दशनी पालिकास्तरमा आयोजना भएपछि रुकुम पश्चिमका कृषकहरु खुसि भएका छन । रुकुम पश्चिममा ३ नगरपालिका र ३ गाउँपालिका रहेका छन । जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिम तथा सम्बन्धित स्थानीय तहहरुको आयोजनामा जिल्लाका सबै पालिकामा कृषि मेला आयोजना गरिएको हो । कृषि मेलाले कृषकहरुमा हौसला थपेको स्थानीय रविन्द्र विष्ट बताए ।

गाउँपालिका स्तरिय कृषि मेला प्रदर्शनीमा कृषकले उत्पादन गरेका विभिन्न ६ वटा विधा अन्तर्गतका विभिन्न कृषि बाली उत्पादनहरु प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका कृषि वस्तुहरु राखिएको थियो । जिल्लाभरको कृषि मेलाबाट उत्कृष्ठ कृषकहरुलाई पुरस्कृत समेत गरिएको छ ।
देश संघीय संरचनामा गएपछि स्थानीय स्तरमै गएर कृषकहरुलाई उत्साहित गराउनुपर्छ भनेर कृषि मेलाको आयोजना गरिएको जिल्ला कृषि विकास

कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख मिनबहादुर केसी बताए । उनका अनुसार कृषि मेलामा १ हजार ३ सय ८४ जना कृषकले सहभागीता जनाएका छन भने १ सय ५५ जना कृषकहरुलाई पुरस्कृत समेत गरिएको छ । पालिका स्तरको कृषि मेला कार्यक्रमले व्यावसायिक कृषकलाई थप प्रोत्साहन मिल्ने विश्वास कृषि विकास कार्यालयले जनाएको छ । लामो समयदेखि रोकिएको कृषि मेलालाई आगामी बर्षहरुमा तालिका बनाएरै निरन्तरता दिने समेत कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto