मनलाल ओली
“तँ आँट म पुरा गरिदिन्छु । कुल देवताले भन्छन् गरे ।” बाल्यकालमै बाबाका मुखबाट सुनेको थिएँ । बाल्यकालदेखि नाम पनि सुनेको थिएँ । त्यहाँ पुग्ने भित्रि इच्छा पनि नभएको कहाँ हो र ? लगन जुराउन नसकिएको मात्र न हो । ऐतिहासिक विशेषताले भरिपूर्ण चित्रीपाटन कस्तो होला ? जिज्ञासा अनि खुलदुली लागिरहन्थ्यो । जिजु बाजेका पालादेखि नाम सुनेको चित्रालेखी कुल देवताको उद्गम स्थल चित्रीपाटनमा कहिले पुगिएला र ? यो हुट्हुटी आजको होइन । इच्छा गरेको कुरो ढिलो वा चाँडो अवश्य पनि पुरा हुँदोरहेछ । मौका, परिवेश र समय अन्तराल मात्र हो । एक न एक दिन पुरा भएरै छाड्दोरहेछ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको तर्फबाट स्थानीय तथा राष्ट्रिय स्तरका ऐतिहासिक तथा पर्यटकीय स्थलको अवलोकन भ्रमण गर्ने तीब्र अविलासा लेखक, साहित्यकार, संस्कृतिकर्मी, अनुसन्धानकर्ता सबैको थियो । विविध कारणले ती सबैको जमघट एकै साथ नहुनसक्छ ।
“प्राकृतिक मनोरमता, दृश्यावलोकन, नौधारी झरना, नौकुण्ड, ऐतिहासिक विशेषताले भरिपूर्ण चित्रीपाटन ४६३० मिटर उचाइ भएको हिमाली क्षेत्र हो । त्यहाँ पुग्ने अनुकूल समय यतिबेला नै हो । यताबाट हामी चारपाँच जना साहित्यकारहरू पनि आउँछौं । त्यहाँबाट जानेहरूलाई खबर गर्नुहोला है ?” एक साता पहिले पूर्णजीले काठमाडौबाट खबर पठाएका थिए ।

२०८० सालको अन्तिम वर्ष अन्तिम दिन बिहान ६ः२५ बजे साहित्यकारहरू खगेश्वर भण्डारी, एक्कबहादुर केसी र म तीन जना सेरीगाउँबाट चित्रीपाटन पुग्ने उद्देश्यले यात्राराम्भ गरियौं । पूर्ण ओलीले हामीलाई माच्छमीमा पर्खिरहेका थिए । अब हामी त्यहाँ पुग्ने चार जना भयौं । छिवाङ, लोरीवाङ, हाँसीवाङ सानीको किनारै किनार सानीलाई पछ्याउदै उनैको गतिसँग हुँइकियौं । सानी ठूलीलाई भेट्न कलकलको सुरिलो ध्वनी निकाल्दै अविरल गतिमा थिइन । ड्राइभर भाइले गाडीलाई मध्यपहाडी राजमार्गबाट मोडे अनि सानी तराउँदै बलिवाङतिर गुडाउन थाले । यतिबेला ठाडीभाका गेडाको याद आयो जुन यस्तो थियोः
स्यानी भेरी सरवर पुलबाट तरौला
भुटोसुर्ता केई नमान्नु फेरी भेट गरौला ।
हाम्रा देब्रेतिर मध्यपहाडी मार्ग र दायाँतिर राडीजिउला पुग्ने मार्गले स्यानीलाई बीचमा परेका थिए । दुबै मार्गको बलियो आधार पनि तिनै सानी थिइन । सानीले कम्जोर स्थानलाई आँफैसँग मिस्याउँदी रहिछिन् । स्यानीकै ताकतले पक्की बनाइएको स्थालाई मानवले सडक बनाएर सवारी साधन हुँइक्याउँदा स्यानी असाध्यै खुशीका साथ ठूलीलाई भेट्न कुद्दै थिइन । केही बेरमै हामी चाँही स्यानी र ठूलीको मिलन विन्दु रिम्नामा पुगियौं । त्यहाँ पुग्दा लोक–ठाडीभाका गीतको गेडो स्मरण भयो जुन यस्तो थियोः
स्यानीभेरी ठूली भेरी, भेट हुने रिम्नैमा
गए जाला यो परानी, सूज्यफूल टिम्नैमा ।

यस गेडालाई गुन्गुनाउँदै हामी ठूलीभेरीको किनारै किनार उत्तरतिर हुँइकियौं । बाटोमा स्थानीय यात्रीहरू थुप्रै भेटिन्थे । हाम्रो साधन सानो भएता पनि असाध्यै बलियो रहेछ । बाटोमा भेटिएका अधिकांशलाई उद्धार गथ्र्यो । “चुल्बुले कान्छाको रुप्पै मोहनी, मोहनी रुप्पैले मा¥यो ओहो नि ।” गाडीको गीतले खचाखच भरिएका यात्रुलाई मनोरञ्जन दिइरहन्थ्यो । गत कार्तिक सत्र गते गएको भूकम्पले मारिएका, खाइते बनाइएका र तर्साइएका आवासहरूको रोदन अनि चित्कारले भावुक बनाउँथ्यो । त्यतिबेला पीडा र वेदना दूर गर्ने गीति टुक्काको याद आयो जुन यस्तो थियोः
भैसीले दमारै काट्यो, गुवालो बबै छ
कति रुन्चई जल्ने मनए, त जस्तो सबै छ ।
गाडीका ड्राइभरले हामीलाई सकुसल बिहान साडेनौबजे आठबीकोट नगरपालिका वडा नं. ९ राडी जिउलामा पु¥याए । “ल सरहरू, हाम्रो यात्रा पूरा भयो । फर्किदा पनि हामीलाई सम्झिनुहोला ।” सम्पर्क नम्बर सहित आफ्नो चिनारी गराए चालक शाहले । “लौ बगालौं यहीँबाट खाना खाएर मात्र जाऔं । नत्र बितरा परिन्छ हेर बगालौं ।” अगाडि लाग्दै एक्कजीले सुनाए । भोजनको लागि हामी गणेश होटेल एण्ड लजमा पसियौं । खाना तयारी अवस्थामा रहेछ । छिटोछिटो भोजन निलेर ठूलीभेरी पारी गाडी भेट्न हतारियौं । भेरी तर्ने हाम्रो बर्कत थिएन । नजिकै रहेको झोलुङ्े पुलबाट ठूलीभेरी तरियौं । भण्डारीजीले हामीलाई ठूलीसँग फोठा खिचाइदिए । ठूलीपारीको बगराबाट गोताम पुग्न जिब लाग्दा रहेछन् ।
“कता हजुर कता ? गोतामकोट पुग्ने भए यता ।” भन्दै हातमा बिल र कलम समातेका युवाले अगाडि बढ्दै सुनाए ।
“हो हजुर हामी गोतामकोटभन्दा पनि अझ माथि चित्रीपाटनसम्म पुग्ने हो । गाडी कहाँसम्म जान्छ ?” पूर्णजीले सुनाए । “खासमा यिनी गाडी गोताकोटसम्म मात्रै हो । तपाइँहरू चाँही माथि जाने भए हाम्रो गाडी बलियो र भरपर्दो छ । यसले पक्कै पनि तपाइँहरूलाई नयाँ डाँडासम्म पु¥उनसक्छ ।
“अनि भाडा चाँही कति लिनुहन्छ त ? ” भण्डारीजीले सोधे । “भाडा चार जनाको चारहजार मात्र हजुर । टिकट काटम ? ” आत्तिदै युवाले सुनाए ।
“लौ ठिक छ, हामी यहाँको लागि अपरिचित मान्छे परियौं । कहाँ हिड्नु ? जाम तो है यसैमा ?” पूर्णजीले सामूहिक प्रस्ताव गरे । हतारहतार सबैको सामूहिक यात्रा शुरुभयो । गाडीमा हामी मात्र थिएनौं । अन्य मान्छे पनि थिए ।
“पैसौ चाही अहिले हामी आधा दिन्छौं । बाँकी उतै दिन्छौं है ?” पूर्णजीले सुनाए । गोतामकोट ५ नयाँडाँडाको लागि भण्डारीजीलाई भिडियो बनाउनको लागि अगाडि बसायौं ।

“तपाइँको घर कहाँ पर्छ हजुर ?” हाम्रा छिमेकी यात्रीलाई सोधेँ । “मेरो घर खदीपर्छ ।” उनले अति छोटो प्रश्नको जवाफ दिए । अब मलाई यहाँको परिवेशबारे थप जानकारी लिने उत्सुक्ता बढ्यो । मैले सोधेका अधिकांश जिज्ञासाको जवाफ उनले दिन्थे । “गोर्खे खुकुरी लाहुरे कम्मरमा, मन जित्यो मायाले पहिलो नम्मरमा ।” गाडीले गीत सुनाउँथ्यो । बीचमा चढ्ने थुप्रै यात्री भेटिन्थे । अधिकांश यात्री महिलाको सङ्ख्या बर्ता हँुन्थ्यो । गाडी भित्र नअटाएका केही छतमा त केही बाहिरै झुन्डिएर जान वाध्य हुँदारहेछन् । तिनीहरू मध्ये एकजनी महिला र पुरुषले त्यहाँको परिवेश बताउँथे । ततर गाड, खदी खोलो, शाइकुमारी खोलो, खदी, गोताम, चौखाखोलो, भितानगाउँ, लगायतका स्थानका नाम बताउँथे ।
“ह्वाँ केइ खानेकुरा पाइन्न । उत्ता जाने मान्छेले ता खाने कुरा लगिन जानु पर्यो क्यार ।” होटेल व्यवसायी महिलाले हाम्रो गन्तव्यका बारेमा थप बेलिविस्तार गराउथिन । तल्लुबगर नलगाडक १२ जाजरकोटमा गाडी रोकियो । त्यहाँको शुष्मा एण्ड किशोर होटलमा उता आवश्यक पर्ने बन्दोवस्तिका सामान किनियौं ।
“यहाँदेखि बाटो निक्कै अफ्ठेरो छ । अब थप दुहजार थप्नुहुन्छ भने गाडी जान्छ । के गर्नुहुन्छ ? भाडा थप्ने कि नथप्ने ?” गाडी स्टाफले प्रस्ताव राखे ।
“पहिले एउटा सम्झौता गर्ने ? अनि अहिले उलङघन गर्न मिल्छ ? तपाइँहरूलाई थाहा थिएन कति भाडा लाग्छ भनेर ?” हामीले पनि केहीबेर सम्झौता कार्यान्वयन गराउन एकमतका साथ प्रतिवाद गरियौं ।
“उहाँहरूलाई थाहा नहुन सक्छ । यो गाडी मेरो हो । भाडा थप्नेभए पठाउँछु हेन्ने । नत्र ?” गाडी मालिक हुँ भन्ने युवाले आफ्नो विचार पेश गरे । हाम्रो समूहबाट पनि सहमती कार्यान्वय हुनुपर्ने अडान जारी राखियो । अन्तः सहमती हुने सङकेत देखिएन ।
“नचाइने कुरो सय पल्ट कुरा फेर्ने यस्तानु नगया क्या फाँर्रेला । दे हर्नोई पैदल फस्कियौँ ? ” हाम्रो समूहका अग्रज केसीजीले सुनाए । ह्याँती गर्ने कुरो, मलाई भने भित्रभित्रै खुशी लागेको थियो । किनकि जोखिम मोल्दै र गाडीका स्टाफको चित्त दुखाउदै यात्रा गर्नुभन्दा पैदल हिड्नु उत्तम लाग्थ्यो । यसो गर्दा नयाँ परिवेशको सामाजिक जनजीवन, भौगोलिक अवस्था, प्राकृतिक सम्पदाको प्रत्यक्ष रुपले अवलोकन गर्न मिल्थ्यो । अब हामी रमाउँदै ठूलीभेरीमा निर्माणधिन बेलीब्रिज तरी पैदल हिड्न वाध्य भयौं । करिब ११ सय मिटर उचाइबाट उकालोमा सुसेल्दै अगाडि लम्कियौं । बाटोमा भेटिने पाटी, पौवा, धारा, पँधेरा, चौतारी तथा निश्वार्थी प्राणीहरूले स्वागत गर्थे ।

तल्लु बगरबाट उचालिएका हाम्रा पाउले समयमै सुन्दर वस्ति गोतमकोटलाई स्पर्स गर्दा निक्कै आन्दको अनुभूति हुँन्थ्यो । “ऊऽऽ त्यो रिम्कगाउँ, रोकायगाउँ, निग्रीगाउँ, थापागाउँ, विष्टगाउँ हुन । यिनी सबै आठबीसकोट नगरपालिका वडा नं. ५ मा पर्छन् । पैला ता आँनी ह्याँ गौतमौं बाहुुल्यता थ्यो हेन्ने । अइल ता जनजातिले जित्न लाइग्या भन्नुहुन्च । ऊ त्यो पारी वन गाउँमा राजा पनि बैथ्या गरे ।” गोतामकोट निवासी जैसी बाहुनले बताउँथे । मलाई त्यहाँबाट पश्चिम उत्तरतिर देखिने गगनचुम्बी चुचुराका नाम जान्ने इच्छा जाग्यो ।
“ऊऽऽ तिनी देखिने अग्ला धुरीका नाम के के हुन हजुर ?” नरबहादुर जैसीजीलाई मैले प्रश्न गरेँ ।
“ऊऽ त्यो चाखुरे लेक हो, त्यो दाङ्चा लेक, यताको गारगाउँ लेक हो । यो माथियौ चित्रीपाटन भइगो । त्यो लेकौ टुपो भेट्या ता आँनी अस्ति ओल्लीया बगाल्ले खरा ग¥याउ शिवलिङ्ग आइगो क्यार । ह्याँबाट चित्रीपाटन पुग्न सिधै गए पनि हुन्छ । उता नइयाँ डाँरा भएर पनि जान सकिन्छ ।” जैसीजीले स्पष्ट पारे ।
“त्यहाँ चित्रीपाटन पुग्न यहाँदेखि कति समय लाग्छ ?” मेरो सोधनी थियो ।
“ह्याँबाट त्याँ पुग्न हर्ने मान्सलाई चरपाँच घण्टा लाग्छ हजुर ।” औला फाँट्दै उनले सुनाए । गोतामकोटको काखमा उभिएर वारिपारी नियाल्दै थियौं । त्यहाँका सबै कृषकले परम्परागत रैथाने बालि लगाउदा रहेछन् । सन्कला, खर्कला, मसुरो, चना लगायत खाद्य तथा नगदेवाली प्रसस्त उत्पादन हुदोरहेछ । त्याँ अर्गानिक खाद्यय वस्तुको मात्र उत्पादन हुँदोरहेछ ।
“तमाइँहरू को पर्नुभो ? काँ मँट आउनु भो ? काँसम्म हो जाने ? यतानु मस्तै च्याल्नु भोए ?” गोतामकोट निवासी देवीप्रसाद शर्मा रेग्मीले प्रश्नको चाँङ लगाए । हामीले पनि आफ्नो चिनारी सहित यहाँ आउनाको कारण, लक्ष्य तथा उद्देश्य बतायौं । चित्रीपाटन पुग्ने मार्ग तथा बासबस्ने गाउँवस्तिको जानकारी गराए । हामी अगाडि लम्किदै त्यहाँको सांस्कृतिक सम्पदा गोतामकोटको सिराँनीमा अवस्थित आत्रिय ऋषिको मन्दिरमा पुगियौं अनि अवलोकन गरियौं । नयाँ डाँडामा बास बस्नको लागि पूर्णजीका सालाले दिएको सम्पर्क अनुसार हाम्रो यात्रा गोतामको शिर दहगाउँको पाखैपाखा थापागाउँ, मगा, टोटमाँझ हुँदै गैरीपातल मगाडाँडा पुग्ने थियो ।

मगाडाँडा पुग्दा गोधुली भइसकेको थियो । त्यहाँ डाँडामा पानीको धारो देखियो । त्यही धाराको पानीले तिर्खा मेटायौं । कक्षा आठनौमा पढ्दै गरेकी जस्ती पधेर्नी नानी धारा नजिक थिइन । नानीले हामीलाई त्यहाँको सेरोफेरो बताइन । पँधेर्नी नानीको नाम भूमिका केसी रहेछ । नानीले हाम्रो समूहको आकृतिलाई क्यामरामा भण्डारण गर्न सघाइन । यतिबेला पातलचरी घरफकिैदै गरेका गाइबाख्रको किटिकिटे घाँटको खिर्रो आवाज कानमा गुञ्जिरहेको थियो । त्यो ध्वनीले पुरानो गीतको झल्को गरायो जुन यस्तो थियो ः
पातल चर्ने गाई बाख्राको किटिकिटे घाँट
कोई बैरागी एक वचने कोइ ता हुन्छन् ढाँट ।
केहीबेर बिसौनामा गरेको विश्राम र चिसो पानीले तिर्खा र थकानलाई टार्न मद्दत गरेको थियो । मगा वस्तिबाट पातगाउँ पुग्न गोडेटोलाई पछ्याउदै थियौं । “अइऽऽ को ुहुनुन्च त्यतानु हन्ने ? बाटो बिराल्नु भो । तल झर्नोई तल ?” मगा गाउँका एक जना व्यक्तिले निर्देश गरे । हामी तिनकै निवासतिर सोझियौं । तिनी व्यक्तिसँग सबै नालीबेली खोलिदियौं ।
“फुर्लपाइका गाउँनु मान्स भया नाई । रित्ता घर्नु काँ बैनु हुन्च र ? बरु यतैपाई बैनोई र ता भइगो क्यार ।” प्रौढावस्था पार गर्नै थालेका घरबेटीबाले सुनाए । “अब ता हामी आँफै बास माङ्ने मध्या थियौं हेर्नोई । तमाँई ता नहुँनै धर्मी मान्स हुनुहुनेह्रच । हाम्रो तर्फबाट तमाँइलाई मस्तै धन्यवात छ होई ? बासै बस्ने मध्या थियौं । तमाइँ ता सद्या मान्स हुुनुहुने ह्रच । आज हामी तमाइँकै घर्नु चोच्किन्चौ होई ? उइछारी, आइयौं भन्नुहुन्च ।” केसीजीले माझीको भूमिका निर्वाह गरे ।

“तमाँइहरू विचार गन्नोई । बैन्या भ्या साँजत्या पाउनालाई बास नदिने कुरै भइन ।” घरबेटीबाले सुनाए । हामी सबैको त्यही घर्नु बास बस्ने सल्लाह भयो । उनकै घर आँगनमा पुगियौं । उनले पनि तत्काल हाम्रा लागि एउटा कोठा व्यवस्था गरिदिए ।
“अनि हजुरले भोलि ब्यान हामीलाई माथि चित्रीपाटनसम्म पु¥याउने मान्छेको व्यवस्था पनि गरिदिनुपर्ला है हजुर ?” पूर्णजीले प्रस्ताव गरे ।
“त्यो होइजाला अइल बैनोई । सुरै ता हुन, तिच्यो तमाँइहरू काँकाँमँट आउनुभो हेन्ने ? म पन्तै जान सकछु । तेइपनि साँजति सल्ला गरौला ।” घरबेटीले हामीलाई गन्तव्यमा पु¥याउन सहयोगीको भूमिका निर्वाह गर्ने आशवासन दिए ।
घरबेटीकी बुहारी खुप्पै जँग्रेली रहिछिन् । तत्काल स्वादिलो भोजन तयार गरिन । उक्त भोजनले दिनभरीको थकान र भोकलाई पत्तासाप गराइदियो । बिहान पाँचै बजे हिड्ने र हामीलाई बाटोसिकाइ दिने पथप्रदशकको जिम्मेवारी पनि तिनै घरबेटीले लिए । “भोल्चाल ब्यान्नै बाट्नु खाने अन्निपन्नी तयार पाद्देई होई ब्वारीए ?” भोजन पश्चात ससुराले सुनाए । हामी विश्रामको लागि सयन कक्षभित्र प्रेवेश गरियौं । ओछ्यानमा टेक्नेबित्तिकै निद्राले भ्mयाप्पै समातिन ।
बिउँझदा नयाँ वर्ष २०८१ ले पाइला टेकिसकेकोरहेछ । गीता भण्डारीले छक्कालै अर्नी पकाइसकिछिन् । उकालो चढ्ने तीब्र अविलासाका साथ ताजा अर्नी चपायौं । “बाट्नु खाने अर्नी पनि बनाइदेई होई ब्वारीए ?” ससुराले अह्राए । ससुराको आदेश पालना गर्दै बुुहारीले पनि बाटमा खाने भोजनको व्यवस्था गराइदिइन । पाहुनालाई स्वागत, सत्कार गर्न सिपालु भण्डारी परिवारले अमूल्य गुण लगायो ।
२०८१ सालको पहिलो दिन बिहान ६ बजे हामी भण्डारीजीको अगुवाइमा पवित्र स्थल चित्रीपाटन पुग्ने साइत गरियौ. । आगो लागे डोप्के डाँडा घना जङ्गलको बाटो उनले हामीलाई डो¥याए । वन जङ्गल भित्रका वनस्पतिका नाम चिनाउदै उनले हामीलाई कागमारे धुरीमा पु¥याए । जङ्गलभित्र राता, सेता, गुलाबी लगायत विभिन्न रङ्गिबिरङ्गी गुराँसका फुलको दृश्यले मनै भोभ्याउँथ्यो । खगेश्वरजी र मैले पालैपालो तस्बिर खिचाउँथियौं । हाम्रा पथप्रदर्शक केबल बाटोको मात्र नभई हरेक चिज वस्तुका ज्ञाता रहेछन् । हामी जतिजति चुलिन्थ्यौ उतिउति नयाँनयाँ प्रजातिका वनस्पति देखिन्थे । निक्कै रहर लाग्दा आँखारिङ्ने लगायतका छाङ्गाले झनै लोभ्याउँथे ।

गाइडर भण्डारीजीले त्यहाँका सबै रुख वृक्षको नाम चिनाउँथे । रुख प्रजातिमा गोब्रे सल्लो, फलाँटी, फलाँट, खसु्र, रँयाज, बाँझ, बुराँस, भोजपत्र, जिला, लिसा लगायतका वृक्षले वनक्षेत्र निक्कै रमाइलो देखिन्थ्यो । हाम्रो समूहका भण्डारीजी प्रकृतिसँग लठिदै भिजुअल निर्माण गर्न तल्लिन देखिन्थे ।
“यो धजाहाल्ने, यो आँखा रिङ्ने भिर, यो जुगा फाल्ने ढुङ्गो, यो धतुरो हाल्नो, यो इग्नुपैना, यो तेछ्राकुला, यो चरा पोल्ने ओराल, यो मसिनो धुरी हो । ह्याँ लाली गुराँसका अतिरिक्त अन्य पूmल फुल्ने विरुवाहरूमा जिला, डोइली, बुकी, बिजौरी, जुरमुठो, छतारो हुन ।” आदिका नाम चिनाउदै सहयोगीले हामीलाई चित्री पाटन पु¥याए ।
अत्यन्त रमनीय स्वर्गको टुक्रासरी त्यहाँको सुन्दरताको जति बखान गरे पनि पुग्दैन । बासी हिउँका थुप्रा छँदै थिए । हामी त्यहाँ पुग्ने बित्तिकै नयाँ हिउँ पर्न शुरु भयो । चित्रलेखी थानमा गाइडर भण्डारीजीले हामी सबैको तर्फबाट धजा चढाए । केही बेर अलौकिक स्थानको धित मरुन्जेल अवलोकन गरियौं । हिमपात हुन थालेकोले घर फर्किन हतारिदै केहीबेर मनोरञ्जन पनि गरियौं । त्यहाँको रमनीय परिदृश्यले खबै मोहित पा¥यो । फर्किनुभन्दा पहिले यिनी ठाडीभाका गितीगेठा पैदा भए ः
रम्च्याई लाग्दो चित्रीपाटन, नौधारी नौकुण्ड
तिम्रै काखमा लागिरहोस् प्रयटकको झुण्ड ।
गोतामकोटको शिरमाथि चित्रीपाटन हेर
मालभएर चाल नपाउँदा जान्छ त्यसै खेर ।

प्रकृतिको रमनीय काखमा रम्दारम्दै समयले नेटो काट्ने सम्भावना थियो । चित्रीपाटन प्रकृतिको रमनीय स्थल मत्र नभई यसको ऐतिहासिक महत्व पनि कम्ताछैन । ओली समुदायका कुूलदेवता चित्रालेखीको उद्गम स्थल पनि त्यही चित्रीपाटनमा हुनुले यसको महत्व थप चुलिदै जान थालेको देखिन्छ । विशेष गरी जेठाँसे, भदौरे र मङ्सिरे पूर्णीको याममा यहाँ पूजाआजा गरिन्छ । यहाँको रमाइलो परिदृश्यलाई जति नियालेता पनि कैलै अघाइन्न । अग्रज ओली बन्धुहरूले केही दिन अगाडि त्यहाँ मन्दिर स्थापनाको लागि आवश्यक सामाग्री जुट्उदै गरे जस्तो लाग्थ्यो । वास्तवमा यो क्षेत्र ऐतिहासिक महत्वका साथै पर्यटकीय सम्भावनाको बलियो आधार रहेछ । यसको विकास र विस्तार हुनसके आठबीसकोट र रुकुम मात्र नभई राष्ट्रकै गौरव बढ्ने प्रचुर सम्भावना बोककारहेछ । चित्रीपाटनका चित्रालेखीसँग फेरी भेट गर्ने वाचका साथ फर्किएर ओरालोतिर झरियौं ।
“उकालो चर्नु भन्दा बर्ता कठिन ओरालो झन हुन्छ गाँठे ।” खगेश्वरजीले सुनाउँथे । हामी विस्तारै ओरालियौं ।
“ह्याँको चिनोबाँनो ल्हगेल्नोई । यलाई हामी चुल्लु भन्चौ । यसको खुप्पै दवाई पनि हुन्छ हेन्ने ।” सहयोगी एवम् स्थानीय व्यक्ति रुपे भण्डारीले चुल्लका हाँगा काटेर हामीलाई थमाए । “तपाइँहरू यसलाई चुल्लु भन्नुहुनेह्रच । हामी चाही यसलाई जिला भन्छौं । यसकै नामबाट हाम्रो ठाउँमा जिलाधुरी भन्ने नाम ह्रएको छ । अनि यसको औषधीय गुण पनि बताल्नोई दाई ?” मैले जिज्ञासा राखे ।
“कैलै बालख्ख भनौ या ठूलै मान्स पनि अपच भइ कस्ट्दिारी काम गर्छ । यसको डालो ढुङ्गानु घोट्ने । अनि त्यामँट आको लेदोलाई भुरिनु घस्यापचि ढा¥यासा¥या प¥याउ कसमस भाइर निकाल्च हेन्ने ।” उनले जिला (चुल्लु) को औषधीय गुण बताए ।
“छकाल आयाउ बाटो अइल ता जाने होइन होइ बगालौ ?” पूर्णजीले सुनाए ।
“चाँरो पनि हुने गइजालाए । त्यतैबाट जाउला र भइगो होइन्तो ?” मैले थपेँ ।

“उकालानु ता जस्तो भया पनि हर्रिजान्छ । ओरालु लक्र्यापछि ता गराचार लाइयो क्यारै ज्वानौं । ब्यानौं बाटो एकदम ठार्डैह्रच । अचेल स्याउला सोत्तर पनि झ¥याह्रचन् । त्यानु लर्किने सम्भावना देखिन्छ हेर ज्वाँनौ । भन्याउ मान हेर बगालौं । अल्ता फेरो भया पनि केई हुन्न । सजिलोबाटो भया ता त्यतैबाट जाने हो ।” पूर्णजीले थप स्पष्ट पर्दै हुन पनि हो भन्ने बनाए ।
“तलिबाट गया ह्वाँले भन्यास्तै लोट्ने सम्भावना पनि हुन्छ । नासाँप्नो त्यतानु लोट्यापचि ता आँनी मन्ने भइगो क्यार । हामी छकाल आको बाटो आओलाग्या डोप्के डाँरा पातल हो । अइल म तमाँइहरूलाई सुइकुटे सालिमपाखाउ सजिलो बाटो लग्गेल्चुबाल । केई सुर्ता नगन्नोई । बरु खुरुखुरु हन्नोई ।” पथप्रदर्शक भण्डारीजीले कागमारे धुरीबाट छिनोफाँनो सुनाए । कागमारेकै धुरीमा छर्रवा गरिएका पशुहरूबीच बिजातीय प्रेम सम्बन्ध बढेको देखिन्थ्यो । बाटोमा निक्कै ठूला गोब्रे सल्लाका रुख रहेछन् । खडेरीमा भोल्टे किराले मकै सखाप पारेझैँ ती रुखहरू लम्पसार परेका देखिन्थे । सभ्यताको चुली चुम्नै लागेको मानव समूदाबाट गरिएको त्यो व्यवहारले प्रकृतिप्रेमीको आत्मा दुखाउँथ्यो ।
हामीलाई तिर्खाले व्याकुल बनाएको चाल पाएर स्थानीय वासिन्दा रुपे भण्डारीजीले टाढाटाढाबाट पानी ल्याएर तिर्खा मेटायदिन्थे । “ह्याँनु बाटो ता सद्या प थ्यो । अचेल ता दार छराउले मुल्कले बाटो भताभुङ्गै पार्रेल्याछन् क्यार । वनको छत्यानास, हर्ने बाटो पनि भताभुङ्ग । मुल्कले भाँउन्नेई गर्रेल्याछन् भन्नुहुन्च ।” अग्वा लागेका भण्डारीजीले सुनाउँथे । यतिबेला अध्याँरोले विजय प्राप्त गरिसकेको थियो । हामीलाई उज्यालोको आवश्यकता परेको थियो । मोबाइलहरू पनि खगेश्वरजीको बाहेक अरुका चार्ज रित्तिसकेका थिए । रातीको हिडाई आन्नद भइरहेको थियो । घनाजङ्गलको बीच खगेश्वरजीको तेजिलो प्रकाशको सहाराले हामी ओरालिन्थियौं ।

सङ्घर्षले जेलिएको मानव जीवन नै सङ्घर्षशील जीवन हो । यदि हामी मात्र हुन्थियौं भने रातीको त कल्पनै नगरौं । दिउँसो समेत बाटो भेट्दैन्थियौं होला ।
सायद जङ्गलमै बास बस्न बाध्य हुन्थ्यिौं होला । रातीको यात्रामा बल्द जोत्ने चरो, लाटोकोसेरो तथा वनकुकुरको आवाज कानमा ठोकिन्थ्यो । सुइकुटे सालिमपाखाको पातल हुँदै कडा मेहनत पश्चात रातीको नौबजे बासस्थान भेटायौं । अघिल्लो रात खाएकै भान्सामा गीता नानीले तयार पारेको स्वादिलो भोजन निल्यिौं । करिब पन्ध्र स्रोह घण्टाको निरन्तर यात्राले लखतरान भएको जिउलाई सयन कक्षमा विश्राम गरायौं ।
साथीहरूका खुट्टा दुखेकाले । सकेसम्म गाडी यतै बोलाउने गीतानानीले कोशीस गरिन । फेरी भेटिने बाचा गर्दै भण्डारी परिवार, पातलगाउँ, गैरीपालको भूमिबाट छुटियौ । चौतारा पुगी गाडी भेट्ने चाहनाले हामी विस्तारै हिन्दै तल झरियौं । थापा गाउँमा बलबहादुर मल्लको निवासमा पुगि विश्राम गरियौं । बलबहादुरजी खगेश्वर भण्डारीका चेलाका अभिभावक रहेछन् । उनले हामीलाई चिया खाजा खुवाए ।
“म हिड्न सक्दैन । विस्तारै हिन्दै गर्छु । तपाइँहरू चिया खाएर आउनुहोला । सक्भर म गाडीको पनि तल्लास गर्छु ।” चिया छोडी पूर्णजी लम्किहाले । छोटै समयमा हाम्रो समस्या बुझेर त्यहाँका स्थानीय समाजसेवी डन्ने कामीको पहलट्ठारा हाम्रो लागि तत्काल गाडी त्यही आइपुग्यो । जनही रु पाँचसयले राडीसम्म पुग्ने व्यवस्था मिलाएकोमा समाजसेवी डन्ने कामीजीलाई विशेष धन्यवाद दियौं । यहाँका मानिसहरू पर्यटकहरूलाई खुबै माया गर्दारहेछन् । हामी एकै छिनमा चौतारा पुगी पूर्णजीले तयार गर्न लगाएको खाजा निल्यिौं । ठूली भेरीमा पानीको सतह बढिरहेको भन्ने खबरले सबैलाई चनाखो बनायो । केहीबेरमै हामी भेरी तर्न पुगियौं । तल्लुबगरबाट थप यात्री थपिए । अब हाम्रो साधन भरिभराउ भइसकेको थियो ।

बिहान सवा दसबजे हामी रिम्ना पुगी पहिलेकै गाडीसँग भेट भयो । त्यही साधनमा झोला राखियौं । “रेडियो स्यानीभेरमा खुप्पै प्रचार गर्छ । आज ता तेई होटेलमा खाउला होई बगालौ खाना ?” एक्कजीले हामीलाई बिहानी भोजनका लागि राडी जिउला स्थित दियो होटलमा पु¥याए । “यहाँ आएको बखत आठबीसकोट नगरपालिकाको कार्यालयमा जाउ अनि मेर उपमेर प्रमुख प्रशासकीय अधिकृत लगायतसँग भेटवार्ता गरौंला है ?” भन्ने मेरो सल्लाहलाई साथीहरूले साथ दिए । हामी राडी जिउला स्थित आठबीसकोट नगरपालिकामा पुगियौं । नगरप्रमुख, उपप्रमुखसँग भेट भएन । उहाँहरू कामविशेषले नगरपालिका बाहिर जानुभएकोरहेछ । त्यहाँका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहज्यूसँग महत्वपूर्ण भेटवार्ता भयो । निकट भविष्यमा नगरपालिका स्तरीय वृहत साहित्य कार्यक्रम गर्ने । अनि त्यसको लागि कार्यक्रमको प्रस्ताव नगरपालिकामा पेश गर्ने मौखिक सहमती पनि गरियौं । गाडी गुड्ने समय नजिकिएकोले हामी त्यहाँबाट छुटियौं । ऐतिहासिक र महत्वपूर्ण साहित्यिक भ्रमण सफलतापूर्वक सम्पन्न भएकोमा रमाउँदै आ–आफ्ना निवासतिर सोझियौं ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto