रुकुम पश्चिममा एक लाख राशीको राष्ट्रिय गुरिल्ला म्याराथन आयोजना गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा राष्ट्रिय गुरिल्ला म्याराथनको आयोजना गरेको हो । गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।
गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टका अनुसार फागुन १ गते मौराखारा गुरिल्ला म्याराथन सञ्चालन हुनेछ । उनका अनुसार जनयुद्ध दिवसको अवसरका गाउँपालिकाले तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धताका माओवादी गुरिल्लाहरु हिडेको बाटोमा धावकलाई दौडाउने गरी म्याराथन आयोजना गरेको हो ।
गाउँपालिकालको कार्यालय सिम्ली देखि जनयुद्धमा माओवादीले जनसेनाले विभिन्न तालिम सञ्चालन गरेको मौराखारा लेकसम्म पुग्ने गरी गाउँपालिकाले म्याराथनको रुट बनाएको छ । पत्रकार सम्मेलनमा म्याराथनका लागि आवश्यक अधिकांस तयारीहरु पुरा भैसकेको गाउँपालिकाले बताएको छ । प्रतियोगितामा महिला पुरुष छुट्टाछुट्टै प्रतिस्पर्धा हुने गरेको छ । पुरुष तर्फ ४६ किलोमिटर र महिला तर्फ ३४ किलोमिटरको रुट रहेको छ ।
पुरूष म्याराथनतर्फ प्रथमलाई एक लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार, चौथोलाई १५ हजार रुपैयाँ रहेको छ । त्यस्तै महिला म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १० हजार रुपैँया पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रवक्ता पहलसिं घर्तीले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds