आहा संबाददाता
रुकुम : रुकुम पश्चिमको चौरजहारी बिमानस्थलमा ८ महिना देखि नेपाल बायुसेवा निगमको हवाई सेवा वन्द भएको छ । गएको जेठ दोस्रो साता देखि हवाई यातायात सेवा बन्द भएको थियो । सातामा २ वटा उडान भर्दै आएको चौरजहारी विमानस्थलमा हवाई सेवा वन्द हुदा यात्रुहरु मारमा परेका छन । देशको १० नयाँ शहरको सुचीमा परेको चौरजहारी विमानस्थलमा नियमित उडान सेवा वन्द भए संगै विरामीहरु त्यसको प्रत्यक्ष मारमा परेका छन ।

चौरजहारी अस्पताल वाट नेपालगञ्ज र काठमाडौका लागी रेफर गरीएका विरामीहरु हवाई यातायात सेवा नहँुदा गाडी प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । हवाई सेवा वन्द भएकै कारणले गर्दा गम्भीर प्रकृतिका विरामीहरुको स्वास्थ्य अवस्था जोखिममा राखेर गाडी प्रयोग गर्नुपर्ने अवस्था सृजना भएको स्थानीय नाराण प्रसाद आचार्यले जानकारी दिए । प्राबिधिक कारण भन्दै हवाई यातायात सेवा वन्द भएको नागरिक उड्यन प्राधिकरण लाई उद्धृत गर्दै चौरजहारी स्टेशनका निमित्त प्रमुख सुरेन्द्र नेपालीले जानकारी दिए ।

उनका अनुसार यस वारेमा केन्द्रमा वुझ्दा अहिले यात्रुहरुको संख्या नभएकोले उडान कटौति गरेर सदरमुकाम खलंगा सल्ले विमान स्थलमा उडान थप गरीएको हो । चौरजहारी स्टेशनलाई नवुझेर उडान सेवा कटौति गर्नुले जाजरकोट, सल्यान र चौरजहारीवासीलाई मर्का परेको उनको भनाई छ । यसअघि सातामा २ दिन चौरजहारी विमानस्थलमा हवाई सेवा संचालन थियो । सल्यान र जाजरकोट जिल्लाका यात्रुहरुको लागी भरपर्दाे सेवाको रुपमा रहेको चौरजहारी स्टेशनमा हवाई सेवा वन्द गरेर यात्रुहरुलाई हवाई सेवा वाट वञ्चित गरीएको नगर प्रमुख विशाल शर्माले वताए ।

देशको नमुना शहरको रुपमा स्थापित चौरजहारीमा हवाई यातायात सेवा नियमित हुनुपर्ने प्रमख शर्माले जोड दिए । सातामा २ वटा फलाईट भर्ने मुसिकोट सल्ले विमानस्थलमा हाल चौरजहारी स्टेशनको सेडुल कटौती गरेर हप्तामा ४ वटा फलाईट कायम गरीएको छ । रुकुम मुसिकोटमा हप्तामा २ पटक काठमाण्डौंबाट र २ पटक नेपालगञ्जबाट गरि ४ पटक उडान भैरहेका छन । रुकुमका दुबै बिमानस्थलमा नेपाल बायुसेवा बाहेक अन्य नीति बिमान कम्पनीको नियमित सेवा छैन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto