फुल देखेपछि सबैको मन हुरुक्क हुन्छ । चुमौ चुमौ र शिरमा शिउरिदिउ कि भन्ने मात्र लाग्दैन फुलको वरिपरि डुलिरहेका माहुरी पुलतीको दृष्य अवलोकन गरिरहु पनि लाग्छ । कार्यालय, घर तथा अन्य फन पार्कहरुमा सुन्दर वाताबरण बनाउन पछिल्लो समय फुल खेती गर्ने गरिएको छ ।

बेमौसमी र रंगीचंगी फुलहरुले त्यहाँ पुग्ने जो कोहिको फुलहरुले ध्यान तान्छ । खेती गरेर आफ्नो घर, बिद्यालय, कार्यालय र अन्य स्थानहरुमा फुल्ने फुलहरुको छुट्टै कुरा रुकुम पूर्व र पश्चिमका जंगलहरुमा प्राकृतिक रुपमा नै फुल्ने फुलहरुले यात्राक्रममा सबैको मनमा उमंग छाईदिन्छ । क्यामरा, मोवाईलहरु भएकाहरु फुलतिर गएर तस्बिर लिन र त्यस्ता साधान नहुनेहरुको पनि आँखा फुलफुलमा डुलाउन बाध्य बनाउछ ।

भदौ देखि कार्तिक सम्म यस्ता बिभिन्न प्रकृति र रंगका फुलहरु बढी फुल्ने गरेका भएपनि अन्य समयमा पनि हुन्छन । रुकुम पश्चिमको तुलनामा रुकुम पूर्ब यस्ता प्राकृतिक फुलहरु बढी फुल्छन । हेर्नेहोस रुकुम पूर्व र पश्चिमका प्राकृतिक रुपमा पाईने केहि फुलहरु ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto