नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका पालिका इन्चार्जहरुमा हेरफेर भएको छ । केहि साता अघि पार्टीको कर्णाली प्रदेश समितिको कार्यालयको विस्तारित बैठकले जिल्लाका पालिका समितिका इन्चार्जहरुमा हेरफेर भएको हो । जसमा केहि पािलकामा नयाँलाई इन्चान्र्जको जीम्मेवारी दिईएको छ भने केहि पालिकामा पुरानैलाई निरन्तरता दिईएको छ ।
जस अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा देविलाल गौतम, आठविसकोट नगरपालिकामा गोर्खबहादुर केसी र चौरजहारी नगरपालिका रिखीप्रसाद शर्मालाई इन्चार्ज तोकिएको हो । त्यस्तै जिल्लाको सानीभेरी गाउँपालिकामा धनविर ओली, बाँफिकोट गाउँपालिकामा धर्मबहादुर केसी र त्रिबेणी गाउँपालिकामा झक्कुप्रसाद घर्तीलाई इन्चार्जको जिम्मेवारी दिईएको हो । गौतम पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्य हुन अन्य केन्द्रीय समितिका सदस्य हुन । यसअघि मुसिकोट नगरपालिकामा जयबहादुर पाण्डे र चौरजहारी नगरपालिकामा विरेन्द्र बुढा पालिका इन्चार्जको जिम्मेवारीमा थिए ।
यसअघि पालिका केहि इन्चार्जहरुमा पार्टीको प्रदेश समितिका सदस्यहरुलाई पनि जिम्मेवारी दिईएकोमा यसपटक सबै पालिकाहरुमा केन्द्रीय समिति तथा केन्द्रीय निकायका सदस्यहरुलाई नै इन्चान्र्जको रुपमा जिम्मेवारी पार्टीले दिएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक सचिन रोकाले जानकारी दिए । उनका अनुसार प्रदेश समितिले गरेको निर्णय सबैतहमा सर्कुलर समेत भैसकेको छ ।