हरि जिज्ञासु
चिया पसलमा चिया पिउँदै युवाहरु देश र देशको राजनीतिको विषयमा गफ गरेर समय कटाउँछन् । यहाँ सबैलाई होइन कतिपयलाई देशको चिन्ता छ । पुर्खेउली सम्पतीको कारण चोकको चिया पसलमा बसेर चिया पिउनेहरुलाई राजनीतिक गफ दिन फुर्सद छ भने श्रम गरेर घरमा चुलो बाल्ने मजदुरहरुलाई कामको चिन्ता छ ।
मैले काठमाण्डौँमा अनेक मान्छेहरु भेटेको छु । काम गर्नेहरुले दिनभरी काम गरेका छन् भने काम नभएकाहरुले चिया पसलमा समय बिताएका छन् । उनीहरुले चिया पिउन मन लागेर चिया पिएका होइनन् बरु चिया पिएर समय बिताउनलाई चिया पिएका हुन् । एक कप चियामा देशको राजनीति र देशको अवस्था मिसाएर सुरुप्प तान्दै युवाहरु भन्छन्, “देश बिगारे चोर नेताहरुले ।” यसरी बितिरहेको युवाहरु र बेरोजगारहरुको समय हिजोआज ।
मलाई कहिलेकाँहि लाग्छ हामी सबैजना बनेपो देश बन्छ । हामी सबैले आफ्नो तर्फबाट ईमान्दारीता र देशको लागि काम गर्ने हो भने देश नबनेर सुखै छैन । एक कप चिया पिउन २ घण्टा समय खर्च गरेर राजनीतिक कुरा काटेपछि कहिले बन्छ देश ? अनी कहिले बन्छौँ हामी ? तर चिन्ता नगर्नुहोस् साथीहरु देश एक पटक बन्छ त्यो पक्का हो । हामीले चिया पसलमा नेताहरुको कुरा काट्दैमा देश बन्ने भएत विश्वको केहि सभ्य देशहरु मध्येमा नेपाल पुगिसक्थ्यो । देश बन्नलाई सबैले मेहनत गनुर्् पर्छ सबै जिम्मेवारी बन्नपर्छ ।
विकसित राष्ट्रहरुको नागरिकहरुलाई व्यक्तिगत चिन्ता छैन उनीहरुलाई देशको चिन्चा छ । देश बन्नको लागि पहिला नागरिक सक्षम हुनुपर्छ । अहिले सकरात्मक भन्दा पनि नकरात्मक सोचले देशलाई खत्तम बनाइसकेको छ । सबैको मनमा देश बर्बाद भयो र देशमा रोजगार छैन भन्ने बाहेक अरु केही छैन । देशमा भविश्य नदेख्नहरुको ताँती छ । धेरैले विदेशमा भविश्य देख्छन् । खुसी खोज्नलाई देश छोडेर विदेश जाँदैमा खुसी मिल्दैन । आफू जन्मेको देश र आफ्नो आफन्तलाई छोडेर परपदेशमा पुगेपछि सुख पाईन्छ भन्नु भ्रम मात्र हो । देशमै हामी खुसी हुन सक्छौँ देश बनाउने संकल्प सबैमा भए ।
मल्लकालिन समयको देश, शाहकालिन समयको देश, राणाकालिन समयको देश र जहानीय राजतन्त्रपछि लोकतान्त्रिक देशमा तपाईँ केहि फरक देख्न सक्नुहुन्छ । क्रमसः हेर्दै आउने हो भने देशमा विकास भएकै छ । देश बन्दैछ तर विस्तारै ।
सबै कुरा एकैपटक बन्ने हो भने त अच्चम भइहाल्छ नी । हामी देश बन्दै गरेको पुस्ता हौँ । हाम्रो जीवन धुलोमै बित्न सक्छ । देशको लागि सोच्दा सोच्दै बित्न सक्छ तर हाम्रो भावी सन्ततीको समयमा देश बन्छ र बनीरहेको हुनेछ । त्यसकारण हामीले चियापसलमा समय बिताउनलाई राजनीतिक गफ गर्ने होइन काम गर्ने हो । देश बन्छ बिस्तारै । गत महिना काठमाण्डौँबाट चितवन, बुटवल, दाङ, बाँके र सुर्खेत हुँदै रुकुम आठविसकोट पुगेँ । चितवनदेखि बुटवलसम्म बन्दै गरेको ६ लाइन चौडा बाटो । बिचमा निर्माण हुँदै गरेका हाइडूोपावर, नदीहरुमा बन्दै गरेका पुल देखेर लाग्दैथियो देश बन्दैछ तर विस्तारै । देश बन्नु भनेको एकैपटक सर्लक्क बन्नु होइन । यो त विस्तारै बन्ने कुरा हो । तर पनि केहि राजनीतिक समस्याहरु त छन् । देशको राजनीतिले देशको प्रगतिलाई सिस्टममा डो¥याउन सकिरहेको अबस्था त छैन । हामीले मुखले मात्र देशको चिन्ता गर्दैमा देश बन्ने पनि होइन । हामीले मेहन गर्ने र देश निर्माणप्रति बफादार हुने हो भने देश त पक्कै बन्छ तर विस्तारै ।
एउटा भाइ रोजगारीको लागि नेपालबाट मलेसिया जाँदैहुनुहुन्थ्यो । उहाँलाई बधाइ गर्नको लागि म त्रिभुवन इन्टरनेशनल विमानस्थलमा पुगेको थिएँ । त्यहाँ मान्छेहरुको बाक्लो भीडभाड थियो । धेरै मानिसहरु विदेश जाँनको लागि हतारीरहेका थिए । बिमान नछुटोस भनेर यनाउन्स गर्ने गरिएको रहेछ । त्यो राम्रो हो । तर यनाउन्स गरेको भ्वाइस एकदमै इको आएर बिमानस्थलका सेवग्राहीहरु कसैले पनि केहि सुन्दैन थिए । म हेल्प डेक्समा गएर ईको आएको छ, “यसलाई मिलान भन्दिनुन है” भनेर सुझाव दिने वित्तिकै एउटा बहिनी रिसाएको जस्तो गरिन् र “हामीलाई थाह छैन” भनिन् ।
अन्तराष्ट्रिय विमानस्थलमा यनाउन्समेन्ट गर्दा साउण्ड इको आएर विदेशी प्रर्यटकहरुले केही नसुनेपछि देशको बेइजत भएन र ? त्यसकारण हामी सबै नागरिकले यस्तो कुरामा ध्यान दिनुपर्छ ।
सुझावलाई सहजसाथ स्वीकार गरेर देश विकासमा हामी लाग्नैपर्छ । देश बनाउनैपर्छ । हामी रहुन्जेल देश बनाउनको लागि भूमिका खेलौँ । तर देश तत्काल जापान र कोरिया जस्तो बन्छ भन्ने सपना देख्नु राम्रो तर तत्काल बन्दैन । सबैले आफ्नो तर्फबाट देशको निम्ति केही दिनुपर्छ । आफ्नो लागि काम गर्दागर्दै देश बन्ने हो । अल्छी भएर सुतेर देश कहिले बन्दै तपाईँ हाम्रो उमेर जान्छ । हामी उमेरले बुढा हुन्छौँ । हाम्रो कपाल झर्छ र कपाल फूल्छ देश सोचेजस्तोगरी बन्दैन । त्यसकारण देश बन्नको लागि नेताहरुमात्र होइन देशको नागरिक पनि जिम्मेवारी बन्नुपर्छ । नागरिक जिम्मेवारी बन्ने हो भने देश बन्छ तर विस्तारै । भविश्य विदेशमा मात्रै देखेपछि देश कसरी बनोस् त ।
आज एक छाक नपुग्ला, भोली अर्को छाक नपुग्ला तर देशमै विकल्प खोजेर पसिना बगाएर देश बन्छ । बिदेश धाउनुपर्दैन । हामी धेरैले देशमा खुसी खोज्दैनौ बरु बिदेशमा खुसी खोज्छौँ । खुसी खोज्दाखोज्दै दुःख भेटाउँछौँ ।
निराशामय वाक्यले देश बन्दैन । देश बन्नको लागि हाम्रो सोच सकारात्मक हुन जरुरी छ । केहि नयाँ कुरा सोच्नु जरुरी छ । रचनात्मक बन्नु जरुरी छ । अनी देश बन्छ हामी बन्छौँ । गरिबी अन्त हुन्छ । रोजगारी पाइन्छ । रोडहरु सफा हुन्छन् । खोलामा पुलहरु बन्छन् । यी सबै कुरा हुनको लागि पहिले नागरिकहरुमा पनि सकारात्मक सोच र कार्यशैली राम्रो हुनुपर्छ । जिम्मेवारीपूर्ण भूमिकाले देश बन्छ हामी बन्छौँ । त्यसकारण चिन्ता नगर्नुहोस् देश बन्छ बिस्तारै । हामी एक कप चिया पिएर समय बिताउनु भन्दा व्यवाहरिक बनौँ ।