हेमराज श्रेष्ठ
हालको जिल्ला अस्पताल सल्ले २०४५ सालमा स्थापना भएको हो । ५७ बर्ष पुग्दा पनि अस्पतालको सैया १५ नै रहेको छ । यतिका बर्ष सम्म ५ शैया बढेर २० पनि हुन सकेन । हाम्रो जिल्लामा राजनीतिक प्रतिशोधका कारण अस्पतालको स्तर बृद्धि हुन सकेन । रुकुम जस्तो दुर्गम जिल्लामा हालसम्म पनि अस्पतालको स्तरबृद्धि हुन नसकेर जिल्ला बाहिरका अस्पतालहरुमा उपचारका लागि जानुपर्ने काम राम्रो मान्न सकिन्न । जिल्ला अस्पताल १५ सैयाको हाईन १ सय शैयाको बनाउनुपर्छ । किनकी शैया नभएपनि यस अस्पतालले १ सय शैया बराबरकै सेवा बेला बेला दिई पनि रहेको हुन्छ ।

सरकारले रुकुम जस्तो ठाउँमा आईसियु, मुटु, पत्थरी, पाइल्स, फिस्टुला जस्ता रोगको अप्रेशन वा उपचार हुने व्यवस्था गर्नुपर्छ । हाम्रो रुकुमको राजनीतिले गर्दा केन्द्रीय सरकारबाट हुने विकासका कार्य सांसदहरुको आफ्नै अनकुलताले आफ्ना मानिस जहाँ छन त्यो ठाउँमा विकास भएको हुने भएको हुँदा यो अस्पतालको विकास हुन सकेको छैन । यो अस्पतालमा दुईतीन वटा समस्यामा अप्रेशन र आईसियुको व्यवस्था हुन अति आवश्यक छ । त्यसका लागि अस्पतालको नयाँ भवन निर्माणको काम पनि छिटो हुनुपर्छ । अस्पतालको भवन निर्माण गर्ने व्यवसायीलाई समयमै चवन निर्माण सम्पन्न गराउन सबैले दवाव दिनुपर्छ । दुई तीन पटक म्याद थप गर्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । भवन अभावका कारण विरामी र कर्मचारीका लागि प्रयाप्त भवन छैनन् । विरामीहरु तीनचार घण्टा लामो लाईन लागेर उपचार गर्नुपर्ने हुन्छ ।

अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिलाई मेरो भनाई छ, ७० बर्ष माथीका र साना बालबच्चा र अन्य समस्यामा परेका विरामीहरुको लागि छुट्टै लाईन लगाएर उपचार गराउनुपर्छ । यस अस्पतालले आफ्नो क्षेत्र भित्र फुलबारीको थप व्यवस्था गरेर विरामी र कुरुवाहरुको लागि पनि स्वास्थ्य लाभ देखि रमाईलो वातावरण बनाउनुपर्छ । रगत जाँच प्रकृया थप छिटोछरितो बनाउनुपर्छ । तर पनि सिमित श्रोत साधनका विच यस अस्पतालमा कार्यरत डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुलाई रुकुम जस्तो दुर्गम ठाउँमा सेवा गरेकोमा धन्यवाद समेत ब्यक्त गर्दछु ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...