मेगराज खड्का
रुकुम
कोरोना भाइरस महामारीका कारण अहिले बिश्व नै समस्या छ । बिश्वका शक्तिराष्ट्रहरु कोरोना भाइरसको औषधी र खोप कसले पहिले ल्याउने भन्ने होडबाजीमा छन । तर रुकुम पश्चिममा भने सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल बिच आफ्नो पार्टीमा कार्यकर्ता प्रबेश गराउने प्रतिष्प्रर्धामा छन । जिम्मेवार राजनैतिक दलहरुले कोरोना महामारी रोकथामका लागी सचेतना र सजगता अपनाउनुको साटो गैरजिम्मेबारी काम भएको छ । कोरोना महामारी कालमै पार्टी प्रबेशका बिभिन्न कार्यक्रमहरु भएका छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काग्रेस अरु पार्टीका कार्यकर्ता तानेर आफ्नो पार्टीमा प्रबेश गराउन कस्सिएका हुन । पार्टी प्रबेश गराउनेमा स्थानीय जनप्रतिनिधी देखि लिएर पार्टीका कार्यकर्ताहरु रहेका छन । पार्टी प्रबेशको कार्यक्रम शुरुवात नेपाली काग्रेस रुकुम पश्चिमले बाँफिकोटबाट गरेको हो । साउनको अन्तिम साता बाँफिकोटका नेकपा कार्यकर्ता नरबहादुर खड्कालाई अबिरआबरण गर्दै नेपाली काग्रेसमा प्रबेश गरायो ।

त्यस्तै भदौ पहिलो साता नेपाली काग्रेसले आठबिसकोटमा नेकपाबाट जिल्ला समन्वय समिति रुकुम पश्चिमको सदस्यमा निर्बाचित सदस्य अमृत बोहरा लगायतलाई पार्टी प्रबेश गरायो । काग्रेस अधिबेशन नजिकिएकोले गाउँगाउँमा सदस्यता वितरण र नबिकरणको काम पनि भैरहेको नेपाली काग्रेस रुकुम पश्चिममा नेता हर्कसिंह खत्रीले बताए । दुईठाउँमा काग्रेसले पार्टी प्रबेश गराएपछि नेकपा रुकुम पश्चिम पनि आफ्नो पार्टीमा प्रबेश गराउने अभियानमा सक्रियता देखिन्छ । भदौको दोस्रो साता नेकपा रुकुम पश्चिमले चौरजहारी नगरपालिकामा पार्टी प्रबेश कार्यक्रमको आयोजना ग¥यो । चौरजहारी नगरपालिकाको वडा नम्बर २ मा नेपाली काग्रेसको तर्फबाट निर्बाचित वडासदस्य पुृस्कर राणा सहितका कार्यकर्ताहरु उक्त कार्यक्रममा प्रबेश गरे ।

जस अनुसार रुकुम पश्चिमको आठबिसकोटमा आफ्ना जनप्रतिनिधिलाई पार्टी प्रबेश गराएको काग्रेसलाई नेकपाले पनि त्यसको साटो फेरेको छ । त्यस्तै नेकपालेले नै केहि दिन अघि मात्र रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि नेपाली काग्रेसका स्थानीय युवा नेता महेन्द्र ओलीको नेतृत्वमा एक दर्जन कार्यकर्ता नेकपामा प्रबेश गराएको छ । पार्टीका केन्दीय सदस्यद्धय राजकुमार शर्मा र बसन्त शर्माको उपस्थितिमा पार्टी प्रबेश गरेका हुन । कोरोना भाईरस संक्रमणबाट जोगिन र पार्टीको क्रियासिलमा पनि गराईराख्न सुरक्षा सावधानी अपनाएर सानातिना कार्यक्रम आयोजना गरिएको नेकपाका केन्द्रिय सदस्य बसन्त शर्माले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds