कर्णाली प्रदेश सरकारले पछिल्लो पटक बिभिन्न ९ वटा निर्णयहरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णयरु गरिएको हो । कर्णाली प्रदेश सरकार प्रबत्ता बिमला केसीका अनुसार बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै कर्णाली प्रदेश बिशेष कार्यक्रम सञ्चालन तथा ब्यवस्थापन निर्देशिका, २०७७ स्वीकृत गर्ने, प्राविधिक जनशक्ति सेवा करारमा छनौट गर्ने सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७७ स्वीकृत गर्ने र कर्णाली प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, द्दण्ठठ लाई मन्त्रिपरिषद्, प्रशासन तथा विधेयक समितिमा पठाई समितिको निर्णयानुसार गर्ने निर्णय पनि गरेको छ । बिस्तृत निर्णयहरु तल हेर्नुहोस
फेसबुक प्रतिक्रियाहरु
