हरि जिज्ञासु
संयुक्त राज्य अमेरिका शब्द उचारण गर्ने वित्तिकै स्वर्गको फिलिङस आउँने कस्तो अच्चम ! पृथ्वीको यो भुभाग के साँच्चिकै स्वर्ग होला त भौवान ? मलाई जान्न मन छ । यसको बारेमा केहि बुझ्न मन छ । नाम सुन्ने वित्तिकै सपना र स्वर्गकै फिलिङस आउँने यो देशमा धेरै नेपाली पुग्नको लागि मरिहत्ते गर्छन् । आखिर के छ भौवान त्यहाँ ?
रुकुमको धेरै युवाहरुको सपना भनेको अमेरिका पुग्नु छ । अमेरिका पछि उनीहरुको सपना कहाँ पुग्ने छ त्योत मलाई पनि थाह छैन । तर धेरै युवाहरु ५० देखि १ करोड पैँसाको बिटो बोकेर अमेरिकाको यात्रा गर्छन् । कतिपय युवाहरु ५० देखि १ करोडको पैँसाको भारी बोक्न नसकेर बिचबाटोबाटै फर्किन्छन् । यति धेरै पैँसाको भारी बोकेर स्सपनाको देशको यात्रा गरिरहेको महान यात्रीहरुलाई बिचबाटोबाटै फिर्ता नगर्दिनु है भौवान । उनीहरुको जिन्दगी बिचल्ली हुन्छ । परिवार बिचल्ली हुन्छ र उनीहरुको परिवार तनावमा हुन्छ ।

एक महिना अगाडि मेरो साथी आभास बुढाथोकीले अनलाइनखबरमा “सिंगो गाउँ नै अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा” शिर्षक मा समाचार लेख्नुभयो । अनलाइन खबरमा प्रकाशित उक्त समाचारले केहि समय देश नै ततायो । गाउँनै रित्तो पारेर गैरकानूनी रुपमा अमेरिकाको यात्रा गर्नु भनेको चानुचुने कुरो होइन । यो समाचार पढ्दा यस्तो लाग्छ मान्छेहरुले अमेरिकालाई स्वर्ग नै सम्झन्छन् । बाध्यता भनौँ भने पनि लाखौँ रकम तिरेर पुगेका छन् ? लाखौँ रकम ऋण लिएर अबैधबाटोबाट भएपनि मानिसहरुले यात्रा गरिरहेका हुन्छन् ।

विभिन्न धर्मग्रन्थ अनुसार स्वर्ग जानको लागि असल काम गर्नुपर्छ भन्ने छ तर अबैध बाटोबाट सपनाको स्वर्ग अमेरिका जानेहरुलाई कसरी स्वर्गको नागरिक हस्तान्तरण हुन्छ त भौवान ? बडो अच्चम छ ।

यदि कुनै युवाको लभ परेको छैन अर्थात केटी भेटाएको छैन भने उसले “केहि महिनापछि म अमेरिकाको यात्रा गर्दैछु” भन्दीए पुग्छ । अनि ठाउँको ठाउँ लभ परिहाल्छ । अमेरिका नाम नै क्या गजब छ भौवान । नाम सुन्ने वित्तिकै लभ परिहाल्ने । माया बसिहाल्ने । अमेरिकाको यात्रा गर्ने युवाहरुलाई त युवतीहरु सकभर सबथोक सुम्पिन तयार भइहाल्ने । आखिर के छ भौवान उम्रिकामा ? धेरै साहित्यकार तथा लेखकले आफ्नो लखन खुबीमा संधै नेपाललाई स्वर्गको टुक्रा भनेर विषय उठान गर्छन् । नेपालीहरु स्वर्गको टुक्रामा बस्न छोडेर फेरि अर्को किन स्वर्ग खोज्छन् ?, के स्वर्गको प्रकारहरु पनि बेग्लाबेग्लै हुन्छन् र भौवान ?

म हिमाल हेर्नको लागि दशैँ र तिहारको बीचमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका पुगेको थिएँ । मलाई हिमाल हेर्दा लागेको थियो साँच्चिकै स्वर्ग त नेपाल हो । हिमालले घेरेको गाउँ आहा ! क्या गजब छ । चारैतिर हिमालले गरेको गाउँमा साँस्कृतिका धनी मान्छेहरु बसेको नेपालको सुन्दर भुभाग मलाई स्वर्ग लाग्यो भौवान । के मैले देखेको नेपालको स्वर्ग भन्दा व्यस्थतामा बाँचिरहेको उम्रिका स्वर्ग होला त भौवान ? स्वर्गलाई छोडेर अर्को स्वर्गमा गएर बाँच्न चाहाने मान्छेहरु साँच्चिकै स्वर्ग होलान त ? पैँसाको भारी बोकेर पैँसा कमाउन जाँदैमा स्वर्ग पुगेको अनुभुत हुन्छ होला त ? उम्रिकाको यात्रा गर्ने व्यक्तिमा बस्ने माया लामोसमयसम्म टिक्ला त ? म आजभोली यहि सोचिरहन्छु भौवान । के उम्रिका स्वर्ग होला त ?

अमेरिकामा यात्रा गर्नेहरुमा विशेषगरी युवाहरु छन् । लाखौँ ऋण खोजेर अमेरिकाको यात्रा गरेकाहरु आधाबाटोबाट फर्केपछि धेरै व्यक्तिहरु मानसिक तनापमा परेको कुरा सबैलाई थाह छ । अमेरिका सपनामा धेरैले लाखौँ डुबाएको पनि हामीले देखेका छौ । कतिको त जंगलमै जीन्दगी सकाएर अर्को साँच्चीको स्वर्गको यात्रा गरेका छन् । त्यसकारण हामी युवाहरुले अमेरिकालाई नै सबथोक देख्नुहुँदैन । सोचेजस्तो र भने जस्तो स्वर्ग अमेरिका छैन । परिवारसँग बोल्न समय नपाउँने, वर्षौपछि पनि परिवारसँग भेट नहुने, आफ्नो शरिरलाई काममा नदलाएसम्म खान नपाउँने ठाउँ कहिले पनि स्वर्ग हुन सक्दैन । परिवारसँग छुट्टीएर बर्षौसम्म अमेरिका बस्नुपर्ने जीन्दगीलाई स्वर्ग पुगेको जिन्दगी मानिदैन । मेरो बिचारमा बाँचुञ्जलेसम्म परिवारसँग सँगै बस्नु, आफूले सकेजति जति कमाएर त्यसैमा रमाउनु, साग र सिस्नुमा रमाउँनु र गाउँको साथीसँगी सँगै रमाएर बस्नु स्वर्गको बसोबास हो जस्तो लाग्छ ।
आज धेरै युवाहरु बुढा बुवा आमालाई ऋणको भारी थुपारेर करिब १ करोड हारबारीको पैँसा बोकेर अमेरिकाको यात्रा गर्छन् । यदि अमेरिका यात्रा सफल भएपनि ऋण तिर्दातिर्दै वर्षौँ वित्छ । कमाउँदा कमाउँदै बुढेसकाल लाग्छ अनी जीन्दगी चल्दा चल्दै सकिन्छ । त्यसकारण अमेरिका सोचेको जस्तो स्वर्ग होइन । हामीले आफ्नै कारण आफैमा तनाव सिर्जना गरेका हुन्छौँ । किनकि अमेरिका सबथोक होइन । अमेरिकामा कमाउने पैँसा मात्र पनि सबथोक होइन । हिमाल हाँसेको शान्त देशमा परिवारसँग रमाउँदै बस्नुपो स्वर्ग हो त । संगैका सबै साथीहरुसँगै रमाउनुपो स्वर्ग हो त ।

अहिले मेरा कतिपयसाथीहरु अमेरिकामा छन् । उनीहरुलाई मसँग कुरा गर्ने फुर्सद छैन । उनीहरु हरेकसमय काममा व्यस्थ हुन्छन् । जीन्दगीलाई पैँसा सँग साट्ने प्रयास गरिरहेका छन् । यदि उनीहरुले यति नगरेमा उनीहरुको अमेरिका जिन्दगी सहजसाथ चल्न सक्दैन । जिन्दगी चलाउनको लागि व्यस्त हुनै पर्छ । त्यो उनीहरुको बाध्यता हो । त्यसकारणले हामीले अमेरिकालाई स्वर्ग भन्न मिल्दैन । जिन्दगीलाई व्यस्थतामा सकाउनुपर्ने देश स्वर्ग हुन सक्दैन । हामीले जीवनको बाजिराखेर अबैधबाटोबाट अमिरका यात्राको आशा धेरै गर्नु उचित छैन । ]

बास्तवमा भन्ने हो भने अमेरिका भन्दा नेपाल स्वर्ग हो । किनकि रोजगारी नभएपनि उत्पादन गरेर बाँच्न त सकिरहेका छौँ । जब मान्छे आफू बाँचिरहेको अवस्थालाई खुसी सम्झन्छ र सन्तुष्टी हुन्छ त्यसैलाई नै हामीले स्वर्गको अनुभुती गर्नुपर्छ ।

त्यसैले मेरो विचारमा परिवारसँग वर्षौ छुट्टीएर खुसी खोज्न जानुपर्ने देश स्वर्ग हुन सक्दैन । शरीरलाई पैँसासँग साट्नुपर्ने देश सपना र स्वर्ग हुन सक्दैन । यति सुन्दर जीवनलाई श्रममा सकाउनु पर्ने देश स्वर्ग हुन सक्दैन । अमेरिकामात्र नभएर युरोपका अन्य देशमा जानेहरुसँग जोडिने मायाले स्वर्गीय देशको अनुभुती गराउँदैन । पैँसालाई सबथोक सम्झेर परिवार बिर्सिने साँस्कृति हामीले निर्माण गरिरहेका छौँ । मेरो व्यक्तिगत विचारमा अमेरिका पुग्नको लागि मरिहत्ते गर्नुपर्दैन । जोखिम मोलेर खुसी खोज्ने नाममा खुसी गुमाउँनु हुँदैन । खुसी भनेको हुने कुरा हो, खुसी प्राप्त गर्ने कुरा होइन । त्यसकारण हामी खुसी खोज्नको लागि जटिल यात्रा नगरे राम्रो । किनकि स्वर्ग नेपाल हो । हामी स्वर्गमै छौँ । त्यसकारण मेरो विचारमा यदि पृथ्वीलाई स्वर्ग मान्ने हो भने त्यो स्वर्ग हामी जन्मेको देश हाम्रो लागि स्वर्ग हो । हामी हाम्रो देशको स्वर्गमा घरकी श्रीमतीसँग, आमाबुवासँग, भाइबहिनीहरुसँग, गाउँका साथीसँगीहरुसँग रमाउँदै स्वर्गको अनुभुती गर्नुपर्छ । त्यसले नेपाल भन्दा उम्रीका स्वर्ग हुन सक्दैन भौवान ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds