युवा पुस्ताका लोकप्रिय गायक तथा संगीतकार किरणबाबु पुनको नयाँ साङ्गीतिक कोसेली बजारमा आएको छ । उनको ‘प्रेम हैन र ?’ बोलको गीत बजारमा आएको हो । यो गीतको शब्द पुनले नै लेखेका हुन भने भने स्वर पनि पुन आफैँ र टीका पुनले दिएकी छिन ।

गीतको भिडियोमा मनै लोभ्याउन हिमाली दृश्य कैद गरिएको छ । भिडियोको निर्देशन खड्गबहादुर पुन मगर (खबपु)ले गरेका हुन । गीतको छायाङ्कन दोलखाको पर्यटकीय क्षेत्र कालिन्चोकमा गरिएको गायक तथा सर्जक पुनले जानकारी दिए । गीत किरणबाबु पुन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । रुकुम पश्चिम घर भएका किरणबाबु पुनले चार दर्जन बढी गीतमा स्वर तथा संगीत दिएका छन । उनका तिमै लागी मर्न बाँकी छ, सुन मैना, हामी सेना प्रहरी र नयाँ नेपाल जस्ता गीत चर्चित छन ।

युट्युवमा गीत हेर्नुहोस । 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto