आहा संबाददाता
रुकुम : प्रधान न्यायधिस गोपाल पराजुलीले न्याय माग्नको लागी धेरै टाढा धाउने जमाना गएको बताएका छन । अव जनताको घरदैलोमै न्याय पाइने उनको भनाई छ । नेपालकै ७७ औं जिल्ला रुकुम पुर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै प्रधानन्यायधिस पराजुलीले उक्त कुरा बताएका हुन । रुकुम पुर्वका जनतालाई उनले न्याय माग्नको लागी पश्चिम रुकुममा धाउनु नपर्ने समस्या हटेको बताए ।
रुकुम जिल्ला एउटै हुँदा धेरै दुख भएकोले अव रुकुम पुर्वको लागी छुट्टै जिल्ला अदालत स्थापना गरिएको उनको भनाई रहेको छ । रुकुम पुर्वमा बिभिन्न सरकारी कार्यालय स्थापना हुने क्रममा शुक्रबार जिल्ला अदालत र जिल्ला स्वास्थ्य कार्यालय स्थापना भई औपचारिक रुपमा कार्य संचालन भएको हो । रुकुम पुर्वलाई नयाँ जिल्लाको औपचारिक मान्यता दिंदै गत असोज १९ गते प्रस्तावित सदरमुकाम रुकुमकोटमा केही सरकारी कार्यालयहरु स्थापना गरिएको थियो ।
तीन स्थानीय तह मिलेर नयाँ जिल्ला बनेको रुकुम पुर्वमा यसअघि जिल्ला प्रशासन, प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन कार्यालय स्थापना भईसकेका छन् । यस्तै जिल्ला स्वास्थ्य कार्यालय उद्घाटन गर्दै रुकुम पुर्वका प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री कमला रोकाले अव जिल्लामा सबै कार्यालय स्थापना हुने र विकासले गति लिने बताईन । बर्षाैं देखीको समस्या अव घर आगनमै समाधान हुने उनले बिश्वास व्यक्त गरिन ।
फेसबुक प्रतिक्रियाहरु