स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुम पश्चिमले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा खानेपानी फिल्टर सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । बाफिकोट १० पुरानोठाटिमा रहेको मछिन्द्र आधारभूत विद्यालयमा विद्युतीय पानी शुद्धीकरण गर्ने फिल्टर वितरण गरेको हो ।

बाँफिकोट गाउँपालिका उपप्रमुख तारा बुढा के.सि प्रमुख आतिथ्यतामा तथा विशेष अतिथि स्वाबलम्बन लधुवित्त वितिय सस्था लि केन्द नम्बर २७ कि केन्द प्रमुख रमिता चन्द मल्ल, तथा स्वाबलम्बन लधुवित्त वितिय सस्था लि शाखा कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख पदम वि.कको उपस्थितिमा वितरण गरिएको हो ।

जसका विद्यालयमा ब्यबस्थापन समिति अध्यक्ष पुर्ण बहादुर नेपाली तथा विद्यालयमा प्रध्यानध्यापक पृथ्विनारायण चन्द को अतिथि र स्थानिय अभिभाबक तथा विद्यालयका छात्र छात्रा भद्र भलादमिको उपस्थितिमा कार्यक्रम सञ्चालन सस्थाका लेखापाल गणेश गरिले गर्नु भयको थियो र ब्यबस्थापन सस्थाका कर्मचारीख दिनेश शर्मा, डिल बहादुर विश्वकर्मा, तेज बहादुर खत्रिले गर्नु भएको थियो । विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ तथा नियमित पठनपाठनका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत फिल्टर सामग्री सहयोग गरेको हो।

सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगले विद्यालयको भौतिक तथा स्वास्थ्यसम्बन्धी आवश्यकतामा केही हदसम्म सहयोग पुग्नुका साथै विद्यार्थीहरूमा स्वच्छ खानेपानी तथा सरसफाइको महत्वबारे सकारात्मक सन्देश प्रवाह गरेको विद्यालयले बताएको छ । विद्यालय परिवारले संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरेको छ ।

संस्थाले वित्तीय सेवा प्रवाहसँगै समुदायको आवश्यकता र हितलाई ध्यानमा राख्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि स्थानीय समुदाय, विद्यालय तथा आवश्यकतामा रहेका वर्गको हितलाई केन्द्रमा राखी यस्ता उपयोगी तथा प्रभावकारी सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने संस्थाको उद्देश्य रहेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...