सुनिल महरा
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा राष्ट्रिय स्तरको तेस्रो सिस्ने ट्रेल रेस दौड प्रतियोगिता हुने भएको छ । स्वास्थका लागि खेल, राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ रास्ट्रिय स्तरको दौड खेल प्रतियोगिता माघ ४ गतेबाट शुरु हुन लागेको हो ।
पुरुष खुल्ला दौड १७ किलोमिटर आठविसकोट नगरपालिका सिमबजार देखि चिसापानि, डाँडागाउ, नौलाकोट हुँदै चौर धुर्सेनि, राडि बजार सम्म दौडनु पर्ने छ भने महिला १२ किलोमिटर दौड आठविसकोट नगरपालिका देखि सिमबजार देखि चिसापानि गएर पुःन चिसापानि देखि सिमबजार पुग्नु पर्ने छ । साथै स्थानीय ३५ बर्ष देखि माथि ५० बर्ष सम्मका लागि ३ किलोमीटर महिला पुरुष दौड प्रतियोगिता सिमबजार देखि धुर्सेनि पुगेर पुःन सिमबजार पुग्नु पर्ने आयोजक समितिले जानकारी दिएको छ ।
विभिन्न खेलकुद अन्तरगत विगत केही वर्ष देखि यता विगतका वर्षहरुमा आठविसकोट नगर पालिकामा दुई पटक ट्रेल रेस दौड प्रतियोगिता समपन्न भैसकेको छ । यसै अनुसार यस पटक सुरु हुन थालेको रास्ट्रिय स्तरको ट्रेल रेस तेस्रो रहेको सिस्ने ट्रेल रेस र सिस्ने तेक्वान्दो डोजाङ्ग आठविसकोट कमिटिका अध्यक्ष नरेश पुनले जानकारी दिए ।