सुमित्रा केसी
रुकुम पश्चिममा कृषि, पर्यटन व्यापार तथा सास्कृतिक महोत्सब सञ्चालन हुने भएको छ । रुकुम उद्योग बाणिज्य सघ रुकुम पश्चिमले बुधबार मुसिकोटमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सब हुन लागेको जानकारी गराएको हो । महोत्सब यहि फागुन १८ गते देखि २८ गते सम्म मुसिकोट नगरपालिका १ बराहटाकुरामा सञ्चालन हुनेछ ।
महोत्सवको सहआयोजकमा कला संस्कृती पर्यटन प्रवद्र्धन मञ्च रुकुम रहेको छ । स्थानीय उत्पादन हरुको पहिचान तथा प्रचार प्रसार गरि बजार बिस्तार गर्ने, कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, रुकुमका पर्यटकीय संभावनाको उजागर गर्ने र पर्यटन, कृषि उर्जा, सस्कृती आदिको विकासमा योगदान पुर्याउने महोत्सबको उदेश्य रहेको रुकुम उद्योग बाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार महोत्सबमा रुकुमका अर्गानिक उत्पादन सिस्नो, ढिडो, कोदाको रोटि, स्थानीय जातका कुखुरा, दाल, तरकारी लगायतका खानाको स्वाँद चाख्न पाइनुका साथै हरेक दिन ख्याती प्राप्त राष्ट्रिय स्थानीय कलाकारबाट सास्कृतिक प्रस्तुति, स्थानिय लोक नृत्य, झाकी एतिहासिक तथा परम्परागत सामग्रीको प्रदर्शन गरिने छ । उद्योग बाणिज्य संघ रुकुमको आयोजनामा ८ बर्ष पछि महोत्सव हुन लागेको हो । यसअघि आयोजना गरिएको महोत्सवमा ठुलो आर्थिक अपारदर्शिता भएको भन्दै संस्थाको अर्को आलोचना भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds