नेपालमा सुनको मुल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । चैत २६ गते सोमबार सुनको भाउ एकैदिन ६०० रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड कायम भएको हो भने चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुनको मूल्य एक लाख ३६ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ५५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
अमेरिकी केन्द्रीय बैंक (फेड) ले कुनै पनि समय ब्याजदर घटाउन सक्ने संकेत दिएकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएको हो ।
नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको आधारमा तय हुने गरेको छ । यसले गर्दा नेपालमा पनि सुनको भाउ लगातार बढ्दै गएको हो । अहिले सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायीहरु बताउछन् ।
फेसबुक प्रतिक्रियाहरु