जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सार्वजनिक बिदा हुने दिनमा पनि कार्यालयबाट सेवा प्रवाह गर्ने भएको छ । २०८१ सालमा पर्ने सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह हुने कार्यालयले एक सूचना प्रकाशन गरेर जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार सार्वजनिक बिदाको दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रको सेवा प्रवाह हुने छ ।
प्रशासन कार्यालयका अनुसार सार्वजनिक बिदा रहेका रामनवमी, उभौली पर्व, गणतन्त्र दिवस, रक्षा बन्धन र श्रीकृष्ण जन्माष्टमी लगायतका १८ वटा सार्वजनिक विदाको दिन पनि कार्यालयबाट सेवा प्रवाह हुने छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto