डिल्लीबहादुर खत्री
चौरजहारी
पर्यटन कृषि ब्यापारमा हाम्रो योगदान, कला र संस्कृति चौरजहारी बासिको पहिचान भन्ने मुल नाराका साथ तेस्रो चौरजहारी बृहत महोत्सव २०८० पुनः सञ्चालनमा भएको छ । कार्तिक महिनाको १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पका कारण स्थगित भएको चौरजहारी महोत्सव ४ गतेदेखि सञ्चालनमा ल्याएको आयोजकले जनाएको छ ।

कार्तिक १३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भनेको महोत्सव भुकम्प आएपछि १८ गतेदेखि स्थगित भएको थियो । महोत्सव आयोजक अध्यक्ष एल बि कटुवालका अनुसार निरन्तरता स्वरुप मंसिर ४ गतेदेखि सञ्चालन भएको महोत्सव १३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा नायक बिराज भट्ट, गायक पशुपति शर्मा, शिव परियार, गायिका समिक्षा अधिकारी, रचना रिमाल, हास्यकलाकार पुख्रे बा लगायत स्थानीय कलाकार र इन्द्रेणी टिमको प्रस्तुति रहनेछ ।

त्यस्तै महोत्सवको तेस्रो दिन आज कलाकार गायक सन्दिप न्यौपाने लगायत स्थानीय कलाकारको प्रस्तुति रहने छ । महोत्सवबाट आएको फाइदाले सार्वजनिक शौचालय र सार्बजनिक धारा बनाउने आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds