आहा संबाददाता
रुकुम
रुकुम पश्चिमको चौरजहारी देखि रुकुम पुर्बको काक्रि सम्म रहेको मध्यपहाडि लोकमार्ग आसपासमा मनोरम दृष्यहरु रहेका छन । दुई रुकुममा गरि १ सय ४३ किलामिटर लम्बाई रहेको यस सडक खण्ड समथर फाँट देखि पहाडि दुर्गम भेगहरु पनि छोएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटदेखि रकुम पूर्बको सदरमुकाम रुकुमकोट सम्म समेत जोड्ने मध्यपहाडि लोकमार्ग ४० किलो मिटर सडक छ ।
मुसीकोटदेखि रुकुमकोट नपुगेसम्म पूरै मध्यपहाडी लोक मार्गमै हिड्नुपर्छ । केहि बर्षअघिदेखि ट्रयाक खोलिएर भएर स्तरोन्नतीको क्रममा रहेको यस सडकमा दैनिकसो अहिले पनि सानाठुला यातायातका साधानहरु संचालनमा छन । सडक तलमाथी जंगल र केही ठाउमा रमाईलो बस्ती रहेको छ ।


जसले गर्दा यो सडकमा यात्रा गर्ने यात्रुहरुको मन समेत रोमाञ्चक मनाउछन । सडक तलमाथी देखिने जंगल, डाडाकाडा, तालतलैयाले सबैको मन लोभ्याउछ । ५ फोटोमा हेर्नुहोस मध्यपहाडी लोकमार्गको मुसीकोटदेखि रुकुमकोट सम्मको सडकखण्डमा देखिने मनोरम दृश्य ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto