लाल बहादुर केसी
डिग्रे शाईकुमारी भगवतीदेवी मन्दिर कर्णाली प्रदेश रुकुम जिल्ला पश्चिम मुसीकोट नगरपालिका वडा नं. ५ थर्पु डिग्रे नेपालको मध्ये भागमा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । आफ्नो मनले चिताएका र र्ईच्छाएका कामना पूरा गर्ने देवी भएका कारण र सत्य असत्य छुट्याउने देवी भएका कारणले सत्य शाईकुमारी भगवती देवी मन्दिर नाम रहन गएको भन्ने किंवदन्ती रही आएको छ ।

सोही किंवदँतीका कारण यो शाईकुमारी भगवती देवी मन्दिर लाई सम्झिई आफुले चिताएको र ईच्छाएको मनकामना पूरा होस् भन्ने भाकल गरेर बर्षेणी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफुले गरेका भाकल पूरा गर्न यो मन्दिरमा आउने गर्दछन् ।

यस श्री शाईकुमारी भगावती देवी मन्दिरको ईतिहास बारे किंवदन्ती ः

१) यस देवी माईका पूजारी श्री डिल्ली प्रसाद उपाध्याय (गौतम) को भनाई अनुसार द्वापर युगमा चौखावाङ्गको कुक्रेकोट भन्ने स्थानमा शाह वंशका प्रतापी राजाले राज्य गर्दथे । उनका २ भाई छोरा थिए । जेठा केशर बम शाह र कान्छा ललित बम शाह थिए ।

ज्ोठाले राज्यको हेरविचार गर्ने र कान्छाले गोठको हेरचाह गर्ने गर्दथे । ती २ भाइ मध्ये कान्छा छोरा चतुर थिए । त्यति बेलाको समयमा खडेरी परी पानीको हाहाकार परेको थियो र गाईगोठको हेरचाह गर्ने जिम्मा पाएका कान्छा छोरा ललित बम शाहले गोठालालाई गाई फुकाई पातल तिर लगाउनलगाई गोठालालाई गोठको गोबर पात सोहोर्न लगाएछन् र गोठालालाई गाई सँगै जान केही ढिलो भएछ । गाईहरुले त्यहाँ पानी खान नपाई छटपटिएर कुक्रेकोट बाट साँख खोलाझरेछन् । त्यहाँ पनि पानी नपाएपछि साँख गाउँ कानेवाङ्ग पानाखोला आईपुगेछन् र त्यहाँ पनि पानी नपाएपछि थर्पू हुँदै डिग्रेको पानीको मुहान भएको स्थान सम्म आई आराम सँग पानी खाई अरु बाँकि गाईहरु चर्दै चर्दै देवीका कपडा सुकाउने र कपाल फड्कार्ने ठाउँ उन्ने चौर तिर गएछन् र कामु र धेनु नाम गरेका २ वटा गाइले हाल देवीको मन्दिर रहेको गुफा माथिबाट दुधको धार चढाई रहेका रहेछन् । ती गाई हेर्ने ग्वाला गाई तिर लागेछन् र गाई पातल भरी खोजी गर्दा त्यहाँ कतै पनि नभेटे पछि ती राजाका कान्छा छोरा सँग गाई हराएको खबर गरेछन् । र गोठको जिम्मा पाएका राजाका छोराले गाई खोज्न साँख खोलातिर जान भनेछन् । उनले गाईका पाइला पहिल्याउँदै डिग्रे सम्म गईपुगेछन् र त्यहाँ पानी भेटाई गाइले पानी खाएको कुरा थाहा पाएछन् ।

उनले त्यहाँ पनि गाईलाई नभेटी गाईका पाईला पहिल्याउँदै उन्नेचौर पुग्दा अरु सबै गाईहरु आनन्द सँग चरिरहेका र कामु र धेनु नामका २ वटा गाईलाई बगालमा नभेटेपछि ती अरु सबै गाईलाई त्यहाँबाट फर्काई पानी भएको ठाउँतिर ल्याएछन् । ती गाईहरु कामु र धेनु गाईका नजिक गई वरिपरि बसेछन् । ती २ वटा गाईले देवीलाई धार चढाई रहेको देखेर गोठालो अचम्भित भई गाईलाई त्यहीं छोडी राजालाई खबर गर्न कुक्रेकोट दरबारमा गई सबै बृत्तान्त सुनाएछन् । यी कुरा राजाले सुनी गोठाला सँग गाई भएको स्थानमा आई हेरफेर गरेपछि यो देवीको छल हो, यहाँ देवीको मन्दिर बनाई शक्ति पिठको रुपमा पाठ पूजा गरी देवीको सोझो गर्नुपर्छ र यी देवीलाई शाईकुमारी भगवती देवीको नामाकरण गरी पाठ पूजा गरेमा मानव कल्याण का साथै सारा जगतमा रहेका प्राणीहरुको रक्षागर्नेछिन् भनी दिव्य दृष्टि भएका राजाले तान्त्रिक विधि द्वारा पाठ पूजा गरी सके पछि ती गाईले दुधको धार चढाउन छोडेछन् र सोही स्थानमा देवीको मन्दिर स्थापना गरी सो घटना पछि राजाले शाईकुमारी भगवती माईको पूजा गरी सेवागर्ने गौतम थरका ब्राम्हण र उनका दर सन्तानलाई पूजारीको जिम्मा लगाई नित्य पाठपूजाचलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाइ दिएका थिए । हालसम्म पनि गौतम थरका पूजारी बाट नित्य पाठ पूजा चलाईंदै आएका छन । हालका पूजारी डिल्ली प्रसाद उपाध्य (गौतम) १० औं पूस्ताका मानिन्छन् । उनि आबाल ब्रम्हचारी हुन् ।

२) कर्णाली प्रदेश रुकुम जिल्ला पश्चिम थर्पू निवासी मनोहर शर्माका अनुसार द्वापर युगमा हालको कर्णाली प्रदेश जुम्ला जिल्लाको चौवन भन्ने ठाउँमा शाही ठकुरीको परिवारमा एक प्रतापी र दिव्य दृष्टि भएकी अदम्य प्रकृतिकी कन्याको जन्म भएको थियो । धार्मिक परम्परा अनुसार ज्योतिषले यीनको नाम शाईकुमारी राखिदिएका थिए भन्ने किंवदन्ति छ ।
उनी दिन प्रतिदिन हुर्कंदै बढ्दै गएपछि ठूली भई पूर्ण चेतनामा आएपछि उनले एकान्तमा ध्यान बसी आराध्य देव अवतारी भगवान शिवको ध्यान गर्न लागिछिन् । यो कुरा सबै तिर जानकारी भएछ । र पारखी शिबले पनि उनले ध्यान गरिरहेको कुराको जानकारी पाएछन् र उनी ध्यान गरिरहेको स्थानमा जोगीको रुप धारण गरी त्यहाँ आई सोधेछन् । तिमि को हौ, के का लागि र कसको ध्यान गरिराखेकी छौ ? भनी सोधेछन । उनले म शाईकुमारी नाम गरेकी कन्या हुँ र मैले द्वापर युगको अन्त्य भई कली युगको थालनी हुनै लाग्दा यस पृथ्वीमा जन्म भई केही कुनै चिज पनि प्राप्त गर्न नसकेका र सुरक्षित हुन नसकेका प्राणी हरुलाई वरदान दिन सक्ने शक्ति आराध्ये देव अवतारी भगवान शिब बाट मैले बर्दान प्राप्त गरि अरुलाई दिन सक्ने शक्ति प्राप्त गर्न सकुँ भनी ध्यानमा बसेको कुरा जानकारी गराइछिन् ।
यो कुरा आराध्ये देव भगवान श्री शिवले सुनेपछि खुशी भई त्यहाँबाट अन्तध्र्यान भएछन् र उनले ध्यानमा बसी माग गरेका शक्ति र कामना पूरा होस् भन्नका लागि फेरी अर्काे पटक जोगीको रुप धारण गरी त्यही तपस्या गरिरहेको स्थानमा आई सबै वृत्तान्त कुरा सुनाई म नै भगवान शिब हुँ भनि तिमिले कस्तो ठाउको र कुन कुन कुराको वर माग्छ्यौ भनी पूनः सोधेपछि अति उत्तम पवित्र तपोभुमि थर्पू डिग्रे लाई धार्मिक स्थल बनाई पाठ पूजाका लागि मन्दिर स्थापना गरी त्यहाँ नित्य पूजाको व्यवस्थागर्ने गरियोस् भनी माग गरेपछि भगवान शिवको आशिर्वाद र शक्ति ले थर्पूमा मानव बस्ति बसी देवीको मन्दिर स्थापना गरी पाठपूजा तथा देवीको सेवागर्ने जिम्मा गौतम थरका ब्राम्हणले पाउने शक्ति मिलोस् र कामना पूरा होस् भन्ने कुराको माग भएपछि भगवान शिवको शक्ति बाट वरदान पूरा भई मानव कल्याणका लागि गौतम परिवारले डिग्रेमा देवीको मन्दिर स्थापना गरी ब्राम्हणले दिव्य दृष्टि पूर्याई तान्त्रिक विधि द्वारा पाठपूजागर्ने चलन चलाईएको किवदन्ती छ ।

हाल मुसिकोट नगरपालिका वडा नं. ५ छाप डाङ्डुङ्गेबाट वसाई सराई गरी दाङ हुदै बाके जिल्लाको कोहलपुर गएका मुसिकोटे राजाका नामले चिनिने अत्री गोत्रीय शाह ठकुरी राजा पूर्व गोरखा तिरबाट रुकुमकोट आई केही समयसम्म रुकुमकोटमा राज्य गरी १५ औं शताव्दीको अन्त्य तिर रुकुमकोट बाट हालको मुसिकोट नगरपालिका वडा नं. ९ मा पर्ने चौखावाङको कुकरेकोटमा राजधानी बनाई ठकुरी चौविसे राज्य खडा गरी राजकाज चलाउदै आएका राजाले दरवारमा गाईहरु पाली समाज सेवा गर्दै आएका कमल बम जेठा भएको कारणले राजकाज चलाउदै आएका र कान्छा भाई ललित बम शाहले घर व्यवहार चलाउने जिम्मा पाएका र गाई चराउने चरण क्षेत्र हालको चौखावाङ पातल साँख चँयरी डयरी ठुलीदह खारादह पोखरा वोक्सीनी ओडार नाङ्नाखर्क घोडामर्चे धुरी भेडा काट्ने लेक जन्ती ओलप्पिएको लेक घिमाने सातदुले थर्पु डिग्रे भएको हुनाले एक दिन ती राजाका गाई कुकरेकोटबाट चर्दै चर्दै साँख डाँरीगाँउ भण्डारीकाँडा हुदै थर्पु डिग्रे आई पुगेछन् ।

ती गाँईका बगालहरु मध्ये अरु सबै गाईहरु साँझ भएपछि बासस्थान कुकरेकोट आई पुगेछन् र बगालमा सबै भन्दा राम्रो र बगालको अगुवा कामध्यनु नाम गरेको गाई बगालसंगै नआई चर्दै चर्दै आएर थर्पु डिग्रेको गुफाको पहरो नजिक पानीको माथिबाट गुफामा धार चढाई त्यही वसेपछि साँझ बगालमा हेर्दा नभेटे पछि राजाको दरबारमा गाई हरायो भनेर हल्ली खल्ली मच्चिए पछि राजाले ग्वालाहरुलाई बोलाई राम्रोसंग सम्झाई बुझाई गरि हराएको गाई खोज्न जाउ भनि आदेश भए पछि ३÷४ जना ग्वालाहरु दरबारबाट चारै तिर खोज्न लागेपछि एउटा ग्वालो साँख भण्डारीकाँडा हुदै थर्पु डिग्रे तिर गई हराएको गाई खोज्दै गर्दा थर्पुको माथि उन्नेचौरको पश्चिम पट्टि डिग्रेको गुफा पहरको माथीबाट तलतिर छिपछिपे पानी भएको ठाँउमा उभिएर अगुराउँदै आफ्ना थुनबाट दुधको धार चढाई रहेको अबस्थामा ग्वालाले भेटेछन् ।
गाई भेटाई सकेपछि गाँईलाई दरवार तिर लिन खोज्दा गाँईले नमाने पछि गाँई हान्ने लट्ठी काट्न खोज्दा लिरीको रुखमा लट्ठी काट्न लागेको बखत खुर्पा अड्ईिएछ र जति तान्दा पनि खुर्पा ननिस्किए पछि ग्वालाले हैरान भै बिन्ति भाउ गर्दै गाईलाई तिमी हराएको थाहा पाएर राजाले हामीहरुलाई बेसरी हपार्नु भयो । अब हिड भनि गाँईको पुच्छर समाती हिडाउन खोज्दा गाई नहिडेर बाँ बाँ गरेर बेसरी कराए पछि डिग्रे झाडी भित्रको पहरमा हात गोडा अड्याएर तेजस्वी जाज्वल्लेमान सुन्दरी त्यस पहारबाट प्रकट भई ती ग्वालालाई यो गाई लिन खोज्ने तिमी को हौ ? खबरदार यो गाईलाई छुन पनि पाईदैन र लिन पनि पाईदैन । यो गाई मेरो बाण हुन् र सहयोगी पनि हुन भन्दा ग्वालाले म कुकरेकोट राजाको गाई ग्वालो हुँ । यो राजाको गाँई हो । यो गाँई लाई मैले चिने र हरएको गाँई खोजेर ल्याउ भन्ने आज्ञा भएकोले म गाई खोज्दै २÷३ दिन पछि यो गाँईलाई यहाँ फेला पारी चिने र गाँई लिन खोजेको छु भनेपछि सो पहरको छिपछिपे पानीमा खुट्टाको पैतला भिजाउर्दै म शाईकुमारी भगवती हुँ । यीनि गाँई मेरो सहयोगी हुन् र बाण पनि हुन भनि मैले तिमीलाई पहिले नै बताईसके र समय समयमा यी गाँई यहाँ आउने र मलाई भेट्ने गर्थिन । यस पाली भने यही बास बसिन । तिमीले यी गाँईलाई लिन मिल्दैन । मैले तिमीलाई जानकारी गराएँ ।
यदी यो गाँईलाई तिमीले लिने नै हो भने तिमीले मैले भनेका सारा कुरा राजालाई जानकारी गराईदेउ । यो ठाँउ अति पवित्र तपो भूमी हो यो ठाँउमा भगवतीको मन्दिर निर्माण गरि पाठ पुजा कृतनभजन र नाँचगान गरी यस ठाँउमा मेला लगाई रामरङ्ग गर्ने भनि जानकारी गराउनु । यदि तिमीले यी कुरा मनन् गरि काम गर्न नसकेमा तिमी दुवैलाई शुभ हुने छैन । तिमी सहित भोलिबाट सखाप हुनेछौ गाईलाई लिने तान्ने काम गरेमा राम्रो हुने छैन । अनिष्ठ होला भनि डिग्रेको पहरको तलको छिपछिपे पानीमा पसि अन्तर ध्यान भएपछि ती ग्वालाले सबै कुरा सुनी बुझेपछि गाई र खुर्पा पनि अन्तर ध्यान भई नदेखेपछि ती ग्वाला बडो फुर्तिका साथ खुशी भै दरबारमा गई पुग्दा गाई र खुर्पा गोठमै गएको देखेपछि ग्वालो झन धेरै खुशी भई शाईकुमारी भगवतीले सुनाएका सवै यथार्त कुरा राजालाई सुनाए पछि सो दिनको भोलीपल्ट दिव्य दृष्टी भएका राजाले ग्वालाका साथ आफ्ना भारदारहरु संग राजा सो ठाँउमा गई अध्ययन गर्दै गर्दा डिग्रे झाडी नजिकको पहरमा पुगी त्यहाँ भएका घटना परिघटनाको यथार्त जाँच बुझ गरेपछि पानीमा र गुफामा देवीको बास हुन्छ पानीको माथि बाट दुधको धार पुष्पगुच्छा सहित भेटी चढाए पछि छिपछिपे पानी रहेको ठाँउ सानो पोखरीको रुपमा परिणत भई सो पोखरीमा एउटी सुन्दरी बसेर गाईलाई सुम्सुम्याए जस्तो गरी पानीको पोखरीबाट देवीले भनि छन् ग्वालालाई गाई खोज्न पठाउने राजा तिमी हौ भने मैले सबै कुरा ग्वाला द्धारा सन्देश दिएकी छु । तिमी आयौ मेरो दर्शन गर्यौ आज शुक्ल कार्तिक बैकुन्ठ चतुर्दशीको दिन हो । एक वर्षपछि यस पहर मुनि गुफामा देवीको मन्दिर स्थापाना गरी पानीको पोखरीमा देवीको मुर्ती स्थापना गरी प्रत्येक दिन देवीको नृत्य पाठ पुजा गर्नु देवीले सबैले ईच्छाएको कल्पिएको र सोचेको बर प्रदान गर्ने छिन कार्तिक बैकुन्ठ चतुर्दशीको दिनमा पुजा पाठ गरी बोका वली चढाउनु ईच्छाएको र सन्तान वर माग्नु सो दिनको राती पुजारीले देवीको महिमा स्तुती गर्न लगाउनु भोलिपल्ट पुर्णिमाको दिनमा मेला जात्रा लगाउने चलन चलाउनु । देवीको मन्दिर फल्याकको छानो भएको बनाउनु र देवीको मुर्ती र मन्दिर सुरक्षा र हेरचाह गर्ने जिम्मा ठुलो गाँउका जनजातीलाई दिनु ।
त्यहाँ मानिसहरुले मेला जात्रा मान्न आउदाँ हातहातमा लट्ठी ल्याएर आउन र देवीको मन्दिर लाई सात पटक घुमी प्रदक्षिणा गरी भुत प्रेत धपाई देवीको रक्षा गर्न देवीको पाठपुजा नृत्य रुपमा चलाई रहनु तिमीलाई सबै पक्षमा हरपल राम्रो हुदै जाला र यी कुरा नपत्याई बेवास्ता गरी वसेमा अनिष्ठ होला भनि देवीले पानीको कुण्डको गुफाबाट अलप लिए पछि दिव्य दृष्टी भएका राजाले तान्त्रिक विधीद्धारा देवीको मन्दर सोही अनुसार निर्माण गराई मन्दिरमा नृत्य पाठ पुजा गर्ने जिम्मा अत्री गोत्रिय गौतम थरका ब्राहमणलाई र उनका दर सन्तानलाई पुजारीको जिम्मा लगाई नृत्य पाठ पुजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिएका थिए । हाल सम्म पनि गौतम परिवारकै ब्राहमणबाट पाठ पुजा चलाउदै आएको छ । हालका पुजारी डिल्ली प्रशाद उपाध्यय गौतम शुरु पजारीका दशौं पुस्ताका पुजारी मानिन्छन् ।
राजा बडो खुशी भई दरवारमा गई यी सबै कुरा सुनाई हालको मुसिकोट नगरपालिका क्षेत्र भित्रका साँख स्यालापाखा चौखावाङ भलाक्चा छिवाङ अर्मा सिम्ली गरायला सेरीगाँउ पिपलनेटा खलंगाका बस्तीहरुका मानिसलाई बोलाई कार्तिक शुक्ल चतुरदशीका दिनबाट राजा र उती बेलाका यी सबै वस्तीका बासिन्दाहरुले श्री शाईकुमारी भगवतीको मन्दिर वनाउन शुरु गरी १ वर्ष भित्र निर्माण गरी कार्तिक शुक्ल एकादशीका दिनबाट पाठ पुजा शुरु गरी चतुर्दशीका दिन भरी मुख्य मुनीको रुपमा पाठपुजा गर्ने वली चढाउने र साँझ रातमा जागराम गरी नाच गान कृतन भजन गरी पुर्णीमाको दिनमा मेला जात्रा लगाई भगवती देवीलाई मनोरञ्जन र मन्दिरको सुरक्षा गर्ने गुठीको जग्गा समेतको रेखदेख गर्ने कामको समेत जिम्मा सेरीगाँउ थर्पुका मानिसहरुलाई र देवीको सुरक्षा गर्ने कामको जिम्मा साँख गाँउका जनजाती लगायतका मानिसहरुलाई जिम्मा दिई धार्मिक प्रचलन अनुसार तान्त्रिक बिधिद्धारा पाठपुजा अनुष्ठान अनुसार परापुर्वकाल देखी डिग्रे शाईकुमारी भगवतीको मन्दिर स्थापना गरी पाठ पुजा गर्ने र वर माग्ने चलन चल्ती चलाउदै आएको बुझिन्छ । पानीमा चतुर्दशीका दिनमा देबीको वास पानी र मन्दिरमा हुने भएकोले त्यस दिन पुजा गरेको प्रभावले मन्दिरको मुनी शाईकुमारी भगवती पानीको रुपमा प्रकट भई पानीको धारामा कार्तिक महिनामा मन्दिरमा पाठपुजा बढ्दै जाँदा धाराको पानी पनि बढ्दै गएको देखिन्छ । यसरी भगवती प्रकट भई विधिवत रुपमा मन्दिरको स्थापना गरी दिव्य दृष्टि भएका राजाले पाठपुजा गर्ने पुजारी विधिवत रुपले पाठपुजा गर्ने गौतम थरका ब्राहमणलाई र उनका दर सन्तानालाई पुजारीको जिम्मा लगाई जग्गा गुठी र विर्ता लालमोहर लगाई दिएका थिए । हालसम्म पनि यस मन्दिरमा पाठ पुजा गर्ने गराउने चलन गौतम पुजारीबाट चल्दै आएको छ । हालका पुजारी शुरुका पुजारी डिल्ली प्रशाद उपाध्यय गौतम १० पुस्ताका पुजारी हुनुहुन्छ ।

यस मन्दिरमा दैनिक नित्य रुपमा पाठ पुजा गर्ने र मुख्य मुनिको रुपमा कार्तिक चतुर्दशीलाई मानी विशेष पुजा गर्ने र बोका वली चढाउने चलन चली आएको किमदन्ती छ । मुसिकोट निवासी बयोबृद्ध जान्ने बुझ्ने तहविलदार होमजङ मल्ल ज्योतिष विष्णु प्रशाद उपाध्यय गौतम र हालका पुजारीका पिता जयलाल उपाध्यय गौतम समेतले सुन्दै आएको श्रुति किमदन्ती राजनीतिक शास्त्रका स्नाकोत्तर गरेका डाक्टर नवराज गौतमले एमए स्नाकोत्तरको शोधपत्रमा उल्लेख गरेको शोधपत्र किर्तिपुर केन्द्रिय पुस्ताकालयमा सुरक्षित रहेको हुदा सो सोध पत्रका आधारमा भगवती उत्पत्ति भई मन्दिरको स्थापना गरि शक्तिपिठको रुपमा पाठ पुजा चलाउदै आएको किमदन्ती छ ।

यस मन्दिर परिसरमा अरु ५ ओटा मन्दिरहरु रहेका छन् ।
१) शिद्ध बाबा मन्दिर २) सत्यनारायण मन्दिर ३) गणेश मन्दिर ४) शिब मन्दिर ५) खप्तड स्वामी सरस्वती मन्दिर
यस मन्दिरमा नित्य पाठपूजा बिहान ७ बजे र साँझ ६ बजे गर्ने चलन छ । यस मन्दिरमा पूजारीले भित्रि पूजा गरेर मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्बसाधारणले पूजा गरी बली चढाउने प्रचलन छ ।
बली ः यस मन्दिरमा २०३० साल भन्दा अगाडि कार्तिक बैकुण्ठ चतुर्दशीका दिनमा मात्र बली चढाउने गरिन्थ्यो र केही अप्ठ्यारो परेको कारणले अथवा जुठो सुत्केरो परी रोकिएको खण्डमा पञ्चमीको दिन सम्म खुलेपछि पूजा गरी बली चढाउने गरिन्थ्यो र पञ्चमी सम्ममा नखुलेपछि १ बर्ष पछि नै उही चतुर्दशीकै दिनमा पूजा गरी बली चढाउने चलन थियो ।
२०३० सालमा रुकुमकोटबाट सदरमुकाम सरी मुसीकोट खलंगामा आएपछि जनघनत्वको चापलाई दृष्टिगत गरी औसी, एकादशी, बुद्धजयँती, हरितालिका तीज, कृष्ण जन्माष्टमी , १६ श्राद्ध महा शिवरात्री लगायतका दिनहरु बाहेक अन्य दिनहरुमा बोका बली चढाउने गरिदै आएतापनि खास मूल पर्वको रुपमा कार्तिक शुक्ल बैकुण्ठ चतुर्दशी लाई मानिन्छ ।
कस्तो बली र के के चढाउने ः खास गरेर यहाँ बोका बली मात्र चढाउने गरिन्छ भने परेवा उडाउने पनि गरिन्छ । यहाँ चढाउने सामाग्रीहरु ः टीका, अबिर, केशबरी, अक्ष्ोता, तिल, जौं, मकै, नरिवल, सुपारी, छोडा, ल्वाङ्ग, सुकुमेल , विभिन्न फलफुलहरु , नैविद्य, दुबो , बेलपत्र, फुलमाला, ध्वजा, शंख, घण्ट, कलश, पाला, गाग्री, पञ्चपाला, मूर्ति, त्रिशुल, कुभिण्डो, छुर्फी, चमर, बाबियो, कुश, चुरा, डोरी, टिकुली, धोती, चोली, धरी आदी सामाग्रीहरु देवीका नाममा चढाउने चलन छ ।
कुन पूजा कहिले गरिन्छ ?
खास गरी बिशेष रुपमा तुलसी पूजा बैकुण्ठ ठूली एकादशी अर्थात कार्तिक शुक्ल एकादशीका दिनमा गरिन्छ । यस दिनमा सत्यनारायण र भगवान शिवको पूजा गरिन्छ । तुलसी लाई लिंगो चढाई पूजा गरिन्छ । बैकुण्ठ द्वादशी र त्रयोदशीका दिन बिहान ५ बजेदेखि नै देवी र सिद्ध बाबाको पाठ पूजा र आराधना गरी धुमधामसँग हर्षोल्लास पूर्वक सबै भक्तजनहरुले बोका बली चढाई खुशियाली मनाउने चलन छ ।
खास मूल पर्वको रुपमा चतुर्दशी लाई नै मानेर धुमधाम सँग मूल पर्वको रुपमा मानी बोका बली चढाईन्छ । अरु दिनहरु भन्दा यस दिनमा बढी भन्दा बढी श्रद्धालु भक्त जनहरु ले दर्शन गरी पाठ पूजागर्ने गर्दछन् र यस दिनमा नेपाली सेनाले श्री शाईकुमारी भगवती देवीलाई सलामी अर्पण गरी बली चढाउने चलन पनि छ ।
बैकुण्ठ शुक्ल पूर्णिमाको दिनमा खास पाठपूजा गरिने नभएतापनि चतुर्दशीका दिनमा पाठ पूजा र दर्शण गर्न छुटेका भक्त जनहरुले भेटी टढाई दर्षण गरी फूलपाती माग्ने चलन छ । साँझपख स्वतः स्फूर्तरुपले मेला फाटि आफ्नो घरतिर फर्कने चलन छ ।
मन्दिरमा कसरी पुग्ने ः
पैदल यात्रा गर्नका लागि रुकुम पश्चिम को सदरमुकाम मुसीकोट खलंगाको त्रिबेणी चोक, बागबजार, पैयाँचौर, लहरा भिजाउने, थर्पू हुँदै करीब १ घण्टाको समयमा डिग्रे मन्दिर पूगिन्छ । त्यतिमात्र बाटोनभएर चारैतिर बाट डिग्रे मन्दिर आईपुग्ने अन्य बाटाहरु पनि छन् ।
यदि गाडीबाट आउनुहुन्छ भने ३ वटा सडकहरु छन् । सल्ले बाट मठ हुँदै करीब २० मिनेटमा पुगिन्छ । खलंगा त्रिवेणी चोक बागबजार रावलबारा थपूृ हुँदै डिग्रे आईपूग्न १५ मिनेट जति लाग्छ भने चाँपा भण्डारीकाँडा र साँख हुँदै नुनथला सल्लीतरा पानाखोला हुँदै डिग्रे आईपूग्न ३० देखि ४५ मिनेट सम्म लाग्छ ।
अवस्थिति ः यो मन्दिर कर्णाली प्रदेश, रुकुम जिल्ला पश्चिमको सदरमुकाम मुसीकोट खलंगा देखिउत्तर पूर्वी भागमा रहेको छ । समुद्र सतह देखी करीब १८०० देखि २००० मिटरको उचाईमा रहेको छ । यस मन्दिरको परिसरबाट पूर्वतिर उन्नेचौर, बसिबाङ्ग, पानाखोला पर्दछ । पश्चिमतिर पातल खोला, बारेगौंरा मुसीकोट र सल्ले पर्दछ । उत्तरतिर घिमाने । जन्ती ओलपिएको लेक, भेडा काटने लेक पर्दछ । दक्षिणतिर पानाखोला ठाराढुंगा भलाक्चा पर्दछ ।
यस मन्दिर परिसरबाट सानीभेरी, सिंह लेक, ठूलीकुमाख, खौलाछेर्ना, डल्सिंगे , कालापोखरा ३ बहीनी लेक, झुल्नेटा बजार, खारा, भलाक्चा आदि देख्न सकिन्छ ।
यस शाईकुमारी भगवती मन्दिर परिसरमा धेरै थरीका रुखहरु अवस्थित भएतापनि २५०० बर्ष पुरानो दुदिलाको बुढापाका मानिसहरुलाई सोध्दा हाम्रा बुढा बाजे, बाजे, बा लाई सोध्दा पनि हाम्रा पनि बुढा बाजे, बाजे र बा हरुले पनि यस्तै थियो भन्नुहुन्थ्यो । अहिले जस्तो छ उतिबेला पनि त्यस्तै थियो भन्नुहुन्छ । डिग्रे मन्दिर परिसरमा रहेको दुदिलाको रुखमा देवीको बास ः यस श्री शाईकुमारी भगवती देवी मन्दिरमा दर्शण गर्न १००० औं भक्तजनहरु आईपुग्ने गर्दछन् । पाठपूजा गर्छन् बली चढाउँछन् परेवा उडाउँछन् घुमघाम गरी मन्मिर परिक्रमा गर्दछन् तर यो मन्दिरको परिसरमा रहेको दुदिलाको रुखको बारेमा कसैले पनि ध्यान दिई हेक्का राखेको देखिंदैन । सोधपुछ पनि गर्दैनन् । यो रुख देवी मन्दिरको दायाँ तिर अवस्थित रहेको छ । करीब २५ २६ सय बर्ष पुरानो भएको अनुमान छ ।भनेर यहाँका पूजारी बताउनु हुन्छ । यस रुखको बिशेषता बसन्त रितुमा राता मुना फाली पताउने र साना काला बड्कौंला जस्ता फल फल्ने र नपाकी झर्ने गर्दछन् ।
उमेरको कारणले बर्षेणी हाँगाहरु भाँचिंदै झर्दै गर्ने र ती हाँगाहरु भाँचिएर झरेता पनि कसैलाई पनि क्षति गरी असर पारेको पाईंदैन । यहाँका स्थानीय बासी हरुका अनुसार यो रुख धेरै पुरानो भएतापनि नसुक्ने नभाँचिने र कुनै पनि भक्तजनहरुलाई हानी नोक्सानी गरी क्षति नगरेको र यहाँ ठूलो हुरी बतास लाग्दा र हिउँ पर्दा पनि यसका कुनै पनि हाँगाहरु भाँचिएका पाईंदैनन् । यी कारणहरुले गर्दा यस रुखमा पनि श्री शाईकुमारी भगवती देवीको शक्ति रहेको पाईन्छ ।
प्राप्ति ः यस मन्दिरमा आई दर्शण गरेमा अन्न बरदान, धन वरदान, पूत्र वरदान र विद्या बरदान सहितका मनले चिताएका कुराहरु प्राप्त हुने परम्परा देखि जनविश्वास रहि आएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto