रुकुम पश्चिममा मानसिक स्वास्थ्य शिबिर तथा चिकित्सिकीय सुपरभिजन कार्यक्रम सम्पन्न भएको छ । सी.एम.बि नेपालको आर्थिक सहयोग, सानीभेरी गाउँपालिका र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सी.एम.सी नेपाल संयुक्त आयोजनामा ३ दिने मानसिक स्वास्थ्य शिबिर तथा चिकित्सीकिय सुपरभिजन शनिबार सम्पन्न भएको हो ।
कार्यक्रम असोज ४ देखि संचालन भएको सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता डिलबहादुर शाहीले जानकारी दिए । उनका अनुसार जसमा अर्मा स्वास्थ्य चौकी,सानीभेरी गाउँपालिका अस्पताल र गरायला स्वास्थ्य चौकीमा संचालन भएको थियो । उक्त महिला १२१, पुरुष ३० र १५ जना बालबालिकाको मानसिक समस्या भएको व्यक्तीहरुको पहिचान र मानसिक सेवा प्रदान गरीएको थियो । शिबिरको प्राबिधिक सहयोग मानसिक रोग बिशसेज्ञ डा. अभिलासा गिरी र सी.एम.सी नेपालको मानसिक स्वास्थ्य सुपरभाईजर सुमिता मल्लले सेवा प्रदान गरेका थिए । त्यस्तै शिबिरको व्यवस्थापनमा सामुदायिक मनोसामाजिक कार्यकर्ता बाल कृष्ण बि.कले गरेका थिए ।
शिबिरको उद्घाटन कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट, सानीभेरी गाउँपालिका वडा ९ वडा अध्यक्ष तथा सामाजिक विकास शाखा संयोजक शेर बहादुर खड्का र स्वास्थ्य शाखा प्रमुख बिजय कुमार ओली र स्वास्थ्यकर्मीहरुको सहभागिता भएको थियो । मानसिक स्वास्थ्य समस्या पहिचान र उपचार सेवा प्रदान गर्ने र स्वास्थ्यकर्मीहरुको चिकित्सकीय सुपरभिजन र थप उपचारमा सहयोग गर्ने तालिमको उदेश्य रहेको रहेको छ ।