लाखरखोलाका पशुचौपायलाई खोप

Byआहा सञ्चार

२०८१ बैशाख ७, शुक्रबार १२:५६

विजय सोनाम
चुन्वाङ, रुकुम पूर्व

रुकुम पूर्वको भूमे गाउपालिका वडा न.९ चुन्बाङ लाखरखोलाका पशुचौपायलाई पि.पि.आर. भ्याक्सिन खोप लगाईएको छ । साबिकका ६÷७ वडा गरि करिब ३५ घरका ४ सय ७६ बाख्रा र ५६ भेडालाई खोप लगाईएको एकिकृत कृषि तथा पशुपन्क्षि बिकाश कार्यालय वडान.९ मा कार्यरत नायब पशु सेवा प्राबिधिक कमल के.सि.ले जानकारी दिए ।

पशुहरुमा बाह्य परजिबिको संक्रमण रोकथामको लागि खोप लगाईएको हो । वडामा डिपिङ टयाङपनि निर्माण गरिएको छ । तर एकीकृत कृषि तथा पशुपन्क्षी विकाश कार्यालयको ०८०÷८१ को बजेटबाट निर्माण भएको डिपिङ टयाङको वरिपरि घेरबार नहुदा पशुचौपाइलाई नियन्त्रण गर्न गार्हो भएको स्थानिय रमेश कुमार पुनले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto