रुकुम पश्चिममा कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । फागुन २६ गतेदेखि चैत्र ७ गतेसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

महोत्सवको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल रुकुम पश्चिम आयोजक र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह–आयोजक रहेका छन । मुसिकोट नगरपालिका वडा नम्बर १ को बराहटाकुरामा सञ्चालन हुने महोत्सवको लागि मुसिकोट नगरपालिकाबाट अनुमति ल्याईसकिएको र अन्य आवश्यक कार्यहरु भैरहेको महोत्सव मुल आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिए । उनका अनुसार महोत्सवले रुकुम पश्चिमको कृषि, पर्यटनका साथ व्यापार तथा कलासंकृतिको प्रचारप्रसार हुनेछ ।

महोत्सवमा रुकुम पश्चिमको कृषि उत्पादन, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्टलहरुका साथै स्थानीय कलासंस्कृतिका झाँकिहरु पनि प्रस्तुतीमा राखिने छन । त्यसका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds