भ्यालेन्टलाइन दिवस विशेष
हरि जिज्ञासु
गत वर्ष त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट ऐयर इण्डीया बिमानमा एउटा समिटमा सहभागी हुन दिल्ली पुगको थिएँ । ३ दिनको समिट सकिएपछि दिल्लीको इन्दिरागान्धी अन्तराष्ट्रिय बिमानस्थलबाटै नेपाल फर्कनु प¥यो ।
इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थल आफैमा पनि ठूलो विमानस्थल हो । सुरुमा जाने व्यक्ति एक्लै भयो भने हराउँछ भन्न त मिल्दैन तर यदि लोकेशन थाह भएन भने धर्तीमा रहेको जहाज धर्तीमा रहेको मान्छेलाई छोडेर आकाशमा उड्न सक्छ । मैले आजसम्म तीन पटक दिल्लीको यस विमानस्थलमा पाइला टेकेको छु । त्यसैले पनि मलाई त्यति समस्या नहोला । तर पनि अलि सोझो छु अलमलमा परिहाल्छु ।
त्यति ठूलो बिमानस्थल भए पनि इन्दिरागान्धी अन्तराष्ट्रिय बिमानस्थलमा धेरै ठूलो लाइन बस्नुपर्ने समस्या देखिन । मेरो साथमा लगेज र ह्याण्ड बाग थियो । लगेज काउन्टरमा बुझाएर बोडिङ पास लिएँ । झोलामा क्यामरा र ल्यापटप थियो । दिल्लीको इन्दिरागान्धी ऐयरर्पोटमा नेपालको भन्दा कडा तरिकाले चेक हुँदोरहेछ । ल्यापटप, क्यामेरा लगायत इलोक्टोनिक समान सबैको बढो गजबले चेक ग¥यो ।
चेकिङ सकिएपछि अलि ढुक्क हुने । समयलाई ध्यान दिइएन भने त फेरि विमान छुट्न सक्छ । चेकिङ सकिएपछि करिब ४५ मिटेट जति डिले थियो । बोडिङ पास पछि धेरै जना ठूलो बिमानमा चडेर आकाशमा उड्नलाई पर्खी रहेका हुन्छन् । म पनि भारतको आकास हुँदै नेपालको आकाश प्रवेश गरेर नेपालको भूमिमा टेक्नलाई त्यो समय ४५ मिनेटसम्म पर्खेँ ।
मैले नेपाल पुग्नको लागि जहाजलाई ४५ मिनेट पर्खेको थिएँ । मेरो छेउमा बसेकी एउटी मान्छेले भारतको आकाश हुँदै अस्ट्रेलियाको आकाशमा पुग्नलाई ३० मिनेट पर्खेकी रहेछिन् । म पनि एक्लो थिएँ । उनी पनि एक्ली थिइन् । हेर्दा नेपाली जस्तै लाग्यो । छेउमा भएकोले बोली हालेँ “हजुर नेपाली हो ?” उनले जवाफ दिइन, “हजर हो ।” ३० मिनेट बिताउनलाई अलि सहज बनाउन उनी मेरो साथी भइन् ।
सिल्की कपाल, गहुँगोरी, ठिक्कको हाइट । हेर्दा राम्री देखिन्थिन् । आफ्नो जस्तै यात्रा सम्झेर सोधेँ “हजुर पनि नेपाल जाने हो ?” उनले समधुर स्वरमा जवाफ दिइन् । “होइन म त सिड्नी जान लागेको ।” उनले सिड्नी भनेपछि अलि म अलमलमा परेँ । किनकि मलाई त्यतिखेरसम्म अस्टे«लियाको शहर सिड्नी हो भन्ने थाह नै थिएन । मेरो अलमलतालाई बुझेर उनले सजिलोको लागि भनिन् “अस्टे«लिया ।”
उनी अध्ययनको लागि अष्टे«लिया जाँदै रहेछिन् । देशको बर्तमान अवस्था र युवाहरु बिदेश पलायन हुनुको कारणबारे कुराकानी ग¥यौँ । उनले पनि मेरो बारेमा धेरै कुरा जान्ने चाहना राखेपछि मैले पनि मेरो अवस्थाबारे बताएँ । उनले पनि आफ्नो पारिवारिक अवस्थाबारे बताइन् । हामी विदेशमा बसेर देशको कुरा गरिरहेका थियौँ । लाग्दैथियो उनलाई पनि देशको चिन्ता छ ।
हाम्रो कुराकानी झन मिठा लाग्दै थिए । अझै धेरै मनका कुरा खोल्न बाँकि नै थियो । उनको जहाज उनलाई बोकेर अस्टे«लियाको सिड्नी शहर पुग्न तयारी अवस्थामा रहेपछि काउन्टरबाट एनाउन्स ग¥यो । उनी ओह ! “मेरो त समय भयो” भन्दै जुरुक्क उठिन् । उनको आँखाहरुले अझै केहि भन्न खोजिरहेका थिए । तर भन्नलाई समय थिएन । मैले पनि केहि भन्न खोजिरहेको थिएँ तर पनि समय थिएन । उनी जुरुक्क उठेर भनीन् “ल राम्रोसँग जानुहोला है म त लागेँ ।” मैल हस हजुर हुन्छ भन्दै उनलाई शुभयात्रा भने । हिड्दाखेरी उनले हात हल्लाएर बिदा मागिन् । मैले पनि हात हल्लाइदिएँ । छुट्न मन थिएन तर पनि छुट्नै पर्ने थियो ।
उनले काउन्टरमा बोडिङ पास देखाएर गेटबाट भित्र प्रवेश गरुन्जेल मैले उनलाई हेरिरहेँ । गेटबाट भित्र प्रवेश गर्नु अघि उनले पछाडि पर्खेर मलाई हेर्दै हात हल्लाइन् मैले पनि अन्तिम हात हल्लाइ दिएँ । उनीसँग कुराकानी गर्दा ३० मिनेट बितेको पत्तो नपाएको मलाई १५ मिनेट बिताउन गाह्रो भयो ।
उनी उनको सपनाको संसारमा पुग्नको लागि ठूलो बिमानमा बसेर आकासमा उडिरहेकी थिइन् । उनी उडेको करिब १५ मिनेटपछि म पनि नेपाल पुग्न आकाशमै उडिरहेको थिएँ । हामी दुवै जना फरक आकाशमा फरक यात्रा गरिरहेका थियौँ । मैले आकाशमै उनलाई सम्झेको थिएँ र मलाई लाग्छ उनले पनि मलाई आकाशमै सम्झिरहेकी थिइन् ।
दुःखको कुरा भनौँ या के भनौँ ? समयले हामीलाई फेरि अर्को पटक बोल्न सक्ने बातावरण मिलाउन सकेन । उनलाई पनि मेरो फेसबुक, वाट्सप, केहि थाह छैन र मलाई पनि उनको केही थाह छैन । म उनलाई खोजेर पनि भेटाउन सक्दिन र उनले मलाई पनि सकभर भेटाउन सक्दिनन् । किनकि हामीले एक अर्काको नाम र थर समेत सोधेनौँ । मलाई लाग्दैछ उनी अस्टे«लियाको सिड्निीमा खुसी छिन् । उनको अध्ययन राम्रो हुँदैछ । म चाहान्छु उनी सफल हुनुपर्छ ।