रुकुम पश्चिममा मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या पहिचान गर्न स्वयंमसेविकालाई तालिम सञ्चालन गरिएको छ । सीएमसि नेपाल आर्थिक सहयोगमा मुसिकोट नगरपालिका महिला स्वास्थ्य स्वयमसेविकालाई तालिम लिईएको हो । बुधबारदेखि शुक्रबारसम्म सञ्चालित उक्त तालिममा विभिन्न वडाका २२ जना सामुदायिक महिला स्वास्थ्य स्वयंम सेविकाहरुको सहभागीता रहेको थियो ।
तालिममा कर्णालीमा सञ्चालित मानसिक स्वास्थ्य कार्यक्रमका बारेमा जानकारी दिनुका साथै मनोसामाजिक अवधारणा, मनोसामाजिक सुस्वास्थ्य, दिक्दारीपन, चिन्ता रोग, कन्भर्जन डिसअडर र छारेरोगको बारेमा पनि जानकारी गराईएको सिएमसी नेपालका मनोसामाजिककर्ता डिलबहादुर शाहीले जानकारी दिए । उनका अनुसार तालिमा गम्भिर मानसिक समस्या लक्षण, पहिचान, उपचार विधि, आत्महत्या र जोखिमको विश्लेषण, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तीको पारिवारीक भुमिका र सहयोग तनाव तथा तनाव व्यवस्थापन लगायतका बारेमा जानकारी गराईएको थियो ।
तालिम समापन कार्यक्रममा मुसिकोट नगरपलिका वडा नं. ६ वडा अध्यक्ष भानु मल्ल, स्वास्थ्य केन्द्र इन्चार्ज डिल्लीराज बोहरा, मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर खत्री, मनोसामाजिक तथा मानसिक स्वास्थ्य फोकल पर्सन बेदराम ओली लगायतको सहभागीता रहेको थियो । सर्बजित खड्काको सञ्चालन रहेको तालिम कार्यक्रममा मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाहीको सहजीकरण रहेको थियो ।
