रुकुम पश्चिममा वालवालिकाको पोषण अवस्थाको लेखाजोखा तालित सम्पाँ भएको छ । यू.के.एडको सहयोगमा स्टारफन्ड नेट वर्क कार्यक्रम वल्ड भिजन, नेपाली प्राबिधिक सहयोग समुह र पाँच तारा यूवा संरक्षण मव्चको संयूक्त साझेदारीमा भुकुम्प प्रभावित क्षेत्रमा स्थानीयहरुको लागि तालिमको आयोजना गरिएको हो । तालिममा प्रभावित क्षेत्रका बिशेष गरी गर्भवती, सुत्केरी आमा तथा बच्चाहरुको आपत्कालीन अवस्थामा महिला तथा बच्चाहरुको कुपोषणको अवस्था पहिचान गरी पोषण अवस्था सुधार गर्ने लक्ष्य रहेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पौष २ र ३ गते सञ्चालित तालिममा ३३ जना महिला स्वास्थ्य स्वयम सेविकाहरको सहभागीता रहेको थियो ।

समुदाय स्तरमा पाँच बर्ष मुनिका वालवालिकाहरुका पोषणको अवस्था लेखा जोखा गर्नको लागी सामुदायीक महिला स्वास्थ स्वयम स्वेविकाहरुको क्षमता अभिबृदी गर्ने, समुदायमा कुपोषीत वालकालिका कडा शिघ्र कुपोषण र मध्यम शिघ्र कुपोषण वालवालिकाहरु प्हिचान गरी उपचारको ब्यवस्था गर्नुको साथै खानेपानी सरसफाई तथा स्वच्छताको प्रवर्धन गर्ने उद्धेश्य रहेको छ ।

तालिम उद्घाटन कार्यक्रममा सानीभेरी गाँउपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टको अध्यक्षता र जिल्ला स्वास्थ्य सेवा कार्यलयका प्रमुख डा.शुशिल पोख्रेलको प्रमुख आतिथ्यमा रहेको थियो । सो तालिमा स्वास्थ सेवा कार्यालयका प्रशासन शाखाका मनोज के.सी, सानीभेरी गाँउपालिकाका उपाध्यक्ष कमला रोका पुन, प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथोकी, स्वास्थ्य संयोजक बिजय कुमार ओली, वाल अधिकार अधिकृत मानबिर ओली लगायतको उपस्थिति रहेको थियो ।

आपतकालिन अवस्थामा बिशेष गरी महिला, वालवालिका तथा दलित बिपन्न वर्गका घरपरिवारमा कार्यबोझ शारिरिका असमर्थता तथा माानसिका तनावले स्थनपानका साथै असल खानपिन, आहार र खानेपानी, सरसफाई तथा स्वच्छतामा बिशेष ध्यानमा नपुर्याउदा कुपोषण हुने संम्भावना बढी हुन्छ । जसअनुसार प्रभावित क्षेत्रका समस्याहरुको पहिचान संगै उपचारमा सहयोग पुर्याउन उक्त तालिमको आयोजना गरिएको हो ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...

छुटाउनुभयो कि?