अनिल मगर (अध्यक्ष)
जिल्ला व्याडमिन्टन संघ रुकुम पश्चिम

जिल्ला व्याडमिन्टन संघ रुकुम पश्चिमले हिजोआज के कस्ता गतिबिधी गरिहेको छ ?
हामि पहिलो कुरा त नियमित खेल अभ्यासमा छौ र जिल्लाको व्याडमिन्टन खेललाई कसरी परिणाममुखी वनाउन सकिन्छ भन्ने विषयमा खेलाडी र खेलप्रेमी विच बैठक, छलफल, सहकार्य, समन्वय भेटघाट पनि गरिरहेका छौ ।

जिल्लामा व्याडमिन्टन संघ स्थापन किन गनुर््परेको हो ?
संघ संस्था आफैमा कुनै सकारात्मक कार्य गर्न एउटा वलियो माध्यम हो । हामिले के सोच्यौ कि भन्दा जिल्लामा भएका सम्पूर्ण खेलाडिलाई केन्द्रिकृत गरी संघ मार्फत व्याडमिन्टन खेलसम्वन्धि विभिन्न गतिविधी गरी खेलको विकास औचित्यबोध, अनुशासन, राष्ट्रियता, आत्मविश्वास, राष्ट्रिय खेलकुद परिषद्को उद्देश्य र भावना जस्ता खेलाडिमा हुनुपर्ने गुण सिकाउनु पर्छ र रुकुम जिल्लालाई निकट भविष्यमा नै व्याडमिन्टनमा स्थापित गर्नुपर्छ भन्ने ध्येयका साथ संघ स्थापना ग¥र्याै र हामि निरन्तर यो अभियानमा छौ ।

स्थापना भएदेखी हालसम्म गरेका महत्वपूर्ण उपलब्धि के के छन ?
हाम्रो संघको महत्वपूर्ण उपलब्धिलाई हेर्ने हो भने रुकुमेली जनता उद्योगी, व्यापारी, होटेल व्यवसायी र मु्सीकोट नगरपालिकाको आर्थिक सहयोग, मुसीकोट नगरपालिकाका नगर प्रमुख श्री देविलाल गौतम ज्यू, को प्रमुख आथित्यतामा २०७५÷१०÷२० गतेदेखी २३ गते सम्म हाम्रो जिल्लाको सन्दर्भमा इतिहासकै पहिलो र कर्णाली प्रदेशकै ठुलो धनराशीको पुरुष डवल खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७५ आयोजना गरी सो प्रतियोगिता वृहत्त, भव्य, सभ्य र सानदार ढङ्गले सफल भयो । र यसको प्रभाव आम क्षेत्रमा सकारात्मक हुन गयो र नयावर्ष २०७६ को पावन अवसरमा जिल्लामा रहेका खेलाडी विच सिनीयर र जुनीयर व्याडमिन्टन प्रतियोगिता सञ्चालन गरी पुरस्कार, मेडल वितरण गर्नुृुुुका साथै पुर्वी रुकुमको भुमे गाउँपालिका अन्तर्गत खावाङ्ग वगरमा मगर युनिटि क्लवले आयोजनाको गरेको व्याडमिन्टन प्रतियोगितामा सहभागी भई मुख्य सवै स्थान हात पार्न सफल भएको छ । आठौ राष्ट्रिय खेलका लागी प्रदेश स्तरिय छनौटमा खेलाडिलाई सहभागी गराइएको साथै जिल्लामा व्याडमिन्टन प्रति बढ्दो लहर यसलाई पनी हामिले उपलव्धिकै रुपमा लिएका छौ ।

election adv.

जिल्लामा समग्र खेलकुदको विकासका लागी सरकारी स्तरको खेलकुद विकास समिति पनी हुने गरेको छ । व्याडमिन्टन खेल विकासका लागी समिती मार्फत सहयोग र सहकार्य कस्तो छ ?
जिल्ला खेलकुद विकास समितिमार्फत अर्थिक सहयोग हालसम्म उपलब्ध भएको छैन । समितिमार्फत सल्लाह, सुझाव, सहकार्य तथा समन्वय राम्रै छ ।

जिल्ला व्याडमिन्टन खेलको सम्भावना र चुनौति कस्तो छ ?
विद्यमान खेलाडिको रुचि र आवश्यकता वमोजिम खेलाडिहरु विच भैरहेको समन्वय, सहकार्य मध्यनजर गरी खेलको दिर्घकालिन विकासका लागी सरोकारवाला पक्षको सहयोग, समन्वय भएमा खेलका विकासका अति आवश्यक भौतिक पूर्वाधार अन्तर्गत पर्नै खेल मैदानको उचित व्यवस्थापन भएमा राष्टूका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने धारणालाई सम्वन्धित पक्षले आत्मसाथ गर्न सकेमा विभिन्न खेलकुद प्रतियोगिता मार्फत छोटो समयमै दक्ष र राष्ट्रको पहिचान दिन सक्ने खेलाडी उत्पादन हुन सक्छन । साथै खेल प्रतियोगिता सञ्चालन गर्दा उमेर, लिङ्ग, स्तरलाई ध्यान दिई छुट्टाछुट्टै प्रतियोगिता गराउन सकेमा खेलाडीमा प्रोत्साहन एवं हौसला उत्पन्न हुन गई समग्र खेल क्षेत्रमा टेवा पुग्न जाने संभाबना हामिले देखेका छौं । अन्य खेल विधा भन्दा व्याडमिन्टन खेल आर्थिक रुपले धेरै खर्चिलो भएको हुनाले आर्थिक व्यवस्थापनको जुन पाटो छ । त्यो खेलाडि र हाम्रो लागी अहिले चुनौतिका रुपमा छ । राष्ट्रको लागी केही गर्न इच्छा शक्ति भएका र सीप तथा आधारभुत कला सिक्न चाहने खेलाडिका लागी भौतिक पूर्वाधार (कवर्ड हलु्) नभयकोले खेलाडिको सिकाईमा प्रत्यक्ष असर गरिरहेको र साथै लैंगिक समान सहभागीता र दक्ष खेलाडि उत्पादनलाई हामिले चुनौति कै रुपमा लिएका छौ ।

खेलकुद विकासका लागी स्थानीय सरकारले पनि खेलकुद क्षेत्रमा रकम छुट्टाएका हुन्छन । व्याडमिन्टन सहित समग्र रुकुमको खेल विकासका लागी उक्त रकम प्रभावकारी तरिकाले खर्च गरिरहेको पाउनुभएको छ ?
स्थानीय तह अन्र्तगत मुसीकोट नगरपालिकाले खेल क्षेत्रमा छुट्टाएको रकममध्ये पचास हजार हामिले पुरुष डवल खुला व्याडमिन्टन प्रतियोगिता २०७५ सञ्चालन गर्दा प्राप्त गरेका थियो । उक्त रकम हामिले प्रभावकारी, पारदर्शी रुपले खर्चेका छौ । यसको अलावा अन्य खेलहरुका लागी छुट्टाएको रकमको विषयमा यसै भन्न सकिने अवस्था छैन तर समग्र खेल विकासको गतिलाई हेर्ने हो भने खेल विकासका लागी जति रकम छुट्याउनु पर्ने हो त्यो हुन सकिरहेको छैन । यसको कारण सवै सरोकारवाला पक्षको ध्यान जान नसक्नु, आवश्यक समन्वय, खेल विकासका लागी आवश्यक पहल नगरिदा कुनै खेल क्षेत्रमा छुट्टाइएको रकम अन्य क्षेत्रमा प्रयोग गरिने खेलमा न्युन रकम छुट्टाउने र खेलको आवश्यकता र महत्वलाई नवुझेर सहि सदुपयोग नभएको हो कि भन्ने मेरो धारणा हो । र खेल विकासका लागी सवै पक्षको ध्यान दिर्घकालिन लक्ष्य, उद्देश्यका साथ दिगो योजना नवनाई रकम विनीयोजन हुदाँ कार्यान्वनमा समस्या उत्पन्न भई सहि सदुपायेग हुन सकेको छैन ।

व्याडमिन्टन खेलबाट रुकुमलाई चिनाउन संघ मार्फत केही नयाँ योजना तथा कार्यक्रम तय गर्नुभएको छ ?
व्याडमिन्टन खेल नितान्त ईन डोर हो जुन खेल खेल्न हावाहुरी, पानीले प्रत्यक्ष असर गर्ने हुनाले टुडिखेलमा रहेको अपुर्ण कवर्ड हललाई छेकवार सहितको बनाउन सम्वन्धित निकायमा आवश्यक समन्वय गरी पहल गर्न खोजेका छौ । रुकुम जिल्लामा जति व्याडमिन्टन खेलाडिहरु छन ति सबै प्रशिक्षक विना सही मार्गदर्शन नपाएर खेलीरहेको हुदाँ प्रशिक्षकको व्यवस्था गरी आवश्यक तालिम तथा प्रशिक्षण दिने र विद्यमान खेलाडिको उचित संरक्षण गरी बालबालिकाको (१४ देखि २५बर्ष) खेल विकासमा अनिबार्य जोड दिने र लैगिक समान सहभागीता गराई छोटो समयमा नै दक्ष खेलाडि उत्पादन गर्ने सोच रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto