हरि जिज्ञासु
कुनै दिन एउटै रुकुम हुँदा हामी पूर्वी रुकुमका केही सुन्दर गाउँहरुको फोटो हेरेर अथवा स्थलगत भ्रमण गरेर मजा लिने गर्थियौँ । स्थानीय सरकार गठन गर्ने क्रममा रुकुमलाई विभाजन गरेर रुकुम पूर्ब र रुकुम पश्चिम नामाकरण गरेपछि पश्चिम रुकुमले भौगोलिक सौन्दर्यता खोज्नुपर्ने भयो । पूर्वी रुकुमलाई हिमाली जिल्ला घोषणा गरेपछि त्यहाँको सौन्दर्यताको त झन बयान गरी साध्यै छैन । पूथा हिमालको मुस्कानले पूर्वी रुकुमका मगरबस्तीहरु पनि सँधै मुस्कराईरहेका हुन्छन् ।
स्थानीय सरकार गठन भएपछि रुकुमका विकट गाउँहरु सडक सञ्जालमा जोडिदै आएका छन् । सडक सञ्जाल सुन्दर गाउँसँग जोडिनुले गाउँ हेरेर रमाउने आन्तरिक तथा बाह्य पर्यटकलाई अलि सजिलो भएको छ । हामीले विषेश गरी बुज्नुपर्ने कुरा के हो भने पूर्वी रुकुमको सुन्दर भूभागको दृष्यलाई पर्यटकहरुसँग जोड्न लुम्बेनी प्रदेश सरकारलाई जिम्मा दिएर कर्णाली प्रदेशमा पर्ने पश्चिम रुकुमको पर्यटकीय स्थलको खोजि गर्नु आवश्यक छ ।
अन्य स्थानीय तह मध्ये भौगलिक रुपमा ठूलो रहेको आठविसकोट नगरपालिकामा पर्ने केही भूभागहरु पूर्वी रुकुमका हिमालहरुसँग सिमाना जोडिएका छन् । रुकुमको पहिचान बोकेको सिस्ने हिमालको आधा भाग आठविसकोट नगरपालिकाभित्र पर्छ । आधा भाग पश्चिम रुकुमको आठविसकोट नगरपालिकामा पर्ने भएकाले त्यसका छेउछाउका गाउँहरु भनेकै गोतामकोट र स्याँलाखदी हुन् । गोतामकोट गौतमहरुको उद्गमस्थलको रुपमा पनि चिनिन्छ । गोतामकोटका गाउँहरु स्थानीय भाषा अनुसार जातिगत रुपमा नामकरण गरिएका छन् । जस्तै विष्ट गाउँ, थापा गाउँ, सार्की गाउँ लगायत अन्य । यदि कोही सिस्ने हिमाल आरोहण गर्न चाहान्छ वा त्यहाँको दृष्यहरुलाई क्यामरामा कैद गर्न चाहान्छ भने स्याँलाखदी र गोताकोटका गाउँहरुको सौन्दर्यताको मजा लिनै पर्छ ।
गोतामकोटको भिडियो हेर्नुहोस ।
सडक सञ्जाल गाउँमा जोडिनुलाईमात्र विकास मानिदैन । विकास हुनको लागि सडक सञ्जाल जोडिनुसँगै गाउँका बासिन्दाहरुको चेतनामा विकास हुनुपर्छ । स्थानीय सरकारले गाउँलाई केही चेतनाको मार्गमा हिडाउने प्रयास गरेतापनि अझै चेतनाको विकास भएको देखिदैन । एउटै प्रकारका घरहरु टम्म मिलेर सजिनुलाई मात्र पनि विकास हुँदैन । हामीले चाहेको विकास भनेकै चौतर्फी विकास हो ।
कोभिड १९ का कारण लामो समय रहेको लकडाउनको कारण यो पटक गाउँ पुग्ने मौका मिल्यो । गाउँ पुगेपछि आठविसकोट नगरपालिकाको विभिन्न गाउँहरुको भ्रमण गरेँ । गोतामकोट र स्याँलाखदीका विभिन्न गाउँहरुको सौन्दर्यपूर्ण दृष्यले मलाई छुट्टै आनन्दको महसुस भयो । एउटै डिजाइनमा निर्माण भएकाहरु घरहरु । ढुङ्गा खानीमा गएर आफ्नै मौलिक सीपले उत्पदान गरेका ढुङ्गाले छाएका । यी सुन्दर गाउँहरुको दृष्य क्यामरामा कैद गर्नकोलागि यी गाउँहरु तर्फ मेरो क्यामराको लेन्स गाउँतर्फ तेर्साएँ ।
सुन्दर गाउँहरु आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत गर्नको लागि आतुर रहेका छन् । गाउँहरुको आशा र पर्यटकहरुको सौन्दर गाउँहरु भ्रमण गर्ने चाहानालाई पूरा गर्नकालागि प्रदेश तथा स्थानीय सरकारले केहि विशेष कदम चाल्नुपर्ने हुन्छ । नेपालको कुल जनसंख्या मध्ये केही जनसंख्यालाई आफ्नो घर खर्च धान्न हम्मे–हम्मे परेता पनि कतिपयको आर्थिक उन्नती राम्रो भएर भौतिक आनन्द लिन चाहान्छन् । आर्थिक रुपमा राम्रा रहेका नागरिकहरुलाई भ्रमर्णको आवश्यकता पर्दछ । हाम्रा गाउँहरुहरुमा पर्यटकहरु भित्रिन थाले भने हाम्रो गाउँहरुको आर्थिक उन्नती तथा अन्य विकासका लागि ढोकाहरु खोल्छन् । त्यसकारण आठविसकोटका रमणीय दृष्यहरुप्रति कर्णाली प्रदेश सरकार र स्थानीय सरकारको ध्यान जाओस् ।