file photo

रुकुम पश्चिममा आगामी असोज ११ देखि २१ गतेसम्म १३ औँ स्यार्पु पर्यटन महोत्सव हुने भएको छ । बाँफीकोट गाउँपालिकास्थित वडा नम्बर ३ र ५ मा फैलिएको स्यार्पु तालको छेउमै पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको हो ।

महोत्सवमा स्थानीय भेषभुषा, संस्कृति, आधुनिक डुंगा शयर तथा अर्गानिक बस्तुको प्रर्दशन हुने बताइएको छ । परम्परागत रुपमा लाग्दै आएको स्यार्पु मेलाको अवसरमा महोत्सव हुने जनाइएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमले मुसिकोटमा पत्रकार सम्मेलन गर्दै असोज ११ देखि २१ गतेसम्म महोत्सव हुने जानकारी दिएको हो । महोत्सव आयोजक समितिका संयोजक तुल देवकोटाले यसपटकको स्यार्पु महोत्सव स्थानीय तथा र्राष्ट्रिय कलाकारहरुको साथ बृहत गर्न लागिएको बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto