१,
भएन समस्याको समाधान भोकै मर्नुपर्यो।
पाइएन कुनै पनि अनुदान भोकै मर्नुपर्यो।
बरु बिचौलियाहरु एकाएक धनी बन्न पुगे
कृषि उत्पादन गर्ने किसान भोकै मर्नुपर्यो।
२,
सकभर बटुलेर वरिपरिका मित्र रुन सुरु गर्छन्।
छोए जस्तो गर्छन् मनमुटु भित्र रुन सुरु गर्छन्।
आमाको हात काटिदाँ चोली फाट्दा नरुनेहरु
देख्नै हुन्न प्रेमबिछोडको चलचित्र, रुन सुरु गर्छन्।
३,
मुख्य समाचार बन्छ सर्वत्र देशको इज्जत जान्छ
देश लुट्नेहरु पर्छन् अलपत्र देशको इज्जत जान्छ
बिन्ती मलाई खाना नपाएर मरेको हो नभन्दिनु
कालले मरेको भन्दिनु नत्र देशको इज्जत जान्छ।
४,
बस्न नहुने रैछ भुतप्रेतको डरले पछि थाहा भो।
अकालमै मर्नुपर्छ धामीको भरले पछि थाहा भो।
झारफुक गरेर निको नभएपछी डाक्टरकहाँ जाँदा
आमालाई सिध्याईसकेछ क्यान्सरले पछि थाहा भो।
५,
तिम्रै कारण भएँ म जात्रा भन्नै बाँकी थियो।
बढाउ अझै घृणाको मात्रा भन्नै बाँकी थियो।
कतिखेर यो अभागीलाई छोडिसकेकि रैछ्यौ
मैले त तिमीलाई शुभयात्रा भन्नै बाँकी थियो।
६,
न कुनै दुःखमा हुनुहुन्छ न कुनै पीडामा हुनुहुन्छ।
उहाँ त बस सरकारले दिएको सुबिधामा हुनुहुन्छ।
लाग्छ मेरी सिकिस्त बिरामी आमा अब बाँच्नुहुन्न
किनकी यो समयमा डाक्टरसाब बिदामा हुनुहुन्छ।
७,
कुनै छोटा कुनै भए भन्दै साना फ्याँकिदिन्छन।
भन्छन् गैसक्यो यिनीहरुको जमाना फ्याँकिदिन्छन।
बुझ्दैनन विगतमा लगाएको गुन बुझ्दै बुझ्दैनन
मान्छेहरु नयाँ कपडा पाएपछि पुराना फ्याँकिदिन्छन।
८,
कि विश्वाशिलो कि हरेक कारोबारमा जिरे एउटा हुनैपर्छ।
जग्गा दिने या नोकर बन्ने हो पैसा नतिरे एउटा हुनैपर्छ।
साथीभाइ र आफन्तबाट पैसा सापट पाउन पनि यहाँ
कि धनी बाउको सन्तान कि त जागिरे एउटा हुनैपर्छ।
९,
विश्राम लियो हाम्रो प्रेमको सफरले बाँच्नु परेन।
अनि तिमी र म एकाअर्काको भरले बाँच्नु परेन।
बर्षौ पहिलेको सम्बन्ध सकियो ठिकै त भयो
अब बेलाबेला सम्बन्ध सकिने डरले बाँच्नु परेन
१०,
देशमै केही गर्ने वचन तोड्न मनै थिएन।
झन् अर्कैको खेतबारी गोड्न मनै थिएन।
मेरो घरको अभावले रुँदैरुँदै जा भनेको हो
नत्र मलाई जन्मभूमि छोड्न मनै थिएन।
११,
मनमनै एउटा मीठो पलको रचना के गरेको थिएँ।
सँधै छतमा बसेर हेरिरहने कल्पना के गरेको थिएँ।
मलाई आकाशमा लैजाउ म उतै बस्छु भन्न थालिन्
मैले प्रेमिकालाई जुनतारासँग तुलना के गरेको थिएँ।
१२,
मेरो भन्दा खत्तम रैछ परिवार भाडामा ल्याको रैछ।
ऋण काढेर आठ दश हजार भाडामा ल्याकोरैछ।
म साइकल नभएकोलाई छोडेर, कारवालासँग गाथी
पछि थाहा भो उस्ले त्यो कार भाडामा ल्याको रैछ।
